भारतीय नेपाली समालोचना साहित्य विकासको समकालीन सार्विक मूल्यहरूका आलोकमा अब डा. राजकुमार छेत्री एकजना प्रतिनिधिको रूपमा रहनुभएको कुराले आस्वस्त छौं । उहाँले आफूलाई त्यस विश्वासको गरिमामय उपस्थिति समेटिसक्नुनभएको छ । गएका वर्षहरूमा उहाँका तीनवटा साहित्यिक समालोचनात्मक कृतिहरू प्रकाशित भइसकेका पनि छन्- १. सिर्जनाको समावलोकन (दिसम्बर,२००९, दोस्रो संस्करण २०१३),२.अवलोकन अवबोधन (जनवरी,२०११) ३.कृति आलोकन ( अगस्त,२०१३) यसका अतिरिक्त उहाँद्वारा सम्पादित तथा साहित्य अकादमीद्वारा प्रकाशित ग्रन्थ शिवकुमार राई रचना सञ्चयन ( सितम्बर,२१२) आदि । यीमध्ये सिर्जनाको समावलोकन कथाविषयक शोधपरक मानक कृति हुन् । जसभित्र भारतलगायत नेपाल दुवै ठाउँका कथाकार र ती कथाकारहरूको वस्तुनिष्ठ अध्ययन गर्नु भएको छ ।
समालोचक डा. छेत्री आफ्ना समीक्षापरक लेखादिहरूमा तटस्थ देखिनुहुन्छ । प्रामाणिकता र वस्तुपरकता उहाँका समालोचनात्मक निजी पद्धतिका सौन्दर्य देखिन्छन् । यसमा उहाँको प्रभावको निरूपण छैन । कृतिपरक व्याख्याको कमी उहाँको समालोचनात्मक कमजोरी मान्न सकिँदैन, विश्लेाषणात्मक अन्तर्दृष्टि वा वस्तुपरक मूल्याङ्कन उहाँको समालोचनालाई थेग्नेो विशेषता छ । शोधको उपयोगले आफ्ना समालोचना निर्णयलाई आपेक्ष र स्वतन्त्र झुकाउ तथा अभिरूचीको शोधनदेखि मुक्त राखेको छ । साथै उत्तरकालिक सन्दर्भमा सिर्जनालाई डोहोर्या उने समालोचनाको अगुवाइदेखि उहाँ आफू त्यसको प्रतिनिधिभित्र नपर्नु उहाँको आफ्नै लेखकीय सौन्दर्य हो । जेहोस् उहाँका समग्र समीक्षात्मक लेखहरू कुनै परम्परित र शाश्त्रीय दृष्टिबाट फुकालेर हेर्नुपर्ने अफ्ठ्यारा छैनन् । सहज र सम्प्रेषणीय भाषा-शैली एवं अभिव्याक्तिको सरलताद्वारा मानकीय शोधपरक कृतिको उच्चतालाई सुरक्षित राख्नु।भएको छ ।
प्रस्तुत कृतिमा १६ वटा समालोचनात्मक लेखहरू छन् , जुन प्रथम दुइवटा कार्यपत्रबाहेक १४ वटा अन्य जम्मै स्वतन्त्र समालोचनाहरू छन् । समकालीन भारतीय नेपाली कथाका केही प्रवृत्तिहरू -शीर्षक शोधपरक लेख उहाँको उत्तर बङ्गाल विश्वूविद्यालयको नेपाली विभाग र नेपाली अकादमीको संयुक्त तत्त्वावधानमा आयोजित साहित्य सङ्गोष्टीमा प्रस्तुत गरिएको कार्यपत्र हो । यस कार्यपत्रमा उहाँले आधुनिकता र समकालीनताबीचको परस्पर पार्थक्यबोधलाई आफ्नो प्राज्ञिक अध्ययनद्वारा गहकिलो मूल्याङ्कन गर्नुभएको छ । उहाँले आधुनिकता भनेको समकालीनता वा समसामयिक होइन भन्ने मान्यतालाई शिरोपर गर्दै आधुनिकता आफैमा स्थिर हुने तर समकालीनता सदा परिवर्तनशील र अस्थिर रहने विचारको सहमती राख्नुरभएको देखिन्छ । यसै प्रसङ्गमा समकालीन भारतीय नेपाली कथाहरूको प्रवृत्ति र विशेषताहरूको बुँदागत विश्लेदषण प्रस्तुत गर्नुभएको छ ।
समकालीन भारतीय नेपाली कथामा सांस्कृतिक चेतना – शीर्षक समालोचनात्मक लेख पनि कार्यपत्रको रूपमा लेखिएको छ । यस लेखले समालोचक डा. छेत्रीको समालोचनात्मक अध्ययनलाई समकालीन नवीन साहित्यको निरूपण गर्ने आधार पक्रने प्रक्रम गरेको छ । डा. सञ्जिव उप्रेतीको मतानुसार सांस्कृतिक समालोचना कुनै पनि नयाँ सिद्धान्त होइन । आधुनिक नेपाली कथाको उठानकालदेखि कालान्तरका कथा र कथाकारहरूका सांस्कृतिक अध्ययन गर्नुभएको छ। पठनको गरिमाले साहित्यिक –सांस्कृतिक कृतिबीचको दूरी भेद्ने , स्पर्श गर्ने उहाँको कार्यको प्रक्षेपण सम्भव भएको छ । भारतीय नेपाली कथामा पाइने सांस्कृतिक झाँकीलाई उहाँले समग्रतामा दुई संस्कृतिबीचको मानकमा निर्देशित गर्नु साहसिक काम भएको छ । लोकसंस्कृति र व्यावहारिक संस्कृतिबीचको यही अध्ययन उपर्युक्त कार्यपत्रको मूल आकर्षक पक्ष रहेको देखिन्छ ।
समालोचक डा. छेत्रीले आद्योपान्त समीक्षात्मक अभिष्ट केन्द्रलाई आधार लिनुभएको छ ।तापनि एकाधिक केन्द्रद्वारा मूल्यनिरुपणको सामर्थ्य हावी हुनाले डा. छेत्रीका समालोचनात्मक पद्धति बहुलवादी विकेन्द्रक छैनन् । केन्द्रको सामर्थ्यलाई पक्रेर उहाँ एकत्ववादी अवधारणाले स्पष्ट समालोचकको एउटा निश्चित वृत्तमा दरिनुभएको छ । सामाजिक डिस्कोर्स(Discourse) विविधताको निरूपण अतिरिक्त विश्लेथषित छन् । रूपनारायण सिंहका कथामा सामाजिकता- शीर्षक समालोचनात्मक लेख यसको ज्वलन्त उदाहरण हो । दार्जीलिङको तात्कालिक सांस्कृतिक स्वरूपको ऐतिहासिक सन्दर्भमाथि प्रस्तुत रचनादिको एउटा छुट्टै विशेषता रहन गएको छ । यस प्रक्रमका थप लेखहरू हुन्- १.शिवकुमार राईका केही कथाहरूको विश्लेाषणात्मक अध्ययन, २.शरद् छेत्रीको कथाकारिता, रामलाल अधिकारीका कथाहरूको कथ्य र शिल्प, ३.इन्द्र सुन्दासको कथाकारिता, इन्द्रबहादुर राईको कथायात्रा एवं कथाकारिता प्रभृति समालोचनात्मक लेखहरू प्रमुख छन् । सङ्ग्रहका सबै समालोचनात्मक लेखहरूमा डा. छेत्रीको प्राज्ञिक समालोचकीय अध्ययनको गहनता पाइन्छ । एकातिर उहाँले कथाहरूमा पाइने विविधताको प्रवृत्ति विश्लेेषण गर्नुभएको छ भने समान्तर सामाजिक-सांस्कृतिक स्वरूपको अध्ययनलाई सामाजिक व्यावहारबाट त्यसको डिस्कोर्स (Discourse) विश्लेरषित गर्ने पाटो रेखाङ्कन गरिएको छ । देवकोटाका कथामा बालमनोविज्ञान – शीर्षक समालोचनात्मक लेखभित्र सांस्कृतिक अध्ययनको अनिवार्य फाँटलाई समातेका छन् । बालमनोविज्ञान र संस्कृतिमाथिको शोधपरक गहन अध्ययनले उहाँको समालोचक व्यक्तित्वलाई उकास्छ भने नारीसंस्कृति र लोकसंस्कृतिजस्ता अभिधानको भित्तीमा राधिका रायाको कथागत प्रवृत्ति , र शिवकुमार राईका कथामा लोकतात्त्विक पक्ष -यी दुई समालोचनात्मक लेखहरू उपर्युक्त मूल्याङ्कनार्थ मानकभित्र अभिलक्षित छन् ।
डा. छेत्रीको यो पहिलो समालोचनात्मक कृति सिर्जनाको समावलोकन-को एउटा मुख्य विशेषता के देखिन्छ भने उहाँले दार्जिलिङ लगायत सिक्किम र नेपाल अधिराज्यका स्रष्टाहरूलाई आफ्नो सन्दर्भ(कन्टेक्स्ट) र लेखन (राइटिङ)को मूलमा राख्नु भएको छ । स्थापित र ज्यादै प्रतिष्ठापित स्रष्टाहरू यसभित्र छन् । सिक्किमबाट सानु लामाको कथाकारिताःविश्लेरषण तथा मूल्याङ्कन, नेपालबाट देवकोटाका कथामा बालमनोविज्ञान, बालकृष्णसमको कथायात्रा एवं कथागत प्रवृत्तिको रेखाङ्कन तथा गुरूप्रसाद मैनालीका कथाहरूको वस्तु-विवेचन आदि जस्ता समालोचनात्मक लेखहरूलाई दृष्टान्तका रूपमा लिन सकिन्छ ।
उपर्युक्त समालोचनात्मक लेखहरूमा कृतिकेन्द्रित स्रष्टाका प्रवृत्ति विश्लेचषण साथै निहित सांस्कृतिक सौन्दर्यको सम्पूटन रहेको स्पष्ट देखिन्छ । डा. छेत्रीको समालोचकीय प्रवृत्ति पठनको केन्द्रीयता अघिल्तिर यसप्रकार छन् –
(क) युवा समालोचक डा. छेत्रीको स्रष्टा वा कृति चयनमा विलक्षणता,
(ख) सन्दर्भ र प्रवर्तित कालापेक्ष परम्पराको अवबोधन,
(ग) सन्दर्भ सापेक्ष कथ्यबस्तुको प्रामाणिक तथ्याङ्कनको सोद्धेश्यपूर्ण प्रस्तुति,
(घ) कृतिकेन्द्रित स्रष्टा परिचय र विश्लेपषित कथ्यवस्तुको सूक्ष्मअध्ययन,
(ङ) बहुलवादी एवं समावेशी अध्ययनको नवीनतादेखि अक्षुण्ण शोधपरक विधिमाथि झुकाउ,
(च) समालोचनात्मक अनेक पद्धतिका अन्योलताबीच स्पष्ट अवधारणाको निर्देश,
(छ) सन्तुलित मानक भाषा एवं शैलीका साथै वस्तु-विन्यासमा विशेष आग्रह ।
समग्रमा हेर्दा डा. छेत्रीद्वारा लिखित प्रस्तुत समालोचनात्मक कृतिलाई भारतीय नेपाली साहित्यमा शोधमूलक कृति विशेषको रूपमा लिइनुपर्दछ । उहाँका अध्ययनका खिप्ती वैज्ञानिक छन् ।अतः स्वतन्त्र पाठकका साथै शोधार्थीका निम्ति अझ बढी उपयोगी हुने देखिन्छन् ।
नेपाली विभाग,
साउथफिल्ड कलेज,दार्जिलिङ