हपक्क गर्मीमा रामप्रसाद र फुलमाया खेतमा चपरी फोड्दै थिए । ज्यानवाट खलखली पसिना वगाउ“दै गरेका दुवैलाई घामको कुनै पर्वाह थिएन । हरियो डा“डाको फेदको टारी खेतमा परैदेखि उफ्रदै कान्ला नाघ्दै एउटा किशोर आयो ।
‘बा, आमा आज एसएलसीको रिजल्ट भयो, मैले त डिस्टिङ्गसन ल्याएछुु’ स्या“ स्या“ गर्दै उसले मुस्कुराउ“दै भन्यो–‘फस्ट डिभिजन भन्दा पनि राम्रो भएछ ।’
‘स्यावास छोरा’ निधारको पसिना पुछ्दै रामप्रसादले खुसी व्यक्त गरे । फुलमाया पनि खुसीले दङ्ग पर्दै भनिन ‘राम्रो गरिस सन्ते, सधै यस्तै गर ।’ बर्षौदेखिको सपना साकार हु“दा रामप्रसाद र फुलमायाले चर्को घाममा शितल महसुस गरे ।
सा“झसम्म खेतमा काम गर्ने उनीहरु छोरासंगै चाडै नै गाउ“तिर उकालो लागे । बाटामा कसका छोराछोरी पास भए ? को फेल भए ? कुरा गर्दै घरमा पुगे । झमक्क रात परिसकेको थियो । डिढो र दालभात पाक्ने भान्सामा आज छोरा सफल भएको खुसीमा खीर पाक्यो । सवैले मिठो मानेर खाएर सुत्न गए ।
आकासमा ताराहरु चम्किरहेका थिए । सन्तेको मनमा अनेक सपना सल्वलाए । उ शहरमा धेरै पढेर जागिर खाएर आमा, वालाई सुख कटाएको सपना वुन्न थाल्यो ।
उता रामप्रसाद र फुलमाया पनि पटक्कै निदाएनन । छोरा हाकिम बनेको, राम्री बुहारी ल्याएको, बुढेसकालमा नाति नातिना खेलाएर आनन्दसंग बसेको, तीर्थधाम पुगेको । कल्पनामा डुवुल्की मार्दा मार्दै कतिखेर निन्द्राले छोप्यो दुवैले पत्तै पाएनन । विहान व्यूझेर ढोका खोल्दा वाहिर झलमल्ल घाम लागिसकेको थियो ।
चिया पसल, चौतारा र मेलापात सन्तेकै चर्चा चल्यो । सवैले वा, आमा, ग“ाउ र विद्यालयको ईज्जत राख्यो भनेर प्रशसा गरे । यो सुनेर रामप्रसाद र फुलमाय फुरुङ्ग वने ।
सन्ते पढन शहर झ¥यो । खेतिपाति गरेर गुजारा गर्दै आएका दम्पतिले पढाई खर्च जुटाउन कठोर मेहनत गरे । आधा पेट खाएर र आधा सरो लगाएर छोरालाई मिठो खान र राम्रो लगाउने खर्च पु¥याए । दम्पति नै मरिमेटेर काम गरेको देख्दा गाउ“लेहरु ‘ज्यानको पनि ख्याल गर है,’ भनेर सम्झाउ“थे । तर दुवैले हा“सेर टारिदिन्थे ।
राम्रोसंग पढ्न पाएकोले सन्तेले सजिलै उच्च शिक्षा हासिल ग¥यो । लोक सेवा आयोग पास गरेर सरकारी कार्यालयमा अधिकृतमा नाम निकाल्न सफल भयो । गाउ“मा चौतारा, चियापसल, खेतबारीमा सन्तेकै चर्चा चल्यो । सवैको तारिफ सुनेर दम्पति मख्ख परे ।
तीन कक्षामा पढ्दै गर्दा दश वर्षकी हु“दा फुलमायाको रामप्रसादसंग बिहे भएको थियो । जीन्दगीका उकाली र ओराली गर्नेक्रममा उनले चार सन्तान जन्माईन । तीन खेर गए । ओखतीमुलो गरेर बचाएको सन्तेले कुलको ईज्जत राख्दा दुवैले भगवानलाई धन्यवाद दिए ।
हाकिम बनेपछि सन्तेको ध्यान धन कमाउनतिर गयो । गाउ“मा रामप्रसाद र फुलमायालाई वुढ्यौलीले छोप्दै गयो । सेतो केस र छाउरी परेको अनुहारमा तैपनि सन्तोष झल्कन्थ्यो ।
सन्तेको सफलता सुनेर छोरी दिएर नाता जोड्न टाढा टाढावाट आफन्त र ईष्टमित्र आउन थाले । कोहि दाईजो त कुनै केटी र खान्दानको वखान गर्थे । रामप्रसाद भने छोरा के भन्छ भन्दै टारि दिन्थे । कहिले छोरा ग“ाउ फर्कला र विवाहको कुरा गरौंला भनेर बाटो हेर्न थाले । एक दिन पण्डित बाजेले पारी भञ्याडका मुखियाको छोरीको प्रस्ताव ल्याए । केटी सुन्दर र सुसील थिईन । पढेलेखेकी वुहारी र राम्रो घरानाको प्रस्ताव छाड्नु हुदैन भन्ने उनलाई लाग्यो । छोरासंग सल्लाह गर्न शहर जाने निधो गरे ।
श्रीमतिले ठिक्क पारिदिएको खिर र घयू झोलामा च्यापेर कुखुराको भाले नवास्दै उनी शहरतिर हिडे । नदीको तिरैतिर उकालि ओराली गर्दै उनी प“ाच घण्टा हिडेर बस स्टेसन पुगे । नागवेली पर्दै सडकमाथि कुद्दै वस स“ाझ शहरको बस अड्डा पुग्यो । नजिकैको पसलवाट टेलिफोन गरेर उनले छोरालाई लिन वोलाए । आधा घण्टामा सन्ते गाडि लिएर आईपुग्यो र खुट्टा ढोगिदियो । रिष्टपुष्ट, सुकिलो भएको छोरा देख्दा उनलाई सुखको अनुभूति भयो ।
गाउ“घरतिरको हालचाल सोधेपछि खाना पकायो र खाए । रामप्रसादले विवाहको कुरा राखे । सन्तेले वेवास्ता गर्दै आलटाल ग¥यो । बिहे उसैले गर्ने हो भनेर केहि वोलेनन । पर्सिपल्ट निराश हुदै गाउ“ फर्किए । दुई महिनापछि सन्तेले गाउ“ फर्किर आमा, वालाई भन्यो ‘बिहे गर्न केटी खोजेको छु लिन आएको ।’ वुहारी धनी घरकी जागिरे रहिछिन । आफ्नो कमाई र ससुरालीले दिएको रकमले सन्तेले शहरमै घडेरी किनेर घर बनायो । अफिस, श्रीमती र पैसामा उ व्यस्त भयो । ग“ाउमा वेला वेलामा आमावालाई खर्चको लागि रकम पठाएपनि उतिसारो चासो दिएन ।
जवानीमा मरिमेटेर काम गरेकोले फुलमाया कमजोर वन्दै गईन । खोकिरहने उनलाई अलिकति हिडे कि स्या स्या भैहाल्थ्यो । गाउ“मा धामी, झ“ाक्रि र वैद्यको ओखतिले विसेक भएन । व्यथा वड्दै गयो । छिमेकीले शहरमा डाक्टरलाई देखाउन सल्लाह दिए ।
विरेलाई भैसी बाख्रालाई हेर्न अनुरोध गर्दै दैलोमा ताल्चा ठोकेर दुवै शहर झरे । गाडीको कर्कश आवाज, धु“वाको मुस्लो र मान्छेहरुको भीड थियो । रामप्रसादले छोरालाई फोन गरेर वोलाए । आधा घण्टामा सन्ते गाडि लिएर आईपुग्यो । फुलमाया खोक्दै लोग्नेसंगै गाडिमा चढिन । मानिस, मोटरको भीड छिचोल्दै गाडि एउटा घरको गेट अगाडि पुगेर रोकियो । चिटिक्कको दुई तले पक्की घर । दुवो र फुलहरु सजाईएको । वैठक कोठामा सोफा टिभी, खाना पकाउने र सुत्ने छुट्ट छुट्टै कोठा । छोरा, वुहारीको पौरख देखेर दुवै मख्ख परे ।
भोलिपल्ट आमालाई अस्पताल लग्दा डाक्टरले दम भएको छ भनेर औषधि लेखिदिए । चिसो चिल्लो नखान र धुव“ाधुलोवाट वच्न सल्लाह दिए । एक सातामै फुलमायाले खोक्न छाडिन । छोरावुहारीको सुसार पाउ“दा आफुलाई धन्य सम्झिए ।
दुई सातापछि सन्तेले आमावुवालाई शहरका प्रसिद्व मन्दिर र हेर्न लायक स्थानमा लगेर देखायो । शहरमै वस्न आग्रह ग¥यो । विस्तारै समय वित्दै गयो । वुहारीले नाति पाएकोले दुवै मख्ख परे । फुलमायाले नातिलाई तेल घस्ने, नुहाउने गर्थिन । काख काखमा राखेर नातिलाई हुर्काएकोले विद्यालय जाने पनि भयो । नाति आमावुवा भन्दा हजुरआमा र वुवासंग झ्याम्मिन्थ्यो ।
सयम वित्दै गयो । छोरावुहारीको माया पहिला भन्दा पातलिदै गएको दुवैले महशुस गरे । शुरुमा ‘के खानुहुन्छ ? के लाउनु हुन्छ ? के गरौं कसो गरौं ?’ भन्ने वुहारीले चासो दिन छाडिन । खानपीन विग्रिदा फुलमायालाई फेरि खोकीले सताउन थाल्यो । ठसक्क परेर हेला गरेको देख्दा वुढावुढी खिन्न हुन्थे ।
एक रात खाना खाएर सुत्ने तरखर गर्दै थिए । पल्लो कोठामा छोरावुहारी चर्को चर्को स्वरमा बोलेको सुनियो । ‘वुढीले रातभर खोकेर सुत्न पनि दिने हैन । खकार जताजतै थुकेर फोहोर भयो । कहिले घर फर्कन्छन ह“ ? तिम्रो बा आमा ।’ वुहारीले छोरालाई ख्याप ख्याप्ती पारेकी थिई ।
सन्तेले श्रीमतिलाई सम्झाउदै थियो । तर वुहारीले पटक्कै मानिन । वुढावुढी दुवैले झगडाको कारण वुझे । भोलि विहानै गा“उ फर्कने निधो गरे । मनभरी चिन्ताको अ“ाधिवेहोरी मच्चिएकोले अ“ाखा झिमिक्क नगरी बिहान छर्लङ्ग भयो । सवेरै उठेर सुतिरहेका छोरावुहारीलाई कुरे । रेडियोमा विहान सात बजेको समाचार वजिरहेको थियो ।
‘हामि जान्छौ वावु, घर लथालिङ्ग भयोहोला सम्हाल्नु प¥यो’ रामप्रसादले भने ।
‘अझै केहिदिन बस्नुहोस न’ सन्तेले आग्रह ग¥यो । बुहारीले पनि त्यसै भनिन ।
बुढावुढीले मन राख्न मात्र भनेको कुरा वुझिसकेकाले घर फर्कने अडान लिए ।
हिड्ने वेलामा दुवैले झोला च्यापेर छोरावुहारी र नातिलाई हेरे ।
‘हजुर आमा र वुवा कहा“ जान लाग्नु भएको म पनि जान्छु नि’ आशिष जिद्दी गर्दै थियो ।
छोरावुहारीको अनुहारमा विछोडको पीडा थिएन । वरु पहिला ठुस्सिने वुहारीको अनुहारमा चमक देखिन्थ्यो । आ“सु पुछ्दै वुढावुढी गेटवाट निस्किए ।
धु“वाधुलो, गाडि र मान्छेहरुको भीड छिचोल्दै दुवैजना बसपार्कमा पुगे । फुलमाया खोक्दै वसमा चढिन । छोरो पछ्याएको छ कि भनेर वाटातिर हेरिन । मान्छेहरुको भीडमा सन्तेको अनुहार देखिएन । एकैछिनमा बस कुदयो । शहरको कोलाहल विस्तारै पातालिदै गयो । यात्रुहरु आ–आफ्नै धुनमा मस्त देखिन्थे । फुलमाया छोरालाई सम्झेर टोलाउन थालिन । सन्ते सानो छदा आमा, वा भन्दै एकछिन छाड्न मान्दैनथ्यो । अघिपछि हिड्न नपाए रुने कराउने र झगडा गर्दथियो । तर आज विछोड हु“दा उसले पछ्याएन । फुलमायाका आ“खा भरिए । उता रामप्रसाद मलिन देखिन्थे ।
उचालिदै थेचारिदै अनेक घुम्ती पार गर्दै बस भञ्याङ्गको बस स्टपमा रोकियो । झोला वोकेर यात्रुहरुसंगै वुढावुढी पनि ओर्लिए । डा“डापारि क्षितिजमा घाम डुव्दै थियो । दुवैले उतैतिर पाईला वढाए ।
घरपुग्दा झमक्क सा“झ परेको थियो । रामप्रसादले छामछुम गर्दै ढोका खोले । फुलमायालाई च्यापेर विस्तारै भित्र लगे । मनभरी पीडा गुम्सिएपनि दुवै जनाले ओठ खोल्न सकेनन ।
‘भोक लाग्यो होला भात पकाउ“ है’ सन्नाटा भंग गर्दै फुलमायाले भनिन ।
‘दिउ“सो खाजा खाएको छैन, म पकाउ“छु नि’ रामप्रसादले भने ।
छोरा, वुहारी र नातिसंगको विछोडले मन भरिएकोले पेट खालि भएपनि भोकै सुत्ने निधो गरे ।
ओछ्यानमा पल्टिए । पटक्कै निन्द्रा परेन । गड्याङ्ग गुडुङ्ग गर्दै एकैछिनमा मुसलधारे बर्षा भयो । दुवै छोरालाई जन्माएको, हुर्काएको, पढाएको, शहर पढन पठाएको, हेला भएर घर फर्केको सम्झिए । वलिन्द्रधारा आ“सुले सिरानी चप्लक्क भिज्यो ।
‘कुकुरी क“ां’ भालेको ड“ाको सुनियो । फुलमाया सकि नसकि खोक्दै उठिन । घर नजिकैको रुखमा चराहरु चिरवीर चिरवीर गर्दै विहानीको गित गाईरहेका थिए । पीढिमा कसिगंर थुप्रिएको थियो । अ“ागन झारपातले भरिन लागेको थियो । कुचो निकालेर फुलमायाले बडारिन । मझेरिमा गईन । निलो भईसकेको तामाको गाग्री डोकोमा हालेर पधेरातिर हिडिन । ‘ओ हो कहिले आईपुग्नु भएको बज्यै ?’ छिमेकी पर्धेनीले सोधे । ‘हिजो राति आईपुग्यौ’ खोक्दै फुलमायाले भनिन ।
‘झिलिमिलि शहर किन छाडेर आउनु भयो त नि उतै छोरावुहारीसंग नवसेर ?’ जिज्ञासा राखे । खोकेको देखेर कसैले सन्चो छैन कि भनेर सोधे ।
फुलमायाले शहरमा धुवाधुलोले खोकी वडेकोले ग“ाउतिरको सफा हावापानी खान फर्किएको वताईन ।
गाग्री भरिएपछि सकि नसकि वोकेर घरतिर हिडिन । फरासिली फुलमायाको उदास अनुहार देखेर पधेर्नीहरुले वेठिक भएको लख काटे ।
फुलमाया पानी लिएर पुग्दा रामप्रसादले दोकानवाट दाल, चामल, मसला ल्याएर आ“गनमा खुर्पाले दाउरा ठुन्काउदै थिए । धेरै बर्षपछि चुल्होमा आगो वल्यो । खाना पाक्यो । फुलमायाले खाना पस्किन । ‘कसरी खानु हो यो वुढेसकालमा यति धेरै खाना’ थालभरी खाना देखेर उनले भने ।
‘हिजो पनि केहि खानु भएको छैन सन्तेको वुवा’ उनले कर गरिन ।
सन्तेको नाम सुनेर फेरि दुवै मलिन भए । यहि घरमा पहिला फुलमाया हा“सी हा“सी खाना पस्कन्थिन । वाउ छोरा मिठो मानि मानि खान्थे । कति खुसीयाली थियो परिवारमा । आज सन्ते नहु“दा घरवार नै उजाड बन्न पुग्यो । अतित सम्झेर फुलमायाका आ“खा भरिए । सुक्क सुक्क रुदै उनले पछ्यौरीले अ“ासु पुछ्नि । ‘नरो, के गर्छेस हाम्रो कर्ममा यस्तै लेखेको रैछ’ आधा खाना थालमा छाडेर रामप्रसाद उठे । हात चुठन वाहिर निस्कदा उनको अ“ाखावाट अ“ासु वगिरहेका थिए ।
ग“ाउमा फेरि यही परिवारको चर्चा चल्यो । सवैतिर ‘वुढावुढी किन फर्किए ?’ भनेर निधिखुदी हुन थाल्यो । ‘छोरा वुहारीले हेरेनन होला, छोरा पाए वुहारीलाई, छोरी पाए ज्वाईलाई, वुढालाई वुढी र वुढीलाई वुढा चाहिने रैछ’ अनेक गन्थन सुनिए । हितैसिले दुःख मनाउ गरे । शत्रुहरु खिस्सी गर्दै हा“स्न थाले ।
समय वित्दै गयो । सन्तेले बर्षमा दुई तीन पटक गाउ“लेसंग अलिअलि खर्च पठाई दिन्थ्यो । सानैदेखि पुलपुलाएर पालेको छोराको उज्वल भविष्य वनाउन उ सम्पति कमाउने धुनमा मग्न भयो । ।
यसैले दशैंमा पनि गाउ“मा टिका थाप्न जाने फुर्सद पाएन ।
आशिस १६ बर्ष पुग्यो । उसले एसएलसी पास गरेर क्याम्पस जान थाल्यो । छोरालाई क्याम्पस आउन जान सजिलो होस भनेर सन्तेले मोटरसाईकल किनिदियो । पढन् पुगेको केहि महिनामै उसको संगत खराव साथिहरुसंग भयो । घुमफिर गर्ने, फिल्म हेर्नेक्रममा उसको एउटी युवतीसंग प्रेम बस्यो । पढाईमा पटक्कै ध्यान नदिदा फेल खायो । प्रेममा पागल भएको उसले युवतीलाई भगाएर घर ल्यायो ।
राम्रो डिग्री लिन पठाएको छोराले वुहारी ल्याएको दुवैलाई पटक्कै मन परेन । केटीलाई फिर्ता गरिदे भनेर सम्झाउदा नस्वीकारे मर्ने धम्कि दिएकोले चुपचाप बस्न बाध्य भए । केटी दिनभर टिभि हेर्दथिई । डिस्को जाने, वियर खाने, तास खेल्ने उसको दिनचर्या थियो । छोरा लन्ठु भएकोले केही कुराको जिम्मेवारी महसुस थिएन । छाडा चाला देखेर सन्ते र सपनाले एक दिन वुहारीलाई सम्झाउन खोजे । नमानेपछि हकारे । रोकतोक गरेको वुहारी सुस्मितालाई सैह् भएन । रिसको झोकमा राति अवेर रक्सीले टिल्ल परेर आउने । अग्रेजीमा नचाहिने नचाहिने गाली गर्न थालि । अति भएपछि एक दिन सपनाले वुहारीको गालामा चड्काईन । त्यसपछि वुहारी रुदै कोठामा गई र आशिसलाई घुर्कि देखाउदै भन्न थालि ‘कि म छैन कि तिम्रा वाउ आमा छैनन ।’ श्रीमतीलाई आमाले पिटेको सुनेपछि आसिस आगो भयो । आमा वाले सम्झाउन खोजे । उल्टै त त र मुख लगायो । अपमान गरेको देखेर सपनाले छोरालाई पनि थप्पड लगाईन । रक्सीले मात्तिएको आशिसले आमावुवालाई हात र लातिले भर्कुन थाल्यो । वुहारी पनि हातपातमा उत्रिई । लुछाचुडि मच्चिएपछि छिमेकी आएर छुट्टाए । सन्ते र सपनाको शरीरमा चोटको निलडाम थिए । आशिसले सम्पतिमा हक खोज्दै मुद्दा हाल्ने र छुट्टिएर बस्ने निर्णय सुनायो । तनभरी देखिने र मनभरी नदेखिने चोट वोकेर सपना र सन्ते उपचार गर्न अस्पताल पुगे । त्यहा“ गाउ“को साथि रमेस पनि छोराको उपचार गर्न आएको रहेछ ।
सन्चोविसन्चो सोेधेपछि रमेशसले सन्तेलाई ‘तिम्री आमा सिकिस्त छन । खाली तिमीलाई मात्र सम्झिन्छीन’ भनेर खवर सुनायो । आमा वाको सम्झनाले उ छांगावाट खसेजस्तै भए । सपनाले पनि सासुससुरालाई सम्झिईन ।
सन्तेले गाउ“ नटेकेको पा“च वर्ष वितिसकेको रहेछ । वुढेसकालमा आमा, वाले कसरी दिन गुजारे होलान ? सम्झदा उनलाई रिंगटा लाग्यो । घरपुगेपछि रातभर सुत्न सकेन । झिसमिसेमै उठेर गा“उतिर जाने सुर कस्यो । श्रीमती पनि जान्छु भनिन । दुवै गा“उ जान ठिक्क परेको देख्दा छोरावुहारी खुसीले दङ्ग परे ।
बसमा चढेर गा“उमा पुगेर घर नजिकै पुग्दा परैवाट मानिसहरुको भीड देखियो । मनभरी चिसो वोकेर उ भीड छिचोल्दै अघि वड्यो । पीढिमा हाड छाला मात्र भएकी फुलमाया लम्पसार परेर सुतिरहेकी थिईन । आडैमा गाला चाउरी परेका धुुलो मैलो देखिने बृद्व टुक्रुक्क बसेका थिए । ‘उ सन्ते आयो । वाटो छाडि दियो’ भीडमा सुनियो । ‘सन्ते आयो’ भनेको सुनेर लम्पसार परेर सुतिरहेकी फुलमायाको अनुहार धपक्क वल्यो । ‘भित्र गडेका अ“ाखा, सेतै फुलेका कपाल, मैलो टालेको चोलो र गुन्यु । फोहोर कम्वलमा गुटमुटिएर सुतिरहेकी थिईन उसकी आमा । यस्तो विचल्ली देखेर सन्तेले मन थाम्न सकेन ।
‘आमा मलाई माफ गर्नुहोस, मैले हजुरहरुलाई हेला गरे’ उ अंगालो हालेर क्वा“ क्वा“ रुन थाल्यो ।
‘तिमि आयौ वावु, तिम्रो अनुहार हेर्न यो सास रोकेर राखेकी थिए’ वररर आ“सु झादै फुलमायाले सन्तेलाई सुमसुमाउदै भनिन–‘भगवानले मेरो ईच्छा पुरा गरिदिए ।’ उनले वुहारीलाई पनि मन नदुःखाउ भन्दै हात समातिन । आडैमा बसेका रामप्रसाद ‘त्यसो नभन फुलु त भईनस भने म कसरी बाच्छु’ भन्दै सुुक्क सुक्क रुन थाले ।
‘आमा त्यसो नभन्नुहोस, वुवा त्यसो नभन्नुहोस म आए सवै ठिक हुन्छ । म शहर लगेर उपचार गराउछु फेरि राम्रो भईहाल्छ नि ।’ सन्तेले रुदै भन्यो । उसको कुरा सुनेर निलो भईसकेको ओठ खोल्दै फुलमाया फिस्स ह“ासिन । ‘मेरो कलेजीको टुक्रा तिमि मलाई हेर्न आयौं मलाई केहि चाहिदैन, वुवाको ख्याल राख्नु । मेरो दानापानी सकियो । स्वर्गमा वोलाई राखेका छन । एक पटक तिमिलाई हेर्न यो प्राण अड्याएर राखेकी । पीर नमान सधै हासीखुसी बाच’ फुलमायाले सन्तेको टाउकोमा हात राखी । एकछिन पछि ट्वाल्ल परेर एकोहोरो हेरिरही । सन्ते आमा भन्दै ड“ाको छाडेर रुन थाल्यो । रामप्रसाद पनि माया माया भन्दै रुन थाले । सपना पनि भक्कानिदै रुन थाली । घरमा रुवावासी मच्चियो । श्रीमतिलाई अंगालो हालेर रुदै गरेका रामप्रसाद एकछिनपछि चलमल गर्न छाडे । यो देखेर सन्तेको मनमा चिसो पस्यो उसले ‘वुवा वुवा’ भन्दै वोलायो । रामप्रसाद चिसो भईसकेका थिए । उसलाई टेकेको धर्ती नै भासिएजस्तो लाग्यो । रुदा रुदै आफुलाई सम्हाल्न सकेन र वेहोस भयो । आधा घण्टापछि होस खुल्दा आफुलाई रुदै गरेकी श्रीमति र आफन्तले घेरिएको पायो । सवैले उसलाई सम्झाए । ‘के देख्नु प¥यो यस्तो विजोग’ भन्दै महिलाहरु रोईरहेका थिए । ‘लास राख्नुहुदैन लैजानुपर्छ’ भीडमा छिमेकीहरु भन्न थाले । सन्ते आमावुवालाई अंगालो हाल्दै ‘म पनि संगै जान्छु’ भन्दै रोईरहयो ।
हेर्दा हेर्दै फुलमाया र रामप्रसादलाई गाउ“लेले हरियो ब“ासमा राखेर कात्रोले वेरे । शंख वजाउदै घाटतिर सोझिए । सन्ते पछि पछि लाग्यो । पहिला यही घरवाट वा र आमासंग निस्कदा सन्ते जहा“पुगेपनि सा“झ ह“ासखेल गर्दै टुप्लुक्क घर आईपुग्थ्यो । सानोमा कहिले आमाको पीठ्यूमा त कहिले वुवाको का“धमा चढेर घर फर्किएको हुन्थ्यो । तर आज वा, आमासंग घर छाडेको उ एक्लै फर्कनेछ । वुवाआमा कहिल्यै नफर्कने गरी जादैछन । उसले मन थाम्न सकेन । बरवरी आ“सु झार्दै उ घरी आमा त घरी वालाई का“ध दिएर नदीको घाटतिर मलामीसंगै ओराली लाग्यो ।
नदीमाथि बनाईएको चित्तामा सन्तेले आगो झोस्यो । विस्तारै फैलिएको आगोको लप्काले लास जलाउन थाल्यो । नदी किनारामा कपाल र दाह्री खौरीएर टुसुक्क वसेको सन्तेले आमावुवाले खुवाएको, हुर्काएको पढाएको सम्झियो । आफुले छोरालाई जसरी माया गर्दथियो उसका वा, आमाले पनि उसलाई त्यसरी नै माया गरेका थिए । आफुले आमा, वालाई जसरी हेला ग¥यो ठिक त्यसरी नै उसलाई पनि छोरावुहारीले हेला गरे । उसको मनभरी पीडा भरियो । भोक लाग्दा आमाले खाना दिन्थिन । वाले दोकानवाट विस्कुट किनेर दिन्थे । कसैले कुटपीट गरे हप्काएर जोगाउथे । उसको मनमस्तिष्कमा अतित झल्झली छा“उछ ।
उसका लागि जन्माउने, हुर्काउने, पढाउने, बा“च्न सिकाउने उनै आमा र वा नै त थिए । देउता भनेपनि, गुरु भनेपनि, साथि भने पनि उनी नै थिए । जीवन दिने देवतालाई उसले समयमै चिन्न सकेन । पवित्र मनले पुजा गर्न सकेन । उसैको सुखको लागि जीन्दगीभर अनेक सास्ती खेपेका देवी र देवताको आत्मा टाढा धेरै टाढा गईसकेको थियो । बा“की रहेको देह पनि चितामा जलेर खरानी वन्दै थियो ।
सुख, सम्पति र सन्तान मोहको पछि कुददा कुददै आफ्नो कर्मदातालाई विर्सेर हेला गरेकोमा उ पश्चातापमा जल्छ । पीडा र वेदनाको भूमरीमा फसेको उसको मनले भन्छ ‘आमा, वा एकपटक उठनुहोस न । म सेवा गरेर प्रायश्चित गर्न चाहन्छु । गल्ती सुधार्न चाहन्छु ।’ तर उसको मनको पीडा वुझिदिने, सुनिदिने यतिखेर कोहि हुदैनन । मलामीहरुको भीडमा उ एक्लो हुन्छ । केहि समयमा उसलाई सवैभन्दा धेरै माया गर्ने आमा र वाको शरीर जलेर अस्तुको थुुप्रो बनिसकेका थिए । मलामीहरुले अस्तुलाई नदीमा वगाई दिए । अस्तु नदीको भेलमा वगेर कता कता विलायो । फेरि कहिल्यै नफर्कने गरेर ।
पोखरा ५, मालेपाटन