17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नायगरा झरना अतृप्त यात्रा

नियात्रा डा. तीर्थबहादुर श्रेष्ठ April 27, 2008, 4:44 am

नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ मा गोरा उपनिवेशकारी शक्तिलाई देखाइदिएको नयाँ संसारमा य्संयुक्त राज्य अमेरिकामात्र नभएर उत्तर र दक्षिण अमेरिका दुई महार्‍ीप पर्दछन्। विश्वको मानचित्रमा न नायगरा फल्स, न सगरमाथा नै अँकित भएको त्यो बेला नेपालमा मल्लकालीन नेवारी सभ्यता चुलिएको थियो।
नायगरा झरनालाई फ्रान्सेली अन्वेषक सामुयल द साँप्लाँले सन् १६०४ मा चिनाएका र त्यसको १५५ वर्षपछि सन् १७५९ मा फ्रान्सेली उपनिवेशकारीहरूले भीषण आक्रमण गरेर आङ्गनो अधीनमा लिएका रहेछन्। त्यो घटनालाई लिएर ६ देखि ८ जूनमा नायगराको पुरानो किल्लामा आगन्तुकहरूका लागि नाटकीय प्रदर्शन हुँदो रहेछ। अङ्ग्रेजी भाषामा स्थापित नायगरा (niagara) ले वस्तुतः नि  आ ग रा(Nee-ah- Gah-rah) भन्ने स्थानीय आदिवासी भाषाअनुसार ईरी र ढन्टारियो नामक दुई वटा ताल जोड्ने नदी जनाउँदो रहेछ। त्यही नदी बीचैमा भाँच्चिएर बनेको एक विशाल झरना, प्रकृतिको अनुपम लीला, जलशक्तिको अद्भुत प्रदर्शन र जल सौन्दर्यको अद्वि‍तीय दृश्य रहेछय्नायगरा।
नायगरा दर्शनको उपयुक्त मौसम १ अप्रिलदेखि ३१ अक्टोबर रहेछ। हामी त्यो समय गुज्रेलगत्तै २ नोभेम्बरमा त्यहाँ पुगेका थियौं। यात्रा न्यू ह्यामशायरबाट शुरु भयो। इन्टरनेटमा गुगलले कुन बाटो लाग्नुपर्छ, कहाँ मोडिनुपर्छ, कति दूरी र समय लाग्छ भन्ने विस्तृत जानकारी दियो। त्यो विवरण र ठाउँ ठाउँमा टाँगिएका सेत हेरेर मोटर हाँक्न जान्ने र सवारी नियमसँग परिचित जोय्कोहीले कतै नबिराई यात्रा तय गर्न सक्दथ्यो।
आठ घण्टामा ८०० किलोमिटर दूरी तय गर्ने योजना बन्यो। प्रतिघण्टा ६५ माइल (१०४ किमि)को रङ्गतारमा मोटर हाँक्न पाइने, एकतर्फी नै तीनय्चार लेनको सडक, न कतै ट्राफिक जाम, हड्ताल र चक्काजामबिना कुनै लफडा निर्धक्क र सुविधासाथ यात्रा हुँदोरहेछ। हाम्रो मेचीय्महाकाली पनि त ८०० किमी नै हो, सडक र सवारी व्यवस्था त्यत्तिकै राम्रो हुँदो हो त आठै घण्टामा त्यो दूरी तय हुनेथियो। अनि, नेपाली राष्टि्रयताका नयाँ आधार कुनै झण्डा, डण्डा वा आस्थामा नभई यस्तै कुनै व्यवस्थामा खोज्दथ्यौँ होला।
आधा घण्टादेखि पौने घण्टाको बीचमा खानपिन, शौचकार्य, श्रृङ्गार आदिका साथै सामान्य मनोरञ्जन समेत उपलब्ध हुने सुविधा केन्द्र भेटिँदा रहेछन्। पेट्रोलपम्प लहरै तैनाथ थिए, जहाँ स्वचालित मेसिनमा गयो, क्रेडिट कार्ड घुसाएर रसिद थुत्यो र सहजै तेल भर्‍यो। त्यो देख्दा काठमाडौँमा ५०० मोटरको लाइनमा पाँच घण्टा बसेर पाँच लिटर पेट्रोल थाप्न पाउँदा संसारै जितेको अनुभूति हुने क्षण सम्झिए र कुन संसारमा थिएँ, कुन संसारमा आईपुगेँ जस्तो लाग्यो।
नायगरा पुगेपछि
बेलुकी ६ बजेतिर नायगरा शहर छिर्‍यौँ। मौसम रमाइलो थियो। पर्यटकहरू निखि्रसकेका भए पनि झरनालाई रङ्धीविरङ्धी प्रकाशको फोहराले नुहाइदिने तमासा कायमै रहेछ। पारि क्यानडातिरबाट फ्याकिएका प्रकाशका रङ्धीविरङ्धी किरण एकपछि अर्को रङमा तरिङ्धत भएको दृश्यले मोहित गरायो। क्यानडातर्फका विशाल भवनहरू ढकमक्क बत्तीमा अलङ्कृत देखिँदा कुनै स्वप्नको संसार यथार्थ भएको अनुभूत भयो। आँखा अघाउने त कुरै थिएन, तर थकित शरीरलाई आराम पनि चाहिन्थ्यो। होवार्ड जोन्सन होटलमा गएर निद्रा पूरा गर्‍यौँ।
३ नोभेम्बर, शनिबारको घमैलो बिहानीमा, सबेरै झरनास्थलतिर लाग्नुथियो। न्यूयोर्क स्टेट पार्कको रूपमा व्यवस्थापन गरिएको झरना स्थलमा प्राकृतिक परिवेशलाई खलबल नपुर्‍याई पर्यटन विकासमा जोड दिएको पाइलैपिच्छे अनुभव गर्न सकिन्थ्यो। हेमन्त ऋतुको आगमनसँगै वन, जङ्धल र वृक्षका हरिया पातहरू पहेँला, राता, गुलावी र सुन्तले रङमा परिणत भएर भुइँमा झर्दै थिए। तैपनि मौसम रङ्धीन थियो। मोटरगाडी पार्किङ दस्तुर १० डलर तिर्नु पर्‍यो। १० डलरलाई १० रुपैयाँ झढैँ माया मार्न नसक्नेले अमेरिकाको यात्रा आँट्न नहुने रहेछ। सूचना केन्द्रमा विभिन्न जानकारी बटुलेर छाँगोको पानी छुन सकिने गरी बनाइएको य्प्रोस्पेक्ट प्वाइन्टपुग्यौँ।
नायगरा कुनै पर्वतीय खोंचबाट झरेको छहरा वा तालबाट झरेको छाँगो जस्तो झरना होइन। त्यहाँ हाम्रो टुँडिखेल भन्दा चौडा क्षेत्रमा फैलिएर बगेको नदी एकाएक बीचैमा भाँच्चिएर धरहरा जतिको उचाइ (५९.२९ मिटर)बाट फालहाल्दछ र झरनाको रुप लिन्छ। त्यस क्रममा नदी दुई खण्डमा बाँडिन्छ। नदीको ८० प्रतिशत पानी झर्ने ७९२ मिटर चौडा ठूलो खण्ड बीचको भाग पानीले खियाएर अलि भित्र घुसेको हुनाले घोडाको टापजस्तो देखिँदो रहेछ र त्यसैले घोडताप्रे झरना (हर्सय्शु फल्स)को नामले प्रख्यात रहेछ। पूरै क्यानडामा पर्ने त्यो झरनाको धेरै अंश प्रोस्पेक्ट प्वाइन्टबाट हेर्न सकिएपनि सम्पूर्ण दृश्य हेर्न चाहिँ उतैबाट मात्रै पाइन्छ। अमेरिकामा पर्ने अर्को सानो झरनाको चौडाइ पनि ३२३ मिटर थियो। ५३ मिटर तल झरेर नदीमा परिणत हुने त्यो अमेरिकी झरनाको एउटा सानो भाग छुटिएर दुलही घुम्टी (ब्राइडल भेल) बन्न पुगेको रहेछ।
प्रोस्पेक्ट प्वाइन्टबाट हेर्दा पनि नियागराको विशालताले हाम्रो मनलाई झयाप्पै छोपेको थियो। आँखाले हेरौँ कि दूरबीन प्रयोग गरौं, क्यामेराले तस्बिर खिच्दै जाउँ कि यत्तिकै त्यो दृश्यसँग बिलाउँदै जाउँय्बडो अलमलमा परिँदो रहेछ। दिन राम्रो थियो। घाम पनि छिप्पिन थाल्यो। ऐरावत हात्तीको सूँडले पानी ताने झढैँ इन्द्रधनुहरू पानीमा चोपलिन थाले। एउटा इन्द्रधनुको अर्धावृत्त आकाशभरि फैलियो। त्यसमा वैजनीदेखि गुलावीसम्म सातै रङ प्रष्टिए र नायगराको शृङ्गारले पूर्णता पायो। नायगराबारे तीन शताब्दीअघि सन् १६८३ मा लुइस हेन्नेपिन भन्ने एक पादरीले पोखेको प्रथम उद्गार साकार भयोय्य्पानीहरू भयरसँग उर्लंदै उक्लँदै फिँजैफिँजमा निरन्तर गर्जिरहन्छन्...।
झरनालाई फेदबाट टुप्पोतिर हेर्ने अवसर छोप्नतिर लाग्यौँ। त्यहाँ क्यानाडेली र अमेरिकी नायगरा छुट्ट्याउने बोके टापु (गोट आइलैण्ड) भन्ने एउटा रमणीय टापु छ, जसको एक छेउमा झीरले हुक्का प्वाल पार्ढैँ ५३.३५ मिटर गहिरो सुरुङ निर्माण भएको रहेछ। एकै खेपमा २५-३० जनालाई लिएर लिङ्गटले टापुको पातालमा पुर्‍यायो। बाहिर निस्कँदा नदी किनारतिर छिचोलिने रहेछ, जहाँबाट घुम्टी झरनाको फेदीमा पुग्यौँ। धरहराको फेदीबाट टुप्पो हेरेजस्तो माथि थाप्लोबाट विशाल झरना तल उर्लंदो देखिन्थ्यो। छहराको पानी इसाई नवदुलहीको शिरबाट सेतो घुम्टो तल झरेजस्तो देखिन्थ्यो। त्यसको दृश्यावलोकन गर्न पाँच डलर तिर्नुपर्ने रहेछ।
टेरापिन प्वाइन्टभनिने बोके टापुको एक चोसोबाट क्यानाडेली घोडताप्रे झरना पनि राम्रैगरी देखिँदो रहेछ। तैपनि त्यसको अढै विशाल र विहङ्गम दृश्य क्यानाडाबाटै हेर्न सकिन्थ्यो। तर दुई भिन्न देश भएकाले प्रवेशाज्ञाबिना सीमापारि जाने कुरा आएन। यात्राको समय एक हप्ता मात्र पहिले भएको भएपनि झरनाको फेदीसम्म नौका बिहार गर्न मिल्ने रहेछ। सन् १८४६, अर्थात् नेपालमा जङ्धबहादुर राणाको पाला, देखि अविरल चल्दै आएको त्यहाँको नौका बिहार पनि आगन्तुकहरूको एउटा प्रमुख आकर्षण नै रहेछ। कुहिरोकी परी (मेड अफ द मिस्ट) नाम दिइएको डुङ्धामा बसेर वर्षादी ढढ्दा पनि निथ्रुक्क हुने गरी वाछिटाले भिजिने र कुहिरोको आँचलले ढाकिएर हराइने नियागरा झरनाको प्रख्यात नौका बिहारले लाखौँ पर्यटक, राजाय्महाराजा, नेता, अभिनेताको यात्रालाई अविस्मरणीय बनाएको बयान धेरै सुनियो, तर आङ्गनो लागि भने त्यो अवसर गुमिसकेको थियो।
अपरान्हको खानपिनपछि नायगरासँग बिदा भएर फेरि अमेरिकी राजमार्गमा रङ्गतार मार्नु थियो। अरू पर्यटकीय मनोरञ्जनका गच्छेदार हामी नेपाली बन्न सक्ने थिएनौँ। नत्र हेलिकोप्टर र बेलुनमा उडेर सयर गर्न पनि सकिन्थ्यो। मनोरञ्जनकै उन्मादलाई अढै उकास्नेहरू नायगराको वाछिटामा बसेर विवाह गर्ने र ४० डलर तिरेर विधिवत प्रमाणपत्र समेत लिने गर्दा रहेछन्। पादरी, पुरोहित र गिर्जाघरको सेवाका साथै अरू ऐयासी र विलासी सामग्रीका विज्ञापनहरू पनि नायगराको विशेषता भित्रै पर्छन्।
फर्किंदा राजमार्गको रङ्गतार नौलो लागेन। पेट्रोलको भाउ ठाउँ वा राज्य अनुसार प्रतिग्यालन १०-२० सेन्ट फरक हुँदोरहेछ। हामीले मानाय्पाथी, धार्नी र छटाक चलाउन छोडेर बिर्सी सक्यौँ, अमेरिकीहरूले अझै ग्यालन, माइल, पाउण्ड र फर्नहाइट प्रयोग गर्न छोडेका रहेनछन्। अमेरिका विश्व परिवर्तनलाई स्वीकार्न वा आत्मसात् गर्न चाहँदैन भन्ने कुरा यो सानो उदाहरणले पनि छर्लङ्ध पार्दथ्यो। विश्वले अमेरिकालाई हैन अमेरिकाले विश्वलाई बदल्छ भन्ने अहंको अनुभव जताततै भोग्नु पर्दथ्यो अमेरिकामा।
अमेरिकी राजमार्ग र सडक सञ्जालमा चौबीसै घण्टा लाखौँको सङ्ख्यामा मोटर र ट्रक गुडेको गुड्यै देखियो। नायगरा छोडेको चारय्पाँच घण्टापछि साँझ पर्‍यो। अलि उकालो लाग्ने सडकमा अगाडि हेर्दा हजारौँ य्ब्याक लाइट(पछाडिको बत्ती)को प्रकाश बाढी झै बगिरहेको देखिन्थ्यो। सडक, सडकजस्तो नभएर अविरल मोटर बग्ने नदीजस्तो लाग्दथ्यो। यी मोटरमा खपत हुने पेट्रोल सबै सडकमा खन्याउने हो भने शायद अर्को नायगरा झरना सिर्जना हुनेथियो।
ढहो, अमेरिकाले प्रत्येक दिन पेट्रोलको नायगरा झरना खपत गर्दछद्र यो पृथ्वीलाई मौसम परिवर्तनको जोखिमबाट बचाउन ऊर्जा र उद्योगबाट उत्सर्ग हुने प्रदूषण नियन्त्रण र नियमन गर्ने अन्तर्राष्टि्रय सन्धि य्क्योटो प्रोटोकललाई अमेरिकाले अझै लछार्दै आएको छ, सहमति जनाएको छैन। जैविक विविधता महासन्धिलाई पनि अमेरिकाले यसैगरी उपेक्षा गरेको छ। अमेरिका यही संसारमा छ वा सबै संसार अमेरिकामा छ, त्यो हेर्न बाँकी छ। बाँकी नै छ मेरा लागि नायगरालाई क्यानडातर्फबाट हेर्न पनि। कुहिरोकी परी नौका बिहारमा निथु्रुक्क भिज्ने रहर पनि मेटिएको छैन। नायगराको यात्रा मेरा लागि अतृप्त नै रह्यो।
हिमाल ख़बरपत्रिकाबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।