19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमाहरुको अपराध कथा

कविता ओमप्रसाद शर्मा घायल June 26, 2014, 7:11 am
ओमप्रसाद शर्मा घायल
ओमप्रसाद शर्मा घायल

‘आमाहरु सृष्टिका निर्माता

अर्थात आमाहरु प्राणदाता र सन्तानका पालनकर्ता

आमा तीर्थ, आमा पूजा, आमा ईश्वर र आमा मार्गदर्शक’

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा

आमाहरुको वारेमा हामीले बुझेको यही त हो ।

तर,यो आमाहरुको परिभाषा

विवादास्पद भएको छ, हिजोआज

आमाहरु आफ्नै सन्तानको अपराध अभियोगमा

दोषी प्रमाणित भइसकेका छन्, न्यायको कठघरामा यतिखेर ।

किनकि आमाहरुको गर्भबाटै च्यातिएको छ, ममताको आ“चल

र पासोमा सुर्काएर भोलिका अरु आमाहरुको

धमाधम भइरहको छ निर्मम हत्या ।

सायद त्यसैले फेरिएको छ आज – आमाहरुको परिभाषा ।

आमाहरु †

तपाईहरुलाई लागेको यो हत्या अभियोग

तपाई कुन तर्कबाट खण्डन गर्न सक्नुहोला र ?

आमाहरु † तपाईहरुभित्र किन मर्दैछ ममता

किन खाली हु“दैछ मातृत्व ?

किन बढ्दैछ तपाईहरुमा सन्तान विभेदको कुरुप मोह ?

आजकल तपाईहरु

आफ्नै गर्भमा छानीछानी बध गरिएका छोरीहरुप्रति

कुनै पश्चाताप गर्नुहुन्न ।

बरु त्यो अपराधको भागीदार समाजलाई बनाइदिनुहुन्छ सहजै

अनि हाम्रो संस्कृति र परम्परालाई दोषी देखाएर

आफूहरु निश्चिन्त प्रदर्शन गर्नुहुन्छ – ममताको पाखण्ड ।

आमाहरु † आजकल सा“च्चीकै

‘आमा’ शब्दको अपमान भएको छ

‘आमा’ शब्दको बदनाम भएको छ

तपाईहरु मान्न तयार हुनुहोस वा नहुनुहोस यो ‘कटुसत्य’

तर सत्य स“धै सत्य हुन्छ आमाहरु †

आजकल विभेदको अपराध शाखामा

अट्टहास गरिरहेको छ तपाईहरुको मातृवात्सल्य

उदाङ्ग भइसकेको छ तपाईको खोक्रो आदर्श ।

र स“धैस“धै

तपाईहरुको गर्भभित्र चिच्याइरहेको छ

थुपै छोरीहरुको आर्तनाद

‘आमा † आमा †† आमा.... †††

धर्तीमा जन्मन पाउने मेरो अधिकारको रक्षा गर्नुहोस आमा

मलाई पनि जन्मदिनुहोस एउटा छोरा सरह

किनकि मविना कस्तो संसार र कस्तो संस्कारलाई

निरन्तरता दिन सक्नुहुन्छ र तपाई

नया“ सृष्टिका लागि मेरो जन्म पनि

तपाईका अरु छोरासरह आवश्यक छ आमा †

त्यसैले मलाई जन्म दिनुहोस ।’

छोरीहरु यसरीनै विलाप गरिरहेकाछन्

तपाईको गर्भभित्र ।

तर छोरा÷छोरीको विभेदमा अन्धो भएको तपाईको संवेदनाभित्र

रित्तिएको छ ममताको विउ

र मौलाएको छ अपराधको ऐजेरु ।

अनि तपाई आमाहरु नै

दिनदिनै चढाइरहनु भएको छ – अवोध छोरीहरुको वली

र मेटाउ“दैहुनुहन्छ यो संसारबाट भोलिका आमाहरुको अस्तित्व ।

आमाहरु †

यो विभेदको अपराधशालाबाट

तपाईहरु मुक्त हुनुछ भने

अब च्यातीदिनोस यो भ्रमको पट्टी

र खोल्नुहोस न्यायको आ“खा

सृष्टिको नया“ फूलवारीमा रोप्नुछ अर्को ममता र वात्सल्यको फूल

र जारी राख्नुछ सांसारिक जीवनचक्रलाई ।

जसरी देवताविना मन्दिरको अर्थ हु“दैन

त्यसरी नै छोरीविना संसारको अर्थ हु“दैन ।

त्यसैले आमाहरु †

तपाईहरु मुक्त हुनुहोस

स“धैस“धैका निम्ति यो विभेदको अपराधशालाबाट ।

बलेवा, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।