इज्जतको प्रतिक
जुङ्गा उस्तै छ
सतर्क हल्लिरहने लामो पुच्छर
तिक्षण दृष्टियुक्त
चहकिलो दुइ नयन
धारिलो नङ्ग्राहरू
निरन्तर पञ्जाबाट निस्किरहऩ्छ
बाहिर-भित्र
उसको चालढाल
टक्कै जङ्गलको राजै जस्तो छ
पत्कर नबजाइ हिँडछ
हिंस्रकता र कुटिलता पनि उत्तिकै छ।
निर्धाहरूलाई खेदि खेदि मार्छ
असक्तहरूलाई लुट्छ
मुकहरूलाई बाटो ढुक्छ
अकिञ्चनको अखेट गर्छ
कमजोरको शिकार गर्नुलाई
उ आफ्नो धर्मै ठान्छ
जहिले पनि निर्धालाई
कानुनको मौलोमा राखेर मार हान्छ
कसैले नकार्न सक्दैन उसलाई
त्यसैले उ गर्जिन्छ
त्यसैले उ जोड जोडले गुर्याउँछ
जबसम्म उसको आवाज सुन्दैन सबै डराउँछ
सुन त गर्जिन्दैछ उ
सुन्यौं !
बाघ गर्जेको- म्याउँ...म्याउँ...