हेर्नु पनि ईशारा हो की
हाँस्नु पनि ईशारा हो की
नसोधुन्जेल के हो के हो
केश सँभार्नु पनि ईशारा हो की
जूनमा सधैँ पूर्णिमा देख्छु
घाममा सधैँ लाली देख्छु
तिमीले हो या तिम्रो मायाले
जे हेर्यो त्यहीमा खुशी देख्छु
बतासले पिरति छरेको देख्छु
वर्षामा मोहनी झरेको देख्छु
तालमा डुबुँ झरनामा चढुँ
जताततै तिम्रै प्रतिविम्ब देख्छु
लस् एन्जेलस्