खुट्टाहरु गतिशिल हुन्छन्
पाईतालाहरुले नयाँ नयाँ छाप बनाईरहेकै हुन्छन्
खुट्टाहरु-
जो नांगो छन्
खुट्टाहरु-
जो चप्पलमा टेकिएका छन्
खुट्टाहरु-
जो जुत्ताभित्र विराजमान छन्
चप्पल पनि फरक फरक योग्यताका
जुत्ता पनि फरक फरक मूल्यका
के सबैले बनाउने छाप उस्तै हुन्छ ?
के सबैलाई काँडाले गर्ने व्यवहार उस्तै हुन्छ ?
मलाई जान्न मन लाग्यो !
कसको पैतालाको डोब यस धर्तीमा
सबैभन्दा लामो समय सम्म बाँचिरहन्छ ?
काठमाडौँ, नेपाल