19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बजारमा

कविता हर्ष सुब्बा April 18, 2014, 7:11 am

केही मान्छेहरु

बजारमा

सक्कली चिज खोजीरहेका छन्

केही मान्छेहरु

बजारमा

नक्कली चिज खोजीरहेका छन्

केही मान्छेहरु

बजारमा

केही खोजीरहेका छैनन्

केवल रमिता हेरिरहेका छन्

केही मान्छेहरु

बजारमांंं .....

हुनसक्छ

केही मान्छेहरु

बजारमा

केवल

मान्छेहरुका अनुहार हेरिरहेका छन्

केही मान्छेहरु

बजारमा

सक्कली

नक्कली विचको भेद खोजीरहेका छन्

केही मान्छेहरु

बजारमा ........

बजार हो, बजारमा

मान्छेहरु

सक्कलीको भिडबाट

नक्कली छुट्याउन खोज्दैछन् कि ?

नक्कलीको भिडबाट

सक्कली छुट्याउन् खोज्दैछन् ?

केही मान्छेहरु

बजारमा......

केही मान्छेहरु

बजारमा

अल्मलीइरहेका छन्

खोजी हिजो पनि थियो

आज पनि छ

थाहा छैन्

मान्छेहरु

बजारमा

जे खोजी रहेका छन्

त्यो

पाईरहेका छन् कि छैनन् ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।