आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)का कविताका कृतिहरूमा प्रश्नोत्तरमाला पनि एउटा अद्वितीय ४८ श्लोकको कविता कृति हो । यसमा महत्वपूर्ण प्रश्नोत्तरहरू समावेश गरिएको छ । यी प्रश्नोत्तरको सरलीहकृत रूप यहाँ मैले प्रश्तुत गर्न गइरहेको छु ।
कविले भन्नुहुन्छ – अपार–संसार –समुद्रमाहाँ डूव्याँ शरण कुन छ मलाई यहाँ ? चाँडो कृपाले अहिले बताऊ, श्रीरामको पाउ छ मुख्य नाउ ।।१।। यो अपार संसारबाट मुक्त हुनको लागि श्री रामचन्द्र भगवान शिवाय अरु कुनै हुन सक्छ र ? उनै रामचन्द्र भगवानको चरण कमलको स्पर्शले नै यस संसारबाट मुक्ति पाउन सकिन्छ भन्ने कविको धारणा हो र यो नै लोकसम्मति पनि हो ।
कुन् हो सदा बन्धनमा प¥याको ? जस्ले छ यो मन शुखमा ध¥याको । मुक्ति भन्ने पदार्थ कुन हो ? बैराग्य भन्नू चिज जान्नु जुन् हो ।।२।। यो श्लोकमा बन्धन भन्नु त मनले धारण गरेको सुख नै हो । मुक्ति भन्ने पदार्थ प्राप्त गर्न त बैराग्यलाई जान्नु हो । वैराग्यलाई जानियो भने मानिसले यो संसारबाट मुक्ती पाउँछ भन्न खोजीएको छ । श्रीमद्भागवतको अध्ययन ग¥यो भने ययातिले आफ्नो बृद्धपासँग जवानी साट्नको लागि यदुसँग जवानी माग गर्दा यदुले जवानी साट्न मानेन् र पितालाई भनेका थिए वैराग्य प्राप्त गर्न पनि विषयसुखको अनुभव हुन आवश्यक हुन्छ ।
ठूलो नरक् कुन् छ भनेर जान्नू ? यही शरीरै छ भनेर मान्नू । कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू ? तृष्णा छुट्या स्वर्ग भनेर जान्नु ।।३।। यहाँ आदिकविले शरीरलाई ठूलो नरकको रूपमा लिनु भएको छ तर स्वर्ग र नर्क भनेको वास्तवमा अनुभुति हो मानव शरीरमा नर्कमात्र नभै श्वर्गको अनुभूति पनि हुन सक्छ । कस्तो स्वभावलाई स्वर्ग ठान्ने भन्दा मानवमा रहेको लोभ, मोह, आदि नहुनु नै स्वर्ग हो भन्न खोजिएको छ ।
कुन् ज्ञान छ ठूलो भनि भनि लीनु पन्र्या, वेदान्तको ज्ञान छ दुःख हन्र्या । कुन् हो सहज मोक्ष गरायिदीन्या । ज्ञान हो अरुको किन नाम लीन्या ।।४।। वेदान्तको ज्ञान ठूलो पनि छ र ज्ञानले दुःख हर्छ र ज्ञानले मोक्ष पनि पार्छ ।
कुन मूल ढोका छ नरक्कि ? नारी, लान्छे नरक् मोह ठुलो फिजारी । कुन धर्महो स्वर्ग पु¥याइ दिन्या तेस्तो अहिंसा छ बुझेर लीन्या ।।५।। श्लोक ५मा, नरकमा लैजाने मूल ढोक भनेको नारी हो र अहिंसाको अवलम्वन् बाट स्वर्ग पुग्न सकिन्छ भनिएको छ ।
सुत्न्या सुखै पूर्बक आद्मि कुन हो ? समाधि लायी रहन्यात जुन् हो । जागा कउन् हो कसरी उ जाग्न्या ? जो सत् असत्को छ विवेक गन्र्या ।।६।। समाधि( ब्रह्मचिन्तन)मा रहन सक्ने मानिस नै सुखमा सुत्न सक्छ र सत् र असत् विवेकपूर्ण रूपले गर्ने मानिसलाई नै जागा मान्नु पर्छ भन्ने आदिकविको धारणा छ ।
कस्लाइ हो शत्रु भनेर जान्नू ? आफ्ना दशै इन्द्रिय शत्रु मान्नू । कस्लाई खूब् मित्र भनेर मान्नू ? जीत्या ति नै इन्द्रिय मित्र जान्नू ।।७।। बास्तवमा भागवत्हरूमा पनि दश इन्द्रिय धेरै बलवान् छन् र यी नै मानिसका ठूला शत्रूहुन् भनिएको छ । यी दश इन्द्रियलाई जित्ने मानिसनै मित्र हो भनिएको छ ।
दरिद्र नाउँ नरमा छ कस्को ? विशाल तृष्णा घरमा छ जस्को । कुन् हो धनी सब् नरले कह्याको ? सन्तोषले जो छ खुसी रह्याको ।८।।विशाल तृष्णा बोक्ने मानिस नै दरिद्र हो र सन्तोषमा रहेको मानिस नै धनी हो भनिएको छ ।
जिउँदै मरेको भनि नाम छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को । अमृत्–सरी कुन् छ भन्या ? निराशा पासा कउन् हुन् ? ममतै छ पासा ।।९।। श्लोक ९मा उद्यम विना रहने मानिस जिउँदै मरेको हो र ममता नै पासा हो जस्ले मानिसलाई बाँधी रहेको हुन्छ भन्न खोजिएको छ ।
को छन् सुरा झै अति मोह गन्र्या ? स्त्री जान्नु तेस्तै गरि चित्त हन्र्या । कस्लाइ विद्वानहरु तुच्छ भन्छन् ? जो कामदेव्को बसमा रहन्छन् ।।१०।। श्लोक १०मा सुराले मानिसलाई अति मोह बनाउँछ र स्त्रीले पुरुषको चित्त हरण गर्दछन् । विद्वानहरूले कामदेवको बसमा पर्ने मानिसलाई तुच्छ ठान्दछन् ।
मृत्यू भनेको भन आज कुन हो ?अप्यश् भन्याको तिमी जान जुन् हो । कुन् हो सबैले गुरु भन्नु पन्र्या ? जो हो हितैको उपदेश गन्र्या ।।११।। मानिसले यप्यश् बोक्दै हिड्यो भने त्यो मानिस मृतक समान हो भन्न खोजिएको छ ।
कुन् शिष्य हो शिष्य भनेर जान्नू ? जुन् गर्छ सेवा उही शिष्य जान्नु । कुन् दीर्घ रोग हो सबलाई हन्र्या ? संसार हो जन्मनु मर्नु पन्र्या ।।१२।। गूरुबाट शिष्यले शिक्षा प्राप्त गर्नको लागि गुरु सेवा गर्नृु पर्दछ । गूरु सेवा गर्दैन भने त्यो शिष्य होइन भनिएको छ । यो नियम गूरुकुल देखि चल्दै आएको भए पनि आज आएर यसको रूप बल्दिएको छ । रूप बदलिए पनि गुरुको सेवा आज पनि सान्दर्भिक छ । एकलव्यको गुरुभक्तिलाई एक उदाहरणको रूपमा लिन सकिन्छ । उनले आफ्नो हातको बूढी औंला गुरु दक्षिणाको रूपमा गुरुलाई दान दिएका थिए । मानिस जन्मे पछि मर्नु पर्छ । यस रोगलाई फेक्न अनित्यको ज्ञान हुनुपर्छ । यो जीवन क्षणभङ्गुर छ । यो संसारमा बारंबार जन्मनु र मर्नु नै दीर्घ रोग हो । यस बाट छुटकारा लिनको लागि ईश्वरीय भजन नै उत्तम उपाय हो । हेरौं श्लोक १३लाई
यो दीर्घरोग फेक्न उपाय कुन् हो ?
अनित्य सब् जान्नु विचार जुन् हो ।
भूषण छ कुन्् सज्जनले कह्याको ?
शीलै छ भूषण बहुतै बन्याको ।।१३।।
दीर्घरोग फ्याक्नको लागि अनित्यलाई जान्ने बिचार नै हामीले लिनु पर्दछ । भूषण के हो त ? भूषण भनेको मानवको सौन्दर्य र शोभा बढाउने बस्तु हो । यी बहुमूल्य हुन सक्छन् । यी बस्तुले आवरणीय सौन्दर्यतालाई बढाउँछन् तर मानवको आवरणीय सौन्दर्यभन्दा ठूलो आभूषणत शील हो । शीलवान, चरित्रवान् आभूषणले सजिएको मान्छे आवरणीय आभूषणले सजिएको भन्दा उच्च हुन्छ, आदरणीय हुन्छ ।
कसलाई खुब् तीर्थ भनेर मान्नू ? जुन शुद्ध मन हो उही तीर्थ जान्नू । विद्वान कउन चिजकन तुच्छ मान्छन् ? कान्ता र सुन् त्याज्य भनेर ठान्छन् ।।।१४।। मन चङ्गा भयो भने काठौतीमा पनि गङ्गा उपस्थित हुन्छिन् । शुद्धताको महत्व÷मूल्याङ्कन जहा पनि उच्च हुन्छ । मन शुद्ध भयो भने कुनै तीर्थस्थलको भ्रमण गर्नु पर्दैन भन्ने धारणा हो । यही श्लोकमा महत्वपूर्ण विद्वानहरूले कुन बस्तु तुच्छ मान्छन् भनिएको छ र उत्तरमा कान्ता र सुनलाई लिएको पाइन्छ । बास्तवमा कान्ता भनेको रूपवती नारी, पत्नी हो जस्लाई हामीले अर्धाङ्गिनी भन्छौ, सिर्जनाको(सृष्टि)को एउटा महत्वपूर्ण भागको रुपमा हेर्दछौ.। र सुन पनि बहमूल्य रत्न हो । यी दुबैलाइृ त्यज्य ठान्नु भनेको देखिन्छ ।
कुन् सुन्न वेस हुन्छ भनेर मान्नू ? वेदान्तका बात् गूरुदेखि सुन्नू । कुन ब्रह्म जान्नाकन हेतु मान्नू ? सत्सङ्ग वेदान्त विचार जान्नू ।।१५।। मानव जीवनमा धेरै कुराहरू श्रवणमा आउँछन् । तिनमा असल कुरा के हो भन्दा वेदान्तका बातहरू सुन्न भनिएको छ । सत्सङ्ग वेदान्त विचार जान्न असल मानिएको छ ।
कुन् सन्त हुन् ? लोक कन तुच्छ मान्न्या , सब छोडि साँचो शिवतत्त्व जान्न्या । ज्वर् कुन छ ? चिन्ता ज्वर–तुल्य मान्या । कुन मूर्ख हो ? कत्ति विवेक् नगन्र्या ।।१६।। लोकलाई तुच्छ मान्दै शिवतत्त्व जान्नेवाला नै सन्त हो । किन कि मानव जीवन नाशवान छ । यो नाशवान जीवनबाट मुक्ति पाउनलाई शिव तत्त्व नै सफल मार्ग छ । चिन्ता ज्वरो समान हुन्छ र विवेक नभएको मानिस नै मूर्ख हो भपनएको छ ।
कुन् काम हो मन् दिइ गर्नु पन्र्या ? श्री विष्णुको भक्ति छ दुख हन्र्या । कुन् आद्मि हो यस् नरमा जियाको ? निर्दोषि भै मन् हरिमा दियाको ।।१७।। हरिमा भक्ति दिने काम नै ठूलो हो र भगवान हरिमा तनमन दिने व्यक्ति नै यस संसारमा जियको सार्थक हो भन्न खोजिएको हो ।
विद्या र वोध् कुन चिजलाई भन्छन् ? जुन पाउँदा मुख्य भयी रहन्छन् । कुन मुख्य लाभ हो ? भन आज तेही । आत्मासरीको अरु छैन केही ।१८।। मानवले जसलाई प्राप्त गर्दा जीवनमा मुख्य भई रहन्छन् त्यही नै विद्या र बोध हुन् । आत्मा नै मुख्य लाभ हो भनिएको छ आत्माको परमात्मासँग घनिष्ट सम्बन्ध हुन्छ ।
सारा जगत् जित्छ अवश्य कसले ? अभ्यास् गरी मन्कन जित्छ जस्ले । कस्ता बली वीर्कन वीर् कहन्छन् ? कन्दर्प जस्का बशमा रहन्छन् ।।१९।। मनलाई जित्ने मानिसले सारा जगत जित्छ भने कन्दर्प जसका बसमा रहन्छ त्यस्ता ती नै वीर कहलाउँछन् भनिएको छ ।
कुन् हुन् बडा धीर् सब धर्म जान्या । स्त्रीका कटाक्षैकन तुक्ष्छ मान्या ।। कुन् हुन् ठुला विष्? विषयै कहिन्छन् ती कालकुटादि बरू सहिन्छन् ।।२०।। स्त्रीका कटाक्षलाई तुच्छ मान्ने व्यक्ति नै सबै धर्म जान्या हुन्छन् । विषयै कालकुट भन्दा पनि ठुलो विष हो भन्न खोजिएको छ ।
कुन् दुःखि हो यस् बिषलाई लीन्या ? संसारमा खुप्सित चित्त दीन्या । कुन् धन्य हो ? जुन् छ परोपकारी । कुन पूज्य हो ? तत्त्व लिन्या विचारी ।।२१।। विषयलाई लिने व्यक्ति दुखी हो । परोपकारी मानिस धन्य हो र तत्त्व लिने मानिस पूज्य हो । विषयरूपी चिन्तामा जब मानिस रुमलिन्छ त्यसले सुखको संसार त्यागि सकेको हुन्छ । परोपकारमा लाग्ने मानिस धन्य हुन्छ किनकि त्यसले पुण्यको बाटो समाति सकेको हुन्छ ।
कौनै बखत्मा पनि क्या नगर्नु ? पाप्मा अगाडी कहिल्यै नसर्नू । विद्वान पुरुषले कति काम गर्नू ? स्वधर्म थामीकन शास्त्र पढ्नू ।।२२।। पाप्मा अगाडी बढ्ने काम कहिल्यै गर्न हुँदैन र विद्वान पुरुषले स्वधर्म थामेर शास्त्रको अध्ययन गर्नु पर्छ ।
साङ्ला कउन् हुन् सबलाई बाध्न्या ? स्त्री हुन् सदा पाउ समाइ–राख्न्या । सब् ब्रत्हरूमा ब्रत मुख्य कुन हो ? सब्देखि सानो म छु भन्नु जुन् हो ।।२३।। सबलाई बाध्ने स्त्री हुन् । सबै भन्दा सानो म हूँ भन्ने ठान्नु नै मुख्य ब्रत हो । मानिसमा अहम्ताले भरिएको हुन्छ ।।
क्या जानिइदैन भनेर बक्नू ? स्त्रीको चरित्रै छ नजानिसक्नु । क्या हो सबैले त नछोडी सक्न्या ? यै हो दुराशा अरु कीन बक्न्या ।।२४।। स्त्रीको चरित्रै नजानिसक्नु हुन्छ र दुराशालाई कसैले पनि छोड्न सक्दैनन् । बास्तवमा अरू लेखहरूमा हामीले स्त्रीको चरित्र र पुरुषको भाग्यलाई स्वयम् भगवानले पनि जान्दैनन् भने मानिसले के कुरा भनिअध्ययन गर्न पाइन्छ ।
कुन् हो पशूतुल्य भनी कह्याको ? विद्या नभै मूर्ख पडी रह्याको ? सज्ज्न्हरू कस्सित सङ् नगर्नू ? खल्–पापि–निच्का नगिचै नपर्नू ।।२५।। साहित्य सङ्गीत कलाबाट विहिन व्यक्ति पशुसमान हुन्छ भन्ने अभिव्यक्ति हामीले अन्यलेखकका धारणा पनि पढ्न पाएका हुन्छौं । खलु पापीसँग कसैले पनि सङ्गत गर्न हुँदैन सङ्गत गुनाको फल भने जस्तै सङ्गतबाटै मानिसले सुमार्ग र कुमार्गको बाटो अबलम्वन् गर्छन ।
कस्ता पुरुष मुक्त भएर तर्छन् ? सत्सङ्ग –भक्तीहरु जो त गर्छन् । छोटो कउन् हो ? नलजाइ माग्न्या ,कुन हो बडो ? जो धनमा नलाग्न्या ।।२६।। सत्सङ्ग र भक्तिले मानिसले मुक्तिको मार्ग अवलम्वन गरेको हुन्छ ।
जन्मो कउन् ? जन्मनु, फेर नपन्र्या ।। मन्र्या कउन् हो ? मरि फेर नमन्र्या । कस्लाई लाटो छ भनेर भन्छन् ? जो ता बखतमा पनि चुप रहन्छन् ।।२७।। मानिसले जन्म लिए पछि जन्म मरणबाट मुक्ति प्राप्त गनेृ मार्गको अवलम्वन गर्नु पर्छ । मृत्यु अपरिहार्य छ । मानिस मर्दा समाजले स्मरण गर्नेगरी भएको मृत्यु सार्थक हुन्छ । बेला बखत्मा जो मानिसले आफ्नो कर्तव्यलाई अवलम्वन गर्दैन र देखेको कुरा बोल्न सक्दैन भने जति चतुर भए पनि त्यो व्याक्ति लाटो नै कहिन्छ हो ।
बैह्रो कउन् हो ? हितबात नसुन्या । कुन हो अविध्या मित नारी मान्य ? कुन्. तत्त्व साँचो छ भनेर खोज्नू ? साँचो शिवै छन् शिवलाइ रोज्नू ।।२८।। हितबात नसुन्ने व्यक्ति नै बैह्रो हो । शिव तत्त्व नै साँचे हो भनिएको छ ।
उत्तम भन्याको भन आज कुन हो ? सज्जनहरूको सुचरित्र जुन् हो । कुने कर्मले शोक्हरू दूर हुन्छन् ? श्री विष्णुका पूजनले ती टछर्न् ।२९।। सज्जनहरूको सुचरित्र भन्नु नै उत्तम ठानिन्छ । शोकलाई दूर गर्नलाई विष्णुको पूजा गर्नु पर्दछ भनिएको छ ।
कुन शत्रु हुन् खुब् बलवान भयाका ? कामादि हुन् सब नरले कह्याका । कुन् हो कसै पूर्ण गरी नसक्नू । कामै छ त्यस्तो अरु कीन बक्नू ।३०।। कामादि बलवान शत्रू हुन् र काम गरेर कहिल्यै सकिदैन ।यो लगातार भै रहने कृया हो ।
कुन्.दुःखको मूल भनेर जान्नू ? मेरो म हुम् भन्नु छ तेही मान्नू । कुन् हो जगत्को गहना बन्याको ? विद्यै छ सब्को गहना बनेको ।।३१।। दुःखको मूल भनेको म भन्ने शब्द नै हो । म भनेको अहम्ता हो । यसैबाट मानवले दुःख भोग्द् छ र विद्या नै मानिसको ठूलो गहना हो । विद्यारूपी गहनाले सजिएको व्यक्ति नै आदरणीय हुन्छ ।
कुन् सत्य हो सत्य कसरी जान्नू ? जुन् प्राणीको हित् छ उ सत्य मान्नू । कुन छाडीदीन्या सुखि हुन्छ भन्छन् ? स्त्री छाड्न सक्न्या सुखिमा गनिन्छन् ।।३२।। प्राणीको हितमा बोलीने कुरा नै सत्य हो । सत्य बोल्नु पर्छ, प्रिय बोल्नु पर्छ भन्ने धारणाहरू हामीमा हुनु पर्दछ ।
ठूलो छ दान् कुन् गरि ताप हन्र्या ? सब् प्राणिको निर्भय जो त गन्र्या ? कुन् हो बुझ्यौ निश्चय नाश हून्या ? त्यो भक्तको मन् छ भनेर जान्या ।।३३।। ताप हर्ने ठूलो दान भनेको मानवलाई भय मुक्त गराउने कर्म नै ठूलो दान हो । सिर्जना भएका सजीव नै नासवान हुन्छन् । यस्ता चीजमा भक्तले जान्दछन् र मुक्तिको लागि कामना गर्दछन् भनिएको छ ।
कस्तो भयामा भय छुट्टि हुन्छन् ? मुक्र्तै भयामात्र ति पाप टर्छन् । वाणतुल्य कुन् हो अति दुःख दीन्या ? जुन् मुर्खता हो उहि जानि लीन्या ।।३४।। डर÷त्रासबाट छुट्टि पाउनको लागि मुक्त हुनु पर्दछ । मुर्खताले नै मानवलाई वाण सरह दुःख दिन्छ ।
कस्का सधैं दास् भइ पाउ पर्नू ? बूढा गुरूमा लगि चित्त धर्नू । प्राणन्तका समयमा कति कर्म गर्नू ? सम्पूर्ण छोडि रघुनाथ्–तिर चित्त धर्नू ।।३५।। सधै दास भै पाउ पर्ने भन्दै आदि कविले भन्नु हुन्छ कि बूढा गुरुमा चित्त धर्नु ।
कुन् चोर हो इ जनको भनि चोर जान्नू ? जुन् वासना त छ असत् उही चोर मान्नू । शोभायमान भयि बस्छ सभाविषे को ? सब्को प्रसन्न मन गर्दछ शास्त्रले जो ।।३६।। वासना नै मानवको चोर हो । यस वासनारूपी चोरको पछि मानिस लाग्यो भने उसले सधै दुःख पाउँ छ । सबैलाई प्रशन्न बनाउने मानिस नै सभामा बस्न शोभा दिन्छ ।
मातासरी सुख दिन्या कुन् चीज छ जान्नू ? विद्यैछ त्यस्तो अरु कौन खोज्नू । कुन् हो जती –जति दियो उ,ित बढ्न जान्या ? विद्यै रहेछ बुझि निश्चय तेही मान्या ।।३७।। विद्याले आमा सरि सुख दिन्छ र जति जति खर्च ग¥यो त्यति त्यति ज्ञानमा बृद्धि हुन्छ । विद्यालाइ बास्तवमा नचोरले चोर्न सक्छ, न अंशबण्डा गर्नु पर्छ , जतिखर्च ग¥यो त्यति ज्ञानको भण्डार थपिदै जान्छ ।
कुन् काम हो अति डराएर दूर सार्नू ? लोकापवाद छ घटिया कहिल्यै नधर्नू । कुन् कर्म गर्छन् भन्या उही बन्धु मान्नू ? आफ्नो सहाय यदि गदर्छ भने उही बन्धु जान्नू ।।३८।। लोकापवादबाट मानिस बच्नु पर्छ । आफ्नो सहायता गर्ने मानिस नै बन्धु हो भनि ठान्नु पर्दछ भनिएको छ ।
कस्ता मनुष्यकन पित्त्रि भतनेर जान्नु ? जस्ले पालन ग¥यो उहि पित्त्रि मान्नू । कुन् चीज जानिकन चीज् रहदैन जान्नू ? यो चीज् त नित्य परमेश्वरलाइ मान्नू ।।३९।। जसबाट पालन पोषण गरिन्छ माया पिरती दिन्छ त्यही नै पित्त्रि भनेर मान्नु पर्दछ भन्ने धारणा पोखिएको छ ।
कुन् चीह्निया सकल चिजहरु चिह्निइन्छन् ? ईश्वर चिह्नया सकल वाँहि चिह्नी सकिन्छन् । कुन् चीज् रहेछ अति दुर्लभ खोजि जान्नू ? सत्सङ्ग हो अधिक दुर्लभ तेहि मान्नू ।।४०।। विश्वका सबै चिज चिह्नकोलागि ईश्वरलाई चिह्नु पर्छ र अति दुर्लभ भनेको सत्सङ्ग हो भनेर जान्नु पर्छ भनिएको छ ।।
कुन् त्याग् कहिन्छ ? शिवको सबतत्त्व जान्नु, कुन जीत्न सक्नु छ कठिन् ? उ त काम मान्नू । कुन हो पशुसरि भनी नरले कह्याको ? आत्मा नजानिकन मूर्ख पडी–रह्याको ।।४१।। शिवको सबतत्त्व जान्नको लागि गरिने त्याग नै त्याग कहिन्छ र काम वासना नै जित्न कठिन मानिएको छ ।
अमृत्सरी अघि भई पछि बीष बन्या, कुन हो ? स्त्रि हुन् किन अरू चिजलाइ भन्न्या । कुन् शत्त्रु हुन् अघि त मित्र सरी रह्याका ? पुत्रादि हुन् सकल सज्जनले कह्याका ।।४२।। बास्तवमा यहाँ स्त्रीलाई पहिला अमृतको रूपमा लिइएको छ र पछि गएर वीष गएर यिनै इस्त्री विषमा परिणत हुने कुरा देखाइएको छ । बृद्धको लागि तरुणी वीष हुन्छे भन्ने कुराहरू अन्यत्र पनि अध्ययन गर्न पाइन्छ । यसरी नै पत्रादिहरूलाई पनि लालनपालन गरिन्छ ठूलो बनाइन्छ तर पछि यिनै शत्रूको रूपमा पनि परिणत भएर घरघरमा झगडा भएको हामीले देख्न पाउँछौं ।
कुन् चीज छ चञ्चल यहाँ क्षण एक् घरीको ?आयुष्य यौवन बुझ्या बिजुली सरीको । कुन दान ठहर्छ अति मुख्य यहाँ ग¥याको ? जुन् दान् छ पात्रहरुका मुखमा प¥याको ।।४३।। आयुष्य यौवन विजुलीसरि चञ्चल हुन्छ ।गरिएको दान पात्रहरूले प्रयोग गरुन् भन्ने छ ।
प्राण जान खोज्दछ भन्या पनि कुन् नगर्नू ? संसार अनित्य बुझि पाप् कहिल्यै नगर्नू । कुन् हो अघि सरिसरीकन गर्नु पन्या ? पूजा सदाशिवजिको सब पाप हन्र्या।।४४।। संसार अनित्य छ र पापा कहिल्यै गर्न हुन्न भनिएको छ ।
कुन् कर्म मुख्य भनि सद् गुरुले कहन्छन् ? जुन् कर्मले त परमेश्वर खुश् रहन्छन् । कुन् स्थानमा बसुँ भनीकन दील् नदीनु ? संसारमा भनि अबश्य चिह्नेर लीनू ।।४५।।
भगवानलाई खुसी पार्ने कर्म गर्नु पर्दछ र संसारमा बसुँ भनेर दिल दिन हुँदैन, ४६श्लोकमा प्रष्ट पारिएको छ कि संसार अनित्य छ र यो अनित्य संसारमा तत्त्वमा विचार गर्नु पर्दछ । ईश्वररूपी तत्त्वले नै सबको पाप हर्दछ । ईश्वरीय तत्त्वज्ञान प्राप्त गर्नको लागि, जान्नको लागि सबैको चित्त यसैमा केन्द्रित हुनु पर्दछ ।
रात्दिन् निरन्तर कतातिर चित्त धर्नु ? संसार अनित्त्य बुझि तत्त्व –बिचार गर्नु । तत्त्वै –बिचार छ सबको सब पाप हन्र्या, ज्ञान् जान्नलाइ सबले यहि चित्त धन्र्या ।।४६।।
प्रश्नोत्तरै छ बढिया गुरुले भन्याको, सत् कर्म जान्नकन अर्तिसरी बन्याको । यस्को निरन्तर बिचार जतिले त गर्छन्, संसार समुद्र सहजै त तिनै त तर्छन् ।।४७।।
प्रश्नोत्तरै हो मणिरत्नमाला,
यसलाई पैह्रेर जहाँ त जाला ।
तेस्का यसैले सब पाप टार्ला,
फेर् अन्त्यमा मुक्त गराइ छाड्ला ।।४८।।
अन्त्यमा प्रश्नोत्तरमाला ले संसार कष्टमय छ । यो संसारबाट मुक्त हुनको लागि ईश्वरको भक्तिमा लाग्नु पर्दछ, भनिएको छ । यसमा धेरै कुराहरू मानवजीवन सफल पार्नको लागि आवश्यक ज्ञानको ज्योति छरिएको छ । यी प्रकाशलाई आत्मसाथ गर्न सक्नु हाम्रो क्षमताको कुरा हो । यो प्रश्नोत्तरमालालाई बुझ्नलाई हाम्रा धार्मिक ग्रन्थ तथा हिन्दु दर्शनको अध्ययन हुन अति आवश्यक छ भन्दै विदा चाहान्छु ।
धन्यवाद,
कावासोती न.पा वार्ड नं ७ , शान्तिचोक, नवलपरासी,