18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत उज्ज्वल जी.सी. July 24, 2014, 3:07 am

शान्तिको छहारीमा बॉंच्न पाइयोस्

गुरॉंसझै‘ं फक्रिएर हॉंस्न पाइयोस् ।

आतङ्क र हि‘ंसालाई जरैदेखि ढालेर

च्यातिएका मनहरु विश्वासले टालेर

आपसमा सद्भाव गॉंस्न पाइयोस्

गुरॉंसझै‘ं फक्रिएर हॉंस्न पाइयोस् ।

ऑंसुका ती भेलहरु चारैतिर रोकेर

घाइते यो मातृभूमि पौरखले बोकेर

विश्वभर गौरवले नाच्न पाइयोस्

गुरॉंसझै‘ं फक्रिएर हॉंस्न पाइयोस् ।

हिजोका ती वैमनष्य आज सबै भुलेर

एकताको शंख फुक्दै गाउ‘ंवेसी डुलेर

छातीभित्र राष्ट्रप्रेम सॉंच्न पाइयोस्

गुरॉंसझै‘ं फक्रिएर हॉंस्न पाइयोस् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।