फेरि पनि
नचाहदा नचाहदै
कविता
कालो झण्डा बोकेर/हातमा/
ओर्लिएकी छिन्/सडकमा/
आफ्नो सूर्यास्था षड्यन्त्रपूर्वक
‘क्रुसेड’ गरिएकोविरुद्ध,
अहिले
सडकमा कविताको आतङ्क छ
र/सरकार शहरमा कफ्र्यू लगाउने
कुरा सोचिरहेको छ !!
कविता सौन्दर्यवती छिन्
नौनीझैँ÷कोमल पनिं
तर कहिलेकाहिँ
उनी उग्रचण्डी
बन्ने गर्छिन्
आफ्नो निर्बन्ध भावनाको यात्रा
‘ट्राफिक कन्ट्रोल’ गरिएकोविरुद्ध,
अहिले
सडकमा कविताको आतङ्क छ
र/सरकार शहरमा कफ्र्यू लगाउने
कुरा सोचिरहेको छ !!
कविता सरल छिन्
महझैँ÷सरस पनि
तर कहिलेकाहिँ
उनी विद्रोही बन्ने गर्छिन्
आफ्नो स्फटिक अस्मिता ‘सेन्सर’द्वारा
बलात्कार गरिएकोविरुद्ध,
अहिले
सडकमा कविताको आतङ्क छ
र/सरकार कवितालाई गिरफ्तार गर्ने
कुरा सोचिरहेको छ !!
धरान