परिचय
समालोचनाको लागि प्राप्त कृतिहरूको बीचमा ‘लुकेको वास्तविकता’ नामक गजलसङ्ग्रह मेरो हातमा प¥यो । सरसर्ती अध्ययन गरें । यो कृतिको बारेमा सानो टिप्पणी गर्न मन लाग्यो । यो कृति २०६२ सालमा प्रकाशनमा आएको रहेछ । यो कृति श्रीमती करुणा सिग्देल “कृष्ण” को रहेछ । उहाँसँग मेरो साक्षात्कार भने भएको छैन र यो कृति को मार्फत प्राप्त भएको हो त्यो पनि जानकारी हुन सकेन तापनि गजलका शेरहरू राम्रा लागे । गजलहरू मार्गदर्शक छन् । उहाँकै कृतिको आधारमा छोटो परिचय गराउन चाहान्छु –उहाँको वास्तविक नाम श्रीमती कृष्ण कुमारी शर्मा हो । उहाँको जन्म २०२७ साल पुष ५गते किहुँ –३ तनहूँमा पिता श्री इन्द्रप्रसाद शर्मा र माता श्रीमती चित्रकुमारी शर्माकी सुपुत्रीको रूपमा भएको थियो । उहाँ शिक्षामा स्नातक हुनुहुन्छ र र पेशा भने शिक्षण हो । उहाँका प्रकाशन कृतिहरूयस प्रकार छन् – निद्रा खुल्यो, मञ्जरीको विलाप, सन्देश झुल्क्यो, विवसताको खेलौना, जिन्दगीका ज्वारभाटा, भत्किएका गोरेटाहरू र लुकेको वास्तविकता (गजलसङ्ग्रह) ।
यो कृति ६१वटा गजलहरू र अन्य ९ गरी ७० पृष्ठको छ । हरेक गजलहरू छ शेरका छन् । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलज्यूले यस कृतिप्रति छोटो तर मीठो शुभकामना व्यक्त गर्नु भएको छ र लेख्नु भएको छ–‘समाजलाई स्वस्थ र अनुशासित मार्गमा डो¥याउने कर्तव्यवोधले पेरित भएर लेखिएका यी गजलहरू चाखलाग्दा छन्’ । स्वयम् गजलकारले यो गजल कृतिलाई बालोपदेशको रूपमा लेखिएको धारणा राख्नु भएको छ । अध्ययन गर्दा गजलका शेरहरू बालोपदेशमा आधामरित रहेता पनि गजलमा विविधता छ ।
गजलकारले जीवन जगतलाई चिनेकी छन् , जीवन कर्कलाको पानी, वायु फोका फुटे पछि पोखिएर जानी, लोभको खानी, मानिसको बानी, निस्वार्थ रक्तदान गर्न सक्ने दानी, परपिडनवालाले गर्ने हानी र आफ्नो मानो सकिए पछि यस संसारबाट जानी रैछ भन्ने उद्गार पहिलो गजलको शेरमा पोख्नु भएको छ । घामपानी हाँसो रोदन जीवनका साथी हुन्, मानवले केही गर्नु पर्छ, मार्गदर्शक छान्नु पर्छ, खुट्टा तान्ने प्रबृतिलाई छाड्नु पर्छ, मान्यताको मुल्य दिन आफैले जान्नु पर्छ, जीवन भनेको खुकुरीको धार, कर्तव्यहीन नै पृथ्वीको भार, मानवीय मान्यताको अनमोल सार, जस्ता गहन अभिव्यक्ति दिन गजलकारले छाडेकी छैनन् । बास्तवमा जीवना सार्थक पार्नको लागि हामीले केही न केही गर्नु पर्दछ । कर्तव्यहीन व्यक्तिले समाजलाई केही दिन सक्दैन संसारमा आए पछि केही गर्न सकिन्छ तथा केही दिएर जान सकिन्छ मरे पछि लिएर जाने केही छैन भन्दा पनि हुन्छ आदि सारगर्भित धारणा हामीले गजलमा पढ्न ािउँछौं ।
गजललाई प्रेयसीको गीत पनि भन्ने गरिन्छ । प्रेम भन्ने वित्तिकै नारी र पुरुष बीचकोृ सम्बन्धलाई मात्र लिइदैन । राष्ट्रप्रतिको प्रेम पनि प्रेम नै हो । माता पिताप्रतिको पे्रम पनि त प्रेम नै हो । प्रेममा पनि विविधता छ कहीं रोदन छ कही हाँसो छ, कहीं मिलन छ र कहीं विछोड छ –
जति ठेस लाए पनि धैर्य बनी सहने छु
रोदन सँगै धुन दिन्छु ढल्कि ढल्कि नाच तिमी
गजलकारले नानाबालाहरूदेखि आमा बाबा तथा सबै प्रकारमा दयाको भाव प्रकटगर्न कञ्जुस्याँईँ गर्नु भएको छैन । यहाँ सुसभ्य रूपमा प्रेमको प्रवाह बगेको छ ।
आकाश जस्तो हृदयमा घाम बनी झुल्की देऊ
म को हुँ र के गर्नुछ आँफैलाई चिन्न सिक
मानवले मानवप्रति प्रेम गर्छ भने अवश्य निर्मल स्वच्छ भएर आँपूmलाइृ चिनेर मात्र हृदयमा प्रवेश गर्नु पर्छ ।
हृदयको राजाभनी पूजा गर्थे दिन रातै
धेरै पूmलको स्वादलिने बगैंचाकै माली रैछ
पृष्ठ १८
प्रकृतिकी पुजारी म मञ्जरीको मुठापारी
मायालुको खोज गर्दै लेक वेंशी धाएको छु
पृष्ठ २७
गजलकारलाई हरेक प्रकार नशालु पदार्थ तथा धुम्रपानमा घृणा छ । चरित्रको निर्माणमा आह्वान छ । समाजमा सकृयताको आवश्यक्ता हुन्छ, त्यसको लागि निस्कृयतालाई त्यागेर सकृयतामा लाग्नु पर्छ र पसिनाका धारा बगाउनु पर्छ, असल मार्गको निर्माण गर्दै अघि बढ्नु पर्छ ,जन्मिएको धर्तिलाइ हराभरा बनाउनु पर्दछ, मानवीय धर्मप्रति आस्था राख्नु पर्छ, मानवले यो संसारमा जुनी फेर्ने चक्करमा जन्म लिन्छ यो जुनी भनेको सबै भन्दा उच्च हो र यो जुनीमा मानिस प्रतिष्ठाको पूजारी बनेर चेतनाको दियो बाल्दै, विज्ञानको खोजी गर्नु पर्दछ, मानव जीवनमा सबै मार्ग सहज हुँदैनन्, निस्वार्थ लक्षमा अघिबढ्दा पनि मानवले मानवताको व्यवहार पाउँदैन दानवले बाटो छेकेर बसेका हुन्छन्, खुट्टा तान्ने प्रवृतिले छाएको छ संसार, आदि धेरै प्रकारका धारणाहरू गजलकारले पस्केकी छन् ।
गजलकारलाई नारीप्रतिको चिन्तन पनि गहिरो छ । नारीलाई साधा जीवन उच्च बीचारलाई अपनाउँदै नारी जागरण हुनु पर्दछ र नारी उठ्नुपछ, हक लिनु पर्छ, नारीले आफ्नो अस्तित्वको उच्चाइलाई आफैबाट उठाउनु सक्नु पर्छ र एक्काइसौं सताब्दिका ेचेतनालाई बोकी, चुल्होबाल्न र भाँडा माझ्नमा मात्र सीमित हुने हैन भन्ने धारणा आएको छ ।
कृषमा पनि गजलकारले आफ्नो धारणा राखेकी छिन् । पौरखी हातलाई माटोसँग मिलाउने र मनमोहक कृषि कर्मलाई नजरमा खिच्न सक्ने दरिला ती तिग्राले लेक वेंशी हिडेर औजारलाई लिन सक्नु पर्र्छ भन्ने धारणा गजलमा आएका छन् ।
बालबालिकालाई अर्ति दिंदै गजलकारले लेख्छिन् – कलिलो दिलमा ज्ञानको ढोका खोलेर शुद्धभाषा बोल्न सिक, राष्ट्रहितमा योगदान दिनुपर्छ । अरुलाई नडसी आफ्नो बाटो हिड्न सिक्नु पर्छ , बाटो हिड्दामा कसैलाई ढुङ्गा हान्न नहुने, सत्यबोली बोल्ने, गुरुजीबाट प्राप्त ज्ञानलाई ग्रहण गर्ने, बाबाआमालाई ईश्वर मानेर बृद्धकालमा सेवा गर्ने ।
गजलमा विविधता छ, देशमा द्वन्द्वको हुरी चलेको छ, मानिसहरू गल्लीगल्ली पल्टेका र तिनकै रगतको नदी तरेर हिड्न पर्ने, दोहोरो भिडन्तमा ज्यान जोगाउन धौ धौ हुने, देशभित्रको झगडाले गर्दा छिमेकीले मौका छोप्ने हो कि भन्ने शंका लाग्ने आदि द्वन्द्वलाई पनि गजलले समेटेको छ ।
गजलकार प्रकृतिबर्णन गर्न पनि थाकेकी छैनन् । आपूmलाई प्रकृतिको पूजारीठान्नु, पूmलबारीको पूmलसँग, रंगफेरी फुलिदिनु, कहिले हिमाल कहिले तराई कहिले चौरीसँग त कहिले गुराँसमा रमाउने डाँफे, नदीनाला तर्नु , गुफाभित्र पस्नु, झर्नासँग भुमरीमा रम्नु, कोयलीको गलामा कसी लगाउनु, आदिमा गजलकार रमाएकी छन् –
सारङ्गीको धुनसँगै कथा व्यथा सारी दिन्छु,
हरिया लता कुञ्चसँगै नयाँ बेर्ना वेढाएर
पृष्ठ ३२
तनहूँ जिल्लाको बर्णन, व्यास गुफा र व्यास ऋषिको स्मरण, भानुभक्तलाई भाषा चिनाउने जेठो माऊको रूपमा स्मरण र आपूm पनि यही माटोमा श्रीजनामा रमाउन चाहान्छिन् गजलकार–
दमौलीको सिरानामा चुँदीबेंशी रम्घा गाउँ
विभूतिको जन्म थलो भानुभक्त शुभनाँऊ
पृष्ठ ३५
उम्री दिएँ यै माटोमा रचना हुँ ब्रह्माजीको
रगतको प्रतिभा हुँ श्रीजनामा उदाउँछु ।
पृष्ठ ३३
आजको गजल लेखन व्यापक रूपमा अघि बढेको छ । गजल लेखनमा लहर नै चलेको छ । प्राय सबै गजलकारहरू समान विषयबस्तुको परिधिमा परिक्रमा गर्न रुचाएको अध्ययनले जनाउछ । यहाँ गजलकार श्रीमती करुणा सिग्देल ‘कृष्ण’जी पनि आजको समयानुकुल आफ्ना सिर्जनाका पूmलहरू राष्ट्र, राष्ट्रियता, ग्रामिण जीजवनको सुन्दर वेशलाई समाउँदै, प्राकृतिक सुन्दरतामा रमाउँदै, आफ्ना अनुभव र अनुभूतिलाई केलाउँर्दै, आपूmले प्राप्त गरेको शिक्षा, सीप, अनुशासन, सामाजिक मूल्य र मान्यतालाई साथ दिंदै, नारीको अमुल्यरूपमा रहेको स्वाभिमान, दायित्व, अधिकारको स्थापितको साथै हटेर हैन डटेर लिनु पर्ने धारणालाई पस्कदै, गुरुको स्थानमा रहेर बालकलाई दिनुपर्ने ज्ञान उपदेश र शिक्षामा प्रदान गरिने मार्गदर्शनहरू प्रदान गर्न सफल देखिनु भएको छ ।
गजलकारले यी गजलहरूलाई सजाउन र कृतिलाई आकर्षक पार्नलाई अलिक कञ्जुस्याइ गरेजस्तो देखिन्छ । तर पनि गजलका शेरहरू मीठा छन् । गजल लेखनमा गजलकार सफल देखिनु भएको छ । सफल गजलकारीताको लागि धन्यवाद दिदै विदा चाहान्छु ।
कावासोती, शान्तिचोक , नवलपरासी