14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अन्तिमेथ्यम्

कविता पेशल आचार्य May 15, 2014, 1:53 pm
पेशल आचार्य
पेशल आचार्य

झर्छन्

हतार नगर तिमी

प्रुफ बर्बरी झर्न सक्छन्

झर्छन्

हतार नगर तिमी

आँसु तर्तरी झर्न सक्छन्,

एउटा भन्छ

दुःखले भ्वाङ पारेको छाती

टाल्ने ओखती खोज्दैछु

अर्को भन्छ

सुख कत्ति भएन यो जीवनमा

सुख पो खोज्दै छु

पावर

मनी

र सेक्सले पुगेको

मनिस सायद् मुर्दा मात्र हुन्छ जीवनमा

संसारमा

ब्रह्मा पावर हो

विष्णुलाई मनी पनि भन्दिए हुन्छ

र महेश भनेको सेक्स हो

इतिवृत्तम्

र अन्तिमेत्थम्

एउटै हो,

पर्यायवाची

खोज्नेहरु हो

लु देखाओ त

पावर

मनी

र सेक्सको

पर्यायवाचकता

भो, सँकिदैन

जीवनमा कति कुराहरु

पढेर

रूख चढेर

र बाटो हिँडेर

एउटा मानिसले कहिले सक्छ ?

अन्तिमेथ्यम्

र इतिवृत्तम्

एउटा आदि हो

अर्को अन्त्य हो ।

सहायक प्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।