19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शान्ति

कविता कमल भारती April 16, 2008, 8:32 pm

शान्तिको कामना
अँध्यारो औसिको रातमा 
तारा झिलिमिली आकाशमा ।
नेपालले पखिर्रहेछ
बुद्ध आउने आसमा ।
पापीहरुले खेली रहेछन
नेपालीहरुको लासमा
शाहीदहरुको श्वास सधैं
बहिरहन्छ बतासमा
हजुर आमा हुन्छिन् सधैं
 
परिवार फर्की आउने आसमा
समाचार औउने सधैं
सात बजे साँझमा
जेठ नाती शहीद भएछन 
जन आन्दोलनको माझमा
जिब जन्तु केही पनि 
नमरुन है अकालमा
कामना गरौ हामी सधैं
शान्ति हवस नेपालमा
मोराहाङ ८ तेह्रथुम
हालः बेल्जियम

(शब्दाञ्जली  बर्ष १ अंक १ २०६५ बाट साभार)
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।