सपनीमा आज म, फेरि बर्बराएँ
पागल–पागल भै तिमीलाई बोलाएँ
यो कोठा विरानो, यो रात विरानो
तिमी नहुँदाको, यो साथ विरानो
तिमी थियौ जीवनमा, मीठो सपना थियो
एक झोक्का हुरी आई सबै उडाइदियो ।
तिमी कहाँ पुग्यौ, म कता हराएँ
सपनीमा आज म, फेरि बर्बराएँ
अब बिर्सु भन्छु आँखामै आउँछ
तस्वीर बल्झिएर मुटुमा बिझाउँछ
कसलाई देखाउँ यो बिछोडको घाउ
रोउँ, छट्पटिउँ वा आफैलाई मेटाउँ
यो कस्तो आर्त, यो कस्तो सजाएँ
सपनीमा आज म फेरि बर्बराएँ
पागल–पागल भै तिमीलाई बोलाएँ ।
बलेवा,बागलुङ