नशा यस्तो थियो कि अधरको कहानी
पिलायौ कि पानी या जहर जानी जानी
म जुनलाई भन्थे कत्ति टाढा तिमी
छोई हेर भन्यो उस्ले ढलपल त्यो पानी
जता हेर्यो उतै पैरो बर्षाको के भर
भत्काउदै छ मन्को किनार छानी छानी
सधै झै साँझ तिम्लाई भर्छु प्यालाभरि
छल्किएर प्याला किन भै दिन्छ बैमानी