19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कल्पना सुवेदी May 21, 2014, 9:10 pm

आकाशसंगै हिडिरहेँ पाइला छेकिएन कुन्नि किन ?

मनस्थलमा तिमी नै बस्यौ स्मृति मेटिएन कुन्नि किन ?

माया लाई दुख र पीडा दिएर सास लिई तिमी जाँदा

यो मन चसक्क छुने अर्को प्रेमी भेटिएन कुन्नि किन ?

फूलबारीका विभिन्न थरी फूलहरु बगैँचामा फुल्दा

यी सुबासहरु मेरो धड्कनमा फेरिएन कुन्नि किन ?

जुटिएर दुई संसार एक बिशाल रङ्गशाला हँुदा

हामी अभिनेता नाटकका पात्र रेटिएन कुन्नि किन ?

दुख र सुख घाम र छायाँ नै जिन्दगीको वास्तविकता

रोदनलाई पन्छाएर सुखमा बेचिएन कुन्नि किन ?

साउथ राइडिङ्ग, भर्जिनिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।