14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भानुभक्त–वधुशिक्षा

विचार सदानन्द अभागी June 26, 2014, 3:38 am
सदानन्द अभागी
सदानन्द अभागी

आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)को द्विशतबार्षिकीका अवशरमा यही २४ गते शनिबारका दिन बुटवलमा आदिकवि भानुभक्त आचार्य द्विशतबार्षिक लुम्बिनी अञ्चल समारोह समितिले आयोजना गरेको कार्यक्रममा म पनि सहभागी हुन पाएको थिए । बालकृष्ण भट्टराईको सभापतित्व र मोदनाथ प्रश्रितको प्रमूख आतिथ्यमा सञ्चालित कार्यक्रमा लुम्बिनी अञ्चलका पुराना र नयाँ पिढीका करिब ९० जनाको हारारीमा साहित्यकाररूको उपस्थितिमा दुईवटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो । डा. मुरारी पराजुलीजीले ‘भानुभक्त आचार्यको कवितामा मुक्तककारिताको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले यस कार्यपत्रमा मुक्तको परिभाषा सहित मुक्तको प्रकारमा आदिकवि भानुका कवितामा मुक्तक बारे प्रस्तुति गर्नु भएको थियो । अर्को कार्यपत्र प्रस्तोता प्रा. डाक्टर कपिलदेव लामिछाने हुनुहुन्छ । उहाँको कार्यपत्रको शीर्षक थियो ‘भानुभक्त आचार्यका रचनामा लोक जीवन’ । यो कार्य पत्रले विषय प्रवेश, लोकजीवनको शैधान्तिक परिचय, भानुभक्तका कविता कृतिमा लोक जीवन र निष्कर्ष गरी १० पृष्ठको कार्य पत्र प्रस्तुत गर्नु भएको छ । प्राय रामायणदेखि भानुभक्तका सबै रचना÷कृतिहरुलाई समेट्ने प्रयास गर्नु भएको छ । यो कार्यपत्रमा टिप्पणीकार डा. हिरण्यलाल ज्ञावलीले भानुभक्तका रचनामा लोक साहित्यको चर्चा पहिलो वहस हो भन्नु भएको छ । यो कार्यपत्रमा धेरै यथार्थपरक तथ्याहरू थप्न सकिने भनि टिपप्णी गर्नु भएको पनि थियो । यहाँको रोचक कार्यक्रममा मैले भानुभक्त–वधु शिक्षामा यी माथिका कार्यपत्र जोड्नाको तात्पर्य के भने प्रस्तावना सहितको ३३ श्लोकको वधुशिक्षा मैले पाउन सकेको थिइन । ती रचनाहरू मैले डा. हिरण्यलाल ज्ञावलीबाट प्राप्त गर्न सके र यस विषयमा मैले अध्ययन गर्न सजिलो भएको हुँदा यहाँ सूक्ष्म चर्चा गरेको मात्र हो । अनि यसपटक भानुभक्तको द्विशतवार्षिकीमा मैले रामायण पढें र रामयणको संक्षेपीकरण गरें पुनः रामगीता पढे यस सम्बकन्धमा पनि केही धारणा राखें । भनुभक्तको वधूशिक्षा अध्ययन गर्ने र यस भित्रका धारणालाई केलाउने विचार गरेको छु– प्रस्तावना सहितको बधुशिक्षा यहाँ प्रस्तुत गदै र्छु ।

प्रस्तावना

एक् थोक् भन्छु न मान्नु दुःख हे मित्र तारापति ।

तिम्रा ई जति छन् जहानहरू ता जुभ्mन्या रह्या छन् अति ।।

सून्याँ दन्तबझान आज घरको कर्कर् र्ग¥याको जसै ।

भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।

धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।

बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।

साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।

यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।।

हुन त म अतिथी हूँ यस् बिनूँ के छ खाँचो ।

तर पनि त म भन्छु मित्र ह्वौ जानि सांँचो ।।

घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडी ।

बखत चुकि दिंदामा हुन्छ काहांँ पछाडी ।।२।।

प्रस्तावनामा तारापतिका घरमा सासू बुहरी बीचको झगडाले गर्दा वधूशिक्षको जन्म भयो । यो वधूशिक्षाले तत्कालिन लोकमान्यतालाई दर्शाउने काम गरेको छ । घरमा झगडा हुनु कहिल्यै पनि राम्रो त हुँदै होइन तर पनि पाहुना आएका बेला झगडा हुनु भनेको सासू बुहारीको मात्र नभएर घरकै गोपनीयता भङ्ग हुन जान्छ । यसको लागि बखत् चुक्नु अगावै घरलाई व्यवस्थित गर्नलाई भानुभक्तले उपदेश सहितको यो पत्र दिएका थिए –

उपदेश

प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।

सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।

भक्तीले पति ईश्वरै भनि बुभूmन् पाऊ–तलैमा परून् ।

पूजा हो पतिको भनेर घरका काम्मा अगाडी सरून् ।।१।।

बधु शिक्षाको यो पहिलो श्लोक हो । यस श्लोकमा सर्बप्रथम प्रातःकालमा उठेर ईश्वरको पूजा अनि पति पूजाको साथै पतिको पूजाको लागि गर्ने काम होस् भन्ने छ कविको । यो कविको आफ्नो धारणा नभएर त्यस समयको लोकले गर्दै आएको परम्परा, संस्कृति र पतिलाई नाथ सम्झने प्रचलनलाई यहाँ प्रष्ट्याइएको थियो, भन्न सकिन्छ । समाजमा देखिएका विकृतिहरूलाई औंल्याउनु र समाजलाई सुमार्गमा डो¥याउनु पनि साहित्यकारको दायित्व हो ।

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।

जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।

सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।

मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।२।।

नेपाली समाजमा सासू र बुहारीको सम्बन्ध सौहार्दपूर्ण नभएर, आजको समयमा पनि कटु नै देखिन्छ । नुहाउनु, स्वच्छ हुनु मान्यजनबाट आशीर्वाद लिनु भनेको अवश्य राम्रो काम हो । आदरभावको साथमा घरमूलीबाट मार्गदर्शन लिएर काम गर्नु पनि राम्रो हो । आज पनि हाम्रो धर्मसंस्कारमा मान्य जनमा पाऊ पर्ने काम चलनमा छ । आजको जमानामा पाऊ पर्नु राम्रो मानिदैन तर यो संस्कारबाट हाम्रो समाज मुक्त हुन सकेको छैन । भानुभक्तको यी कविताहरू धेरै आलोचित छन् । यी कवितामा भानुभक्तले आफ्ना धारणामात्र नराखेर त्यस समयमा समाजले(लोकले) अपनाउँदै आएका समाजले मान्यता दिएका कर्महरूको अवलम्बन् गर्नु र कवितामा उतार्नु अस्वभाविक होइन । खुट्टा नढोगाई कन पनि शिष्ट आचारणको अवलम्वन गराउनु, अनुशासित र मर्यादित समाजको सिर्जना गराउनु पनि एउटा साहित्यकारको दायित्व भित्रै पर्दछ ।

मान्छे छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।

चाकरलाइ अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।

माटो पानी खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।

स्नान् गन्र्या अखढा जहाँ छ तहीं गै राखुन् तयारी गरी ।।३।।

यहाँ कविले मानवीय व्यवहार सबैले सबै ठाउँमा गर्नु पर्छ भन्नेृ धारणालाई राखेका छन् । नोकर चाकर राख्नु सामन्ती संस्कार हो भन्ने जनमास पनि कम छैन तर आज पनि हामीले अखबारका पाना पल्टाउँदा घर–कामदार (महिलार पुरुष)लाई चरम यातना दिएको कोठामा थुनेको, भोकभोकै काम गराएको आदि आदि पढ्न पाउँछौ । यस्तो गर्न नपाउने कानुनी प्रावधान पनि छ तर गरिबको घरमा नोकर चाकर कहाँ हुन्छ र ती नै धनाढ्यहरू पहुँचवाला तथा पूजीपतिहरूको घरमा आज पनि अधोषित चाकरहरू(नोकरहरू ) छन् । संसारमा दासप्रथा, कमारा कमारी राख्ने चलन, कमैया प्रथा, हलीया प्रथा आदिलाई नारामा र कानुनमा उन्मुलन हुँदै गएका छन् तर पनि तिनको गास बास कपासको व्यवस्था हुन सकेको छैन । त्यसो हुँदा आज पनि यी प्रथा यी संस्कार कुनै न कुनै रूपमा जीवत छन् । यस्ता प्रथामा ती चाकरलाई मीठो वचन गरियोस् भन्ने मानवीय व्यवहारलाई कवितामा पस्कनुलाई अन्यथामा लिन हुँदैन । माटोको प्रयोग हिजो गरिन्थ्यो भने आज पैसा हुनेले सावुनको प्रयोग गर्छन् नहुनेले माटो खरानीको प्रयोग गरिन्छ । खराउको ठाउँमा चप्पल, झाडन, रुमाल, अनि दतिउनका ठाउँमा दन्त मञ्जन र ब्रुसको प्रयोग भएको छ तर कामको हिसाबमा उस्तै उस्तै हो । हरेक घरमा जस्ले सजावट गर्न चाहान्छ प्राय यी काम महिलाले नै गरेको पाइन्छ ।

पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी ।

पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ।।

कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।

जोगी जञ्गमले भन्या मुठी दिनू ढीलो नगर्नू पलक् ।।४।।

घरघरमा पूजा गर्ने चलनमा पूजाका सामाग्रीहरु जोड्ने कामहरू पनि हुन्छन् । यो काम महिलाले नै गर्नु पर्छ भन्ने त होइन तर यसमा पनि सामाजिक परिपाटीमा महिला अग्रसरता देखिन्छ । पञ्चायन देवताको पूजा पनि धेरै घरमा गर्ने गरिन्छ । हाम्रो धर्मसंस्कारमा अलग जगाए पछि भिक्षा दिनु पर्छ भन्ने धारणा र भगवान योगीको रूपमा आउनु हुन्छ भन्ने कपोलकल्पित धारणा जस्तो लाग्छ । शारीरिक सक्षम व्यक्तिलाई मुठी दिनु धर्म म ठान्दिन । यस्ता ठगहरूलाई त समाजले काममा सरिक बनाउनु पर्दछ । कर्मयोगी बनाउनु पर्छ ।

घर्सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।

चाकर् सब् थलिया गया कहीं, भन्या आफै तयारी रहोस् ।।

स्वामीका चरणविन्द युगको भक्तिले. पान गरून् ।

निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून् ।।५।।

माथीका सब्दशब्दले सधैं गरिने नित्य क्रियामा आदिकविले सरसफाइमा जोड दिएका छन् भने सम्भ्रान्त घरहरुमा आज पनि कामगर्ने बालबालिक तथा मानिस राख्ने चलन छ । गुरुको र पतिको चरणको जल खुवाउने प्रथा आजको युगमा पनि प्रचलनमा छ । जल पनि शरीरमा छरिन्छ । यसमा लेख्दा हामीले भानुभक्तको नचाहिने कुरा लेखे भन्नुभन्दा पनि त्यस बेलाको समाजले अपनाएको मान्यता हो र त्यो मान्यता ब्राह्मणको छोराको ब्रतबन्ध गराउँदा गुरुको चरणको जल खुवाउने र विवाहमा दुलहीलाई दुलहाको जल खुवाउने र चरणमा ढोग गराउने चलन आज पनि जीवित छ र अनिवार्य छ । महिलाहरूले ब्रत बस्दाका दिन स्वेच्छाले पतिका चरणको जलपान गरेको आज पनि पाइन्छ ।

जो इच्छा पतिको छ त्यो बुझि उसै माफिक् सबै काम गरून् ।

जुन स्थान हो चिजको उही लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् ।।

स्त्रीको खालि निघार् कदापी नरहोस् खाली निधार् भै जति ।

गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।।

पति र पत्नी बीचमा साझा समझदारी अवस्य हुनु पर्दछ । एकले अर्काको भावलाई सजिलै बुभ्mन सकेमा मात्र जीवन सफल मार्गमा चल्छ तर यहाँ आदिकविले पतिको धारणलाई बढी महत्व दिनु भएको छ । सबै काम स्थान विशेषमा हुनु पर्दछ भन्ने धारण र निधारमा टिका लगाउनु भन्ने धारणालाई पनि अन्यथाको रूपमा हेर्नु हुन्न । टिका लगाउनु एकातिर हिन्दु संस्कार हो । हिन्दु नारीहरूले विवाहाको दिन दुलाहा द्वारा सिउँदोमा तीन औंलाको चिम्टीले ७ पटक सिन्दुर दान लिन्छन् र विवाह सम्पन्न हुन्छ । यो टिका ऐभाती नारीको पहिचान हो भने अर्को तिर वैज्ञानिक उपलब्धी पनि छ भनिन्छ । सिन्दुरमा पारा बढ्ता हुने र यसले विद्युतीय उर्जालाई नियन्त्रण गर्ने र मर्मस्थललाई बचाउने भन्ने कुराहरू पनि कितावहरूमा पढ्न पाइन्छ ।

तस्मात् नित्य टिका लगाई पहिले धन्ँधा पछाडी गरून् ।

पूजाको सरजाम् तयार् गरि सकी भान्छा विषे मन् धरून् ।।

भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।

खाना चीज भण्डारमा पसि झिकुन् आफै अगाडी सरी ।।७।।

यो बधुशिक्षा भानुभक्तले साधारण खानदानको नभएर त्यसवेलाका ख्यातीप्राप्त धन्याढ्यहरूको लागि लेखेको देखिन्छ । जसका घरमा नोकार चाकर राख्न सक्ने क्षमतावानका बुहारी, ती घरमा बुहारीले नै भान्साको काम गर्न पाउनेहरूको लागि मात्र यो बधुशिक्षाका उपरोक्त पंक्तिहरू कार्यन्वयनमा जान सक्छन् । म सानो छँदा तथा म अलिक जान्ने हुँदासम्म ठूलाबडामात्र नभएर सर्बसाधारणका भण्डार ढोकाको चापी सासूको हातमा हुन्थ्यो अझै पनि यो चलन कतै कतै जीवितै छ र बुहारीहरूले भण्डारमा चियाउनसम्म नसकिने जमाना पनि थियो । त्यस्ता घरका बुहारीको लागि यो वधू शिक्षाले सासूको मन पगाली दियो भनेमात्र, बुहारीलाई राहत हुन्थ्यो कि ?

रोगी बालक बृद्ध कोहि घरमा हुन्छन् तिन्को पनि ।

धत् जानीकन तम्तयार चिज गरून् खान्या छ यस्तो भनी ।।

यस्ता रीत् सित चीज् वनाइ बढिया सासू–ससूरा–पति ।

लाई ख्वाइ सकेर फेरि घरका खाउन् जहान् छन् जति ।।८।।

यी उपरोक्त श्लोकले रोगी बालक बृद्धको देखभाल खानाको लागि, आदर सत्कार सबै सबै बाट यथास्थानमा हुनु राम्रो हो । आजको काम आजै होस् र जो बस्तु जहाँछ त्यो त्यही स्थानमा रहनु पनि राम्रो हो । बधूशिक्षामा लेखिएका यी कर्तव्यबोधी यथार्थतामा समय सापेक्षको परिवर्तनले गर्दा आज यी अक्षर स लागु नभए पनि अधिकांस कुराहरू व्यवहारमा छन् । श्लोक ९, १०, ११,मा जुठाभाँडा राख्न नहुने, खाना खाएको ठाउँलाई लिपपोत गर्नु पर्ने, दुना टपरीको ठाउँमा पेपर ल्पेटको स्थान ओटी सकेको अवस्थामा पनि दूना, बोहोताको महत्व घटेको छैन । यसको लागि आजका नवयुवतीमा भन्दा बृद्ध महिलाहरूले यस्ता काममा अग्रसरता देखाएको पाइन्छ । आज पनि धर्मको नाममा लाख बत्ती बाल्नको लागि महिलाहरूले ज्योति काटी रहेको पाउँछौं । गाउँ घरमा दूना वोहोताले आज पनि महत्वपूर्ण स्थान लिएको देख्न पाइन्छ ।

ख्वाई प्याइ सकेर सर्ब परिवार्ले खाइ सक्छन् जर्सै ।

चूल्हा चौकी लिपाइ जल्दि ति जुठा भाँडा मझाउन् तसै ।।

जो चीज बस्तु भन्डार देखि अघि जो झीकेर ल्याई थिइन् ।

सो संझेर तुरुन्त सोहि थलमा ती बस्तु राखी दिउन् ।।९।।

अल्सी दूर गरेर नारिहरुले थान्को र मान्को गरी ।

काम्धाम्मा परिवार लायर विचार् गर्दै रहुन् दिन् भरी ।।

धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।

सिन्का साफ चिरेर राखुन् अनी चाहिन्छ काममा भनी ।।१०।।

पूजा ब्रतादिहरुका जति तीथि पर्दछन् ।

सम्झे्.र गर्नु नभुलीकन पाप हर्दछन् ।।

ठूलो ब्रतै त पनि सेवन गर्नलाई ।

क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।।

रोगी बालक बृद्ध सासु ससुरा जेठाजु देवर् पनि ।

पूmपू सासु अमाजु नन्द जति छन् खान्छन् इ खाजा जति ।।

सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।

यस् रीत्ले अति खुश् बनाइ परिवार सब्लाई हात्मा लिउन् ।।१२।।

भानुभक्तले सती जाने कुराको उठान गर्नु भएको छ । सती जाने प्रथा आजको समयमा, लोक सम्मत छैन । जतिवेला भानुभक्तले यो बधूशिक्षा लेखेका थिए त्यति वेलासम्म समाजमा सतीप्रथा, बहुविवाह, बाल विवाह, चलनमा थिए । श्री ३ महाराज चन्द्र शम्शेरको पालामा सती जानमा रोक लगाइएको थियो । बहुविवाह पनि समाजमा स्वीकार्य थियो । बहुविवाह स्वीकार्य भए पछि र सौता भएर पनि विवाह गरिन्छ भने सौता सौताको लडाइँ हुनु पनि राम्रो काम होइन । समाजले स्वीकार्य गरेका कर्ममा रिस तथा डाहा गर्नु पनि पापै हो ।

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति ।

मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।

यस्तो जानि नमानि केहि मनमा मीलून् बहूतैै गरी ।

टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ।।१३।।

श्लोक चौध÷पन्ध्रमा भानुभक्तले अर्काको घरमा नजाने र आफ्नै घरमा बसेर आगामी दिनमा पर्ने चाडपर्व आदिको लागि आवश्यक चिजको गर्नु पने जोरजाम(संग्रह) गरोस्, भोका नाङ्गाहरूको याद गरोस्, मान्यजनको आदर गरोस्, ठगले ठगाई गरेकोमा पनि त्यो सासूमार्फत सजायको भागी गराइओस् भन्ने मार्गदर्शनलाई अन्यथा लिनु हुँदैन । सासूसँग भनिएका कुराहरू यदि गलत भए भने त्यसबाट घरमा शान्ति हैन झगडाको वीऊ रोपिन्छ ।

अर्काको घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।

जे हूनू सब चीज जती छ घरमा कूना र कानी पसी ।।

पर्छन् श्राद्ध दशै तिहार अरु चाड् चाहिन्छ तिन्मा जती ।

ती चिज् सम्झि अगाडी संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।।

मान्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।

सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ।।

यस्ता रीत् सित् सब् गरेर बशमा राखोस् सबैमा दया ।

तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।।

श्लोक १६मा पाहुना कस्तो आउँछ, सोही बमोजिमको मर्यादा गर्नु, अमृत सरहको रवाफ राख्नु, श्लोक १७ मा साँचो बोल्नु, एउटा स्त्रीको लागि पति भन्दा नजिक र पति भन्दा ठूलो कोही हुँदैन, सासू ससुरा पतिको आज्ञापालक भएमा संसार तरिन्छ भनिएको छ ।

पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।

सो जानेर उसै बमोजिम गरोस् मज्र्याद् न चूकोस् रति ।।

पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।

राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ।।१६।।

साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।

आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ ग¥याको जति ।।

यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।

जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ।।१७।।

भन्छन् शास्त्र पती र सासु ससुरा जेठाज्यु मान्नू भनी ।

भन्छन् ता पनि जो पती छ उसरी हूँदैन कोही पनी ।।

दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।

को् जान्छन् पति पो वित्या पनि भन्या जानू छ संगै सती ।।१८।।

एकातिर भानुभक्तले नारीलाई अति कठोर नियमको परिधिभित्र राख्न चाहेको देखिन्छ । अनुशासित बनाउनु अति राम्रो हो तर अर्कोतिर नारी हाँस्नु समेत नहुने, हाँस्ने नारी वेश्या हुन सक्दछन्, वेश्या नभए पनि एक्लै हाँस्न नहुने अर्को संगी चाहिने संगीसँग हाँस्दा घरको काम नासिने समय व्यर्थमा खेर जाने जस्ता अभिव्यक्ति द्वारा नारीलाई कठोर नियमको परिधिभित्र बाँधिएको देखिन्छ । हाँस्दैमा नारी वेश्या हुन्छे भन्नु, युक्तिसङ्गत देखिदैन । हाँस्नु स्वास्थको लागि पनि आवश्यक छ तर नारीको हँसाइमा नारीबाटै कति छिचरिएकी हो, महिलाको लागि यो सुहाउने कुरो होइन भन्ने आवाजहरू पनि यदा कदा आजको समयमा पनि सुन्नमा आएको पाइन्छ ।

हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।

बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।

एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।

हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।।

मानिस्को त बताउँ क्या अब विचारृ पक्षी पशूको पनी ।

पाल्याको छ भन्या तुरुन्त बुझ्नू क्या आज खायो भनी ।।

जस्सै भो कसिंगर् बढार्नु घर भर् काहीं नराखोस् रती ।

स्त्रीले जान्नु बिचार राखि मनमा एस्तो बताऊँ कती ।।२०।।

श्लोक २० मा पशुपंक्षीहरूको राम्रो देखभाल गर्नु, घर सफा राख्नु, श्लोक २१मा खानेकुरालाई ढाकछोप गनु, खानेचिजलाई सदुपयोग गर्नु ,श्लोक २२ मा लगाउने बस्तुहरूको सफाई, राखेको स्थानको याद गर्नु, याद नरहे खोज्दा समय व्यतित हुनु, श्लोक २३मा पतिले खोजेको अवस्था छ भने तत्कालै ल्याएर दिन सकिने गरी राखियोस् कता हरायो भन्नु नपरोस् , यदि यस्तो अवस्था आएमा मरे समान हुनजाने जस्ता धारणाहरू आदि कविले यहाँ पस्कनु भएको छ । यी व्यवहारिक ज्ञान हुन् ।

खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून् ।

जो चीज हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरून् ।।

खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू ।

एती जान्नु अवश्य धेर् अब बखान् कुन् कुन् कुराको गरूँ ।।२१।।

खान्या चीज नहेरि केहि नकुहुन् सब् पैह्रन्या चीज पनी ।

सप्पै याद रहोस् सदा मन महाँ यो चीज् छ यहाँ भनी ।।

चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो ।

आखिर् चीज् घरमा भई बखतको काम सब् बिती गयो ।।२२।।

जो चीज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन् ।

जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।

खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।

भन्नू यो पति थ्यैं प¥यो पनि भन्या मानोस् मरे झै अनी ।।२३।।

श्लोक २४मा पूजाको सरजाम जोड्नु, साँझमा ठूला पानसमा तेल राखेर बत्ती बलाउनु, परिवारको चाहना अनुसारको खाना बनाएर खाना खुवाउनु, भण्डारमा राख्नु पर्ने सामान संभारले राख्नु, श्लोक २५मा आएका पाहुनालाई खुवाएर मात्र खानु, श्लोक २६मा दिनमा प्रयोग गर्न निकालिएका चिजहरूलाई संरक्षित गरेर राख्नु र चोरडाँकाबाट जोगाउन ताल्चा लगाएर राख्नु भनिएको छ । यी मार्गदर्शनहरू मनन् योग्य नै छन् ।

पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।

साँझमा बत्ति जलाउनू अति ठुला पानस् विषे तेल् धरी ।।

खान्या चीज बनाइ खान दिनु जो खान्छन् परीवारले ।

जुन् चीज् राख्नु भँडार पर्छ नभुली सब् राखनु संभारले ।।२४।।

दिनदिन घरमा जो पाहुना बस्न आया ।

तिनकन नखुवाई आफुले क्यै नखाया ।।

गृहिणी भइ रह्याको यो ठुलो धर्म जान्नु ।

विहक सकि दियाको अन्न भन्या त ठान्नु ।।२५।।

काम्का खातिर जति चीज घर्का दिन्मा झिक्याका थिया ।

रात्रीमा त उ काम् हुुँदैन सब चीज् थन्क्याइ राखी दिया ।।

सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।

लाउन् चोर चकार डाँकुहरुले देख्नै नपनउन् भनी ।।२६।।

श्लोक २७मा यसमा सासूको पाउ मिचेर, पतिको साथमा टहलगर्नको लागि जाने , श्लोक २८मा श्रीमानको खाने इच््यालाई पूर्णता दिएर, तेलमालिस गरोस् श्लोक २९मा पाउमा तेल मर्दन गरेर आपूmले दिनमा गरेका कामतथा आपूmले गरेको दुःख पनि पतिले श्रवण गरोस् भनेर सुनाउने र ३०मा मधुर स्वरमा कुराले पतिलाई खुसी तुल्याएर काखमा निधाओस् भनिएको छ ।

छिनि सकि सब धन्दा सासुको पाउ मिच्दी ।

उँघिकन विखबर् भै पाउ मिच्दै त ढल्दी ।।

टहल गरि टहल्ने सासुलाई रिझाई ।

पतिसित तब जावोस् स्त्री टहल् गर्नलाई ।।२७।।

प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।

भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ।।

किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।

पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।

आज्ञा माफिकअ पाउहरुमा मर्दन बहूतै गरी ।

पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ।।

यस्तो भो यसरी ग¥याँ यति ग¥याँ गन्र्या छु यो यो पनी ।

भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ।।२९।।

जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी ।

मधुर बचन बोल्दी स्वामिको चित्त हर्दी ।।

पतिकन यस रित्ले बातले खुस बनाओस् ।

जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।

श्लोक ३१ मा भानुभक्तले नारी हितको लागि योृ वधूशिक्षा लेखे । यही मार्ग स्त्रीले अपनाएमा सहज पार लाग्ने देखे । श्लोक ३२ र ३३मा भानुले स्त्रीको धर्म पतिमती भयो भने बाचुञ्जेल शुख भोग गर्दछ । आपूm आफ्नो कुल परलोकमा तार्न सक्छे र स्त्रीको जन्म भयो भने पति सेवा नै ठूलो हो जसबाट ईहलोक र परलोक दुबै पार भइन्छ ।

यति सब बधुशिक्षाका सिलोक् जो बनाञाँ ।

पढीलिनु सबले नारीको हित् जनाञाँ ।।

यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।

उभयकुल सँगै ली ती सहज् पार तर्छन् ।३१।।

स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।

बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ।।

स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।

यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ।।३२।।

स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।

आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ।।

स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।

जो स।ेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ।।३३।।

अन्त्यमा साहित्य समाजको दर्पण हो । समाजमा भए घटेका घटनाहरू र्नै साहित्यकारले लेखेका हुन्छन् । तेत्रायुगमा वाल्मीकिले लेखेको रामायणलाई नेपालीमय बनाउने काम भानुभक्तले गरेर नेपाली भााषलाई दरविलो बनाए । त्यही रामको प्रभावमा भानुभक्तले भक्तमालामा रामनाम जप्ने अठोठ लिए भने रामायण र पुराणहरूमा अडिएर भानुभक्तले आफ्ना कृतिहरूलाई भक्तिरसमा प्रसारण गरे । यिनै मूल्य मान्यतालाई बोकेर भानुभक्तले आफ्नो साहित्यको सिर्जना गरेर नेपालीका तन मनमा रक्तसंचार भएर बगीरहेका छन् । जहाँ नेपाली पुगेका छन् त्यहाँ भानुभक्त लोकप्रिय बन्दै गएका छन् । उनले पोखेका साहित्यिक अभिव्यक्ति उनका धारणा होइन्न् भन्ने कुराहरू पनि हामीले पढ्न पाउँछौं तर जेहोस् बधु शिक्षामा भानुभक्तका अभिव्यक्तिहरू वधूलाई आदर्श नारी वनाउनको लागि जुन प्रयास गरिएको छ, यी हरेक काममा वधूलाई अग्रपंक्तिमा उभ्याउन खोजीएको छ । यी मार्गदर्शनहरू अति कठोर छन् र सर्बसाधारणमा व्यवहार मूलक देखिदैनन् । समयको गतिसँग समाजको गतिशीलता पनि अघि बढेको हुन्छ । आजको धारणा भनेको समतामूलक समाजको सिर्जना गर्नु हो । नारी पुरुषमा कुनै भेदभाव छैन । प्रकृतिले महिलापुरुषको अनिवार्य जो स्वयम्ले गर्नै पर्ने कार्य बाहेकका काम (समाजले विभाजन गरेका काम) जो कोहीले पनि काम गर्न मिल्छ । हुन त भानुभक्तले लोक कल्याणकारी शिक्षा दिन खोजीएको हो भनेका छन् तर तत्कालिन समयको यथार्थतालाई चित्रण गरेकोमा आजको परिवर्तित समय र समाजमा तुलना गर्दा धेरै फरक देखिनु त्यति असान्दर्भिक होइन । त्यस समयको लोकले मान्दै आएका मूल्य र मान्यतासँग यी धारणालाई तुलना गर्दा निश्चय पनि भानुभक्तका यी मार्गदर्शन कार्यन्वयन योग्य नै छन् भन्न सकिन्छ । किनकि भानुभक्तले यी लेख्ने सायमा सतीप्रथा, बहुविवाह, बाल विवाह धनीहरुले घरमा नोकर राख्ने चलन जायज नै मानिन्थ्यो ।

भानुभक्तले नेपाली साहित्यलाई दरविलो पार्न जुन योगदान दिएका छन् । त्यसको ऋण न त नेपाल सरकारले नै तिर्न सकेको छ न त हामी पाठकले नै व्यवहारमा उतार्न सकेका छौं । झट्टहेर्दा बधुशिक्षाका कठोर मार्गदर्शन सुपाच्य देखिदैनन् । नारीमाथि लादिएको यो मार्गदर्शनमा आलोचना भानुभक्तले खेप्न परेको पनि छ तर पनि तेत्रायुगदेखि भानुभक्तका लेखनकालसम्मको सामाजिक तथा लोक चलनलाई भानुभक्तले टपक्कै टिपेर नेपाली समाजलाई दर्शाको यस महत्वपूर्ण ऐतिहासिक दस्तावेजले मानवीय संवेदनशीलता, अनुशासनशीलता, कर्तव्यवोधलाई आत्मसाथ गर्ने जुन शिक्षा प्रदान गरेको छ ,तत्कालिन समयसापेक्ष नै थिए र कतिपय यसमा प्रदान गरेका मार्गदर्शनहरू आज पनि लोकसम्मत छन् र व्यवहारमा छन् भन्ने मलाई लागेको छ ।

शान्तिचोक, कावासोती, नगरपालीका,वार्ड नं ७ , नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।