19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा रहर-उज्यालो बाँच्नुको

कविता तेजविक्रम कार्की May 30, 2014, 8:47 pm

निस्तब्ध ! अध्यारै अध्यारो

यो साँघुरो गल्लि हुँदै

रात ओढेर मसँगसँगै

हराएको छ

मेरो देश !

मैले ब्युझने एउटा सुन्दर बिहानी

क्षितिजबाट निस्कनै

बिर्सिएको छ

र सधैंजसो मलाई भेट्न आउने घाम

रात ओढेरै म जस्तै

कतै बिलाएको छ

यो अन्धकार छाम्नु पर्दा

आँखा भएरै पनि

म आफुलाई अन्धो मान्न थालेको छु

थाहा छैन यो गल्लिमा भोलि

आशाको एक धर्को घाम

चुहिन्छ चुहिदैन ?

र एका बिहानै

पर म बाँचेको हिमाल

हाँस्न पाउँछु पाउँदिन ?

निरन्तर बगीरहने

नदीबाट

पानीको एउटा लहर भएर

करौडौ मनहरु छुन सक्छु सक्दिन ?

ए मलाई छोएर जाने घाम

म हराएको यो गल्लिमा

पर्खाइको निरन्तरअध्यारो प्रहर

म कहिलेसम्म बाँच्नु ?

थाहा छैन कहिलेसम्म

बाँचिरहनु यो अन्धकार भित्र

कसरी म भनौ सरोकार छैन भनेर

एउटा रहर-उज्यालो बाँच्नुको

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।