जिन्दगी को रितै यस्तो कठिन साँघु तर्दैछु
धर्ती बन्न सिकएथ्यौ आमा,बन्ने कोसिस गर्दैछु
बैगुनिको संसार नै निस्ठुरि,कस्लाई के नै भन्नु र!
आफैँ रित्तो बनेर पनि उस्कै संसार भर्दैछु
बिरानो यो संसारमा, आफ्नो भन्नु को नै छ र!
चित्त दुख्ने भेटिन्छन् कि भनि बेसितिर झर्दैछु
भाग्य भए लेख्थ्य्यो भाविले,अभागिको निधार नै खोटो!
रङ्गीन संसार अरुलाई नै दिएर शुन्यतिर सर्दैछु
कति रात बिहान भए सम्झना मै हराउँदा !
बादलझै गर्हौ मन थोपथोपा गरी झार्दैछु
रहर त अब के नै छ र,अडाउनै पर्ने एकमुठी सास्!
समाजको अगाडी बाँचें पनि पलपल मर्दैछु
जिन्दगी को रितै यस्तो कठिन साँघु तर्दैछु
धर्ती बन्न सिकएथ्यौ आमा,बन्ने कोसिस गर्दैछु