ओठहरू फर्फराए जबबाट तैले
ख्याल गरी हेरी रा’थे तबबाट मैले ।
पूरै म विश्वस्थ थेँ तिमी भन्न सक्तिनौ
आँखाबाट निवेदनको भाव पोख्न सक्तिनौ ।
जीब्रो चल्न थाल्या छैन बुझेँ मैले भाव तिम्रो
कतिकति माना मुरी चाहना छ खात तिम्रो ।
इसाराले इसारालाई इसारानै गर्छ यहाँ
मनले मनको भावलाई मनैमहाँ पढ्छ यहाँ ।
गोडाहरू लर्खराए जबबाट तैले
आँखा तिम्रा हेरी रा’थेँ तबबाट मैले ।