19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जगदीशको सम्झनामा

कविता उद्धव अविचल July 18, 2014, 6:24 am

भन्यो र कस्ले म मरेँ भनी बिर्सेर मन्थली

छोडेर गुँड सक्दैन जान यो प्रिय गौँथली ।

‘यो जगदीश, अमर नाम’ सबैको नारा यो

असहाय माथि उद्धार ग¥यो भन्दैछ सारा यो ।

तासेस संस्था सन्तान मेरो मर्दैन अब त

पानीको धारा बगेको सरी जिल्लामा रगत ।

मदन मुना नेपाल मेरै कति भो विकास

समस्या माथि तत्कालै मैले निकालेँ निकास ।

नभन्नु मेरो शरीर व्यर्थ गयो नि छोडेर

कमल फूल हुर्काएँ मैले दिनहूँ गोडेर ।

लेखियो यतै सामुन्ने बसी कथा र कविता

यो जिल्ला माथि बगाएँ सधैँ आसाको सरिता ।

शिक्षा र स्वास्थ्य बाटो र पानी सबैको सिरानी

मन्थली भित्रै थालियो जाँच्न रोगी र बिरामी ।

म आफैँ बोलेँ आजको दिन सम्झेर अतित

श्रद्धाको फूल म माथि किन माया नै कति छ ?

लासको साथ, लर्को छ, व्यर्थ नहिँड मलामी

राख्नु है यति, विकास सबै, यो नै हो सलामी ।

अन्तिम पल्ट जिल्लाको लागि कोसेली पठाएँ

ल यति बोलेँ निद्राकै बीच ल फेरि निदाएँ ।

सुनारपानी, रामेछाप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।