17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पदम भण्डारी July 9, 2014, 12:19 am

एक्लै हुँदा दिमाग पनि अन्तै चर्दो रै’छ

गर्ने कुरा जवानीमै गर्नु पर्दो रै’छ

निद्रा पनि कम लाग़्ने मनले अनेक ताना बुन्ने

जोश जाँगर ईच्छा शक्ति सबै मर्दो रै’छ

बुढेसकालले छोएपछि दिमागले पनि

सोझो हैन बाङ्गो बाङ्गो कुरा गर्दो रै’छ

कपाल फुल्यो दाँत झरे मन अझै तरुनो छ

आँगन पनि भीर पल्ट्यो भन्नै लाज मर्दो रै’छ

मेरा आफ्नै भन्नेहरु आज टाढा टाढा भए

मैले आफ्नो ठान्नेलाई दैबले नी हर्दो रै’छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।