सुनसासन अँधेरी रात मन पराउने मेरो प्रिय
यो संसारमा कालसँग डराउने मेरो प्रिय ।
यो सृष्टिलाई मनन गर्दै सिर्जनामा तल्लीन भई
सिरसिर बताससँगै हराउने मेरो प्रिय ।
दिगदिगन्त आफ्नो माया सुगन्धित बनाएर
त्यही वरिपरि मलाई चराउने मेरो प्रिय ।
मायाले नै भरिपूर्ण नयनमा नयन जुधाई
मलाई एकोहोरो हे¥याहेरै गराउने मेरो प्रिय ।
गागल भदौरे–४, रामेछाप ।