19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जय प्रकाश विवश July 23, 2014, 6:58 pm

सम्झिएर रोए पनि भूल जस्तो भाको छैन

तिम्रा याद जिन्दगीमा फूल जस्तो लाको छैन।।

बिताउँदा सँगै पल के के सोच्यौ कुन्नी

जिन्दगीका यात्रा अझै सहज भाको छैन।।

प्राण भन्यौ, जीवन भन्यौ सँगै बाँच्ने बाचासँगै

हुन्न रैछ सोचे जस्तो, बहार आको छैन।।

पिरतीका कुराहरु कस्ताकस्ता बन्छन यहाँ

तिमी सगैँ आउनु पर्ने मूल आको छैन।।

घरबार मात्र होईन सानु जिन्दगीको सार

आशावादी बन्छ विवश ढिलो भाको छैन।।

आँखिभुई ८ संखुवा सभा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।