19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डिजिटल गुरुबाहरु

कविता एन. पी. रिजाल April 18, 2014, 6:54 am

अचेलका गुरुबाहरु

पुस्तक पढ्दैनन् ।

किनकी, उनीहरु किताव पढेर

विद्यार्थीलाई दीक्षा दिने

परम्परावादी गुरुबाबु पनि होइनन् ।

उनीहरु त नयाँ जमानाका

डिजिटल बन्दै गरेका

गुरुबाहरु हुन् ।

पुस्तक नहेरी वेदका ऋचाहरु

शिश्यलाई सुनाउने गुरुहरु पनि

उनीहरु होइनन् ।

पुस्तक हेर्दै खरी र चकले कालो पाटीमा

लेख्ने गुरुबाहरु

कार्मरले सेतो पाटीमा

लेख्न सक्ने जमानामा आई सके

तर पनि उनीहरु डिजिटल बन्न सकेनन् ।

उनीहरु अझै पनि परम्परावादी छन् ।

उनीहरु अझै पनि पुस्तक हेरेर पढाउँछन् ।

उनीहरु पनि दिनको पाँच घण्टा

पुस्तक हेरेर पढ्छन् ।

उनीहरुको घरका पुस्तकको ठूलो चाँङ्ग छ ।

हरेक महिना एक दुई वटा नयाँ

पुस्तकहरु थपि रहन्छन् ।

तर उनीहरुको निजी पुस्तकालयका

धेरै पुस्तकहरु च्यातिसकेका छन् ।

पानीले भिजेर, धिमिराले खाएर

धेरै पुस्तकहरु मकाएका छन् ।

उनीहरु पुस्तकहरु सम्हाल्दा सम्हाल्दै

हिमाल झैँ सेतै फूलीसकेका छन् ।

तर उनीहरु डिजिटल गुरुबाबु बन्न सकेन् ।

किनकी, डिजिटल गुरुबाबुहरु

कम्प्युटर र ल्यापटप खेलाएर हुर्केका हुन् ।

अचेल उनीहरु ट्यावलेट्स बोक्छन् ।

उनीहरुसंग पचास बटा पनि पुस्तक छैन् ।

तर उनीहरु अरु भन्दा धेरै व्यस्त छन् ।

बिहान निजी कजेल पढाउँछन्

दिउसो स्कूलमा सेवा गर्छन् ।

बेलुका टिउसन पनि पढाउँछन् ।

उनीहरु नै सबैतिर लोकप्रिय छन् ।

उनीहरु सबैको मन पर्दा र भर पर्दा गुरुबाबुहरु हुन् ।

कारण, उनीहरु कक्षामा किताव होइन

ट्यावलेट्स हेरेर पढाउँछन् ।

उनीहरु आवश्यक पर्दा मोवायल मै

कथा, कविता र गजल पनि लेख्छन् ।

उनीहरुले पाठयोजना बनाइरहनु पर्दैन ।

उनीहरु गुगल इन्जिन सर्च गर्छन् ।

जस्तो प्रश्नको पनि उनीहरु उत्तर दिन्छन् ।

उत्तर दिनका लागि पुस्तक पल्टाउनु पर्दैन

किनकी, उनीहरु डिजिटल गुरुबाबुहरु हुन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।