19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ओठे राष्ट्रवादीहरु

कविता एन. पी. रिजाल May 21, 2014, 9:15 pm

हरेक दिन आँसको धारा

अविरल रुपमा वहेको छ ।

विधुवा र टुहुराहरुको संख्या पनि

हरेक दिन बढ्दै गईरहेको छ ।

तर रगतको खोलो नदेखेका

अग्रगामी राष्ट्रसेवकहरु

हरेक दिन विदेशबाट

दुई जना नेपालीको

मुर्दा फर्काउँदै गर्दा

कत्ति पनि ससङ्कित देखिदैन ।

किनकी, उसले देखेको छ

हरेक दिन दुई वटा मुर्दा

फर्काइदैमा

विदेश जाने युवाहरुको लक्कर घट्नेवाला छैन ।

उसले स्वदेशभित्र विप्रेषण भित्रेको मात्र देखेको छ ।

राष्ट्रवादी भन्ने नेताहरु

ओठे संस्कृति मात्र पछ्याएका छन् ।

कथित राष्ट्रवादी नारा

घन्काउने नेताहरु विदेशी भूमिमा

एउटी नेपाली नारीले

आफ्नो अस्मिता गुमाउँदै गर्दा

ऊ आफ्नी आमा र छोरीहरु

नेपाली नारी हुन भनी सोच्न सक्दैन ।

किनकी, उसले आफ्नी आमा र छोरीहरु

बलत्कृत भएको देखेको छैन ।

उसका छोराहरु विदेशबाट

मुर्दा बनेर फर्काइएका छैनन् ।

कथित राष्ट्रवादको नाममा

उनीहरु ओठे संस्कृतिमात्र अनुसरण गर्दैछन् ।

उनीहरु आत्माभित्रबाट

राष्ट्रवादी नेता देखिदैनन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।