यो प्रेमले भरिएको कृति मैले नइ प्रकाशनको वितरणको लागि राखिएको कक्षबाट प्राप्त गरेको थिएँ । त्यहाँबाट प्राप्त धेरै कितापहरूमा यो कृतिलाई आज पढ्ने अवसर प्राप्त भयो र पढ्न थाले र केही कुराहरू पनि लेख्न थालें । प्रेमराजेश्वरी थापाको जन्म संवत् १९७२ फागुन १७ गते सोमबारको दिन काठमाण्डौको हात्तीसारमा भएको थियो । उहाँको पिताको नाम कमाण्डिङ कर्नेल डम्बरशमशेर थापा र माताको नाम भीमकुमारी थापा थियो । प्रेमराजेश्वरीको कवियत्री जीवनको थालनी सम्वत १९९७ को शारदा पत्रिकको चैत्र महिनामा प्रकाशित कविता ‘किन ’ बाट भएको देखिन्छ । ‘अनुभूति’ (२०३१) उनको पहिलो कविता सङ्ग्रहो र ‘तिम्रो याद बर्षा’ उनको दोस्रो कवितासङ्ग्रह हो । यस कृतिमा ‘प्रेमराजेश्वरीको सङ्क्षिप्त परिचय’ शीर्षकमा नरेन्द्रराज प्रसाईले उनको साहित्यिक जीवन, व्यक्तिगत जीवन, समाजिक, पारिवारिक जीवनको परिचय दिदैं लेख्नुहुन्छ –‘प्रेमराजेश्वरी थापाले प्रेमका परिभाषामा कविता लेखिन्, प्रेमी प्रतिका समर्पणमा कविता लेखिन् र प्रेममय जीवनलाई नै कवितामा स्थापित गरिन्’ । ......... प्रेमराजेश्वरी थापाले भने प्रेम विषयकै काव्ययात्रामा सकृयता पूर्वक लागेर नारीको सर्बाङ्गीण प्रतिनिधित्व गरेकी थिइन् । नरेन्द्रराज प्रसाईको लेखनी बाट यो प्रष्टिन्छ कि उनी एक सम्भ्रान्त परिवारकी छोरी र बुहारी, तनकी, मनकी र धनकी पनि सुन्दरी, भए पनि कलकलाउँदो उमेर ढल्के पछि विवाह हुनु, विवाह पछि पनि जीवन साथी योगेन्द्र प्रताप शाही सुभाष चन्द्रवोसका दलको कार्यकर्ता भएको कारणले गर्दा उनको सारा समय राजनीतिमा व्यस्त भएर राजेश्वरीले पतिबाट पनि समय पाउन कठीन र निसन्तान अवस्थामा रहनु परेको आदि विविध कारणले गर्दा उनको जीवनको उत्तरार्ध समय कष्टकर रहेको र डिप्रेशनमा भासिदै गएर २०५८ साल असार ३१ गतेका दिन स्वर्गेवास भएको पाउँछौं ।
कृतिको संरचना
यो कृति आवरण सहित १७५ पृष्ठको छ । आवरणको अघिल्लो पृष्ठमा प्रेमराजेश्वरी थापाको तस्विर राखिएको छ भने आवरणको पछिल्लो पृष्ठमा प्रेमराजेश्वरीका भतिजा अमृतशमशेर थापाको मन्तव्य सहितको तस्विरले सजाइएको छ । यो कृतिको प्रकाशन नइ प्रकाशनले गरे पनि अर्थिक सौजन्य भने अमृतशमशेर थापले गरको प्रकाशकीयमा उल्लेख गरिएको छ । मूल्य १०० रुपियाँ राखिएको छ । यसमा जम्मा ७८ओटा कविताहरू समावेश गरिएका छन् ।
कृति र कृतिकारप्रति साहित्यकारहरूको धारणा
प्रकाशकीयमा लेखिएको छ–‘नेपाली साहित्याकाशमा प्रेमराजेश्वरी थापा भन्नु तात्कालिक एक प्रतिनिधि कवियित्री हुन् । त्यसघडी उनी नेपाली साहित्यको प्राङ्गाणमा सर्बत्र चर्चित कवियित्री थिइन् ।’ अमृतशमशेर थापले पनि यस कृतिको बारेमा आफ्नो धारणा यसप्रकार प्रकट गरेका छन् –‘ यी कविताहरूमा मनको भित्री तहलाई छुने काव्यिक मर्म छताछुल्ल भएकाले यो प्रेमपूर्ण वेदनाको ग्रन्थ भएको छ भन्ने मलाई लाग्छ ।’
‘प्रेमराजेश्वरीको सङ्क्षिप्त परिचय’ शीर्षकमा नरेन्द्रराज प्रसाइले लेख्नुहुन्छ–‘नेपाली कवितामा ‘छायावाद’की प्रतिनिधि कवियत्रीका रूपमा उनी जुनी जुनी बाच्ने नारीस्रष्टा बनिन् ।’
‘पे्रमराजेश्वरीका प्रेममय कविता’शीर्षकमा हृदयचन्द्रसिंह प्रधान लेख्नुहुन्छ– ‘ भिक्षुको साथ यिनले पनि छायावादको प्रेमप्रवाह ल्याइन् तर प्रेमतत्वको गहिराइमा कुमारी कवियत्री भिक्षुभन्दा पनि दुई गुणा अगाडी पुगेकी छन् ’। पुन प्रधानजीले लेख्नु हुन्छ– उनी प्रेम काव्य कै कवियत्री हुन्, उनको व्यथा के्वल प्रेमँिसत एकाङ्गी छ ।
‘प्रेमराजेश्वरीको साहित्यिक मुक्ताहार’ शीर्षकमा श्यामदास वैष्णव लेख्नुहुन्छ – ‘पीडा, वेदना र अवरोधप्रधान, उच्छवास हुनाले पाइएको कृतिलाई आँसुका मोतीहार भन्नु उपयुक्त देखिन आउँछ । ....... मूलत, उत्सुकता, अभिलाषा, पीर, विरहवेदना, कुण्ठ र सान्त्वनाका भावहरू यसमा उद्भाषित भएका पाइन्छन् ।’
माथी लेखिका वरिष्ठ साहित्यकार तथा समालोचकहरूका धारणाबाट प्रेमराजेश्वरीको साहित्यिक जीवन सफल देखिन्छ । अव कृति भित्र प्रवेश गरौं र यसमा भएका अभिव्यक्तिहरूलाई केलाउने प्रयास गरौं ।
गीत र कविताको सङ्क्षेप्तीकरण
यस कृतिमा गीत र कविता गरेर ७८ओटा सङ्ग्रहित भएको पाइन्छ । पहिलो कविताको शीर्षक छ ‘आराधना’ र चार पङ्क्तिले प्रारम्भ गरेको कवितासङ्ग्रहका यी पङिक्तहरूलाई हेरौं–
दिनमा पनि बन्द गरी दृष्टि
हेर्दछु प्रियतमको श्रृङ्गार ।
खोल्दिन पलकपल्लव किन भने
हट्छन् कि ? भनि प्राणाधार
कवितामा कवियत्रीले आफ्ना प्राणाधार प्रियतमका श्रृङ्गारलाई आफ्ना नयनबाट नहटाउनको लागि दिनमा पनि पलकपल्लव न खोली हेरिरहन्छिन् र अन्तरहृदयमा सजाएर राख्दछिन् । यो नै प्रियतमप्रतिको आराधनाठान्छिन् ।
दोस्रो कविता ‘कलितकामना’मा कवियत्रीले प्रभो बनाऊ मनमोहन मधुर मुरलीको मञ्जुल गानबाट संकट हटाउने, बज्रबालाको मधुर अधरको मृदृलाली निर्माण गरेर पागल बनिरहेको वनमाली रसले बचाउने र बनुँ म तिम्रो बक्षःस्थलको सौरभयुक्त सुमनमाला, जसको कोमल आलिङ्गनको लागि मतवाला भएर बसिरहेका छौं । हे प्रभू तिम्रो दर्शनमा राधाका नयनचकोर व्याकुल हुन्छन् त्यसरी म श्यामकी आभा बन्न सकु भन्ने धारणा छ ।
तेस्रो कविता ‘नक्षत्र’मा कवियत्रीले प्रकृतिमन्दिरको दीपक दिव्य, निशाका अनुपम उपहार, विश्वका मनमोहक श्रृङ्गार, कल्पना विहगावलिको मञ्जु, परम सुखमय विश्राम स्थल, एकान्त प्रियको निम्ति कोही महान मित्र छैन र निशालाई नभमा रहेर ज्योतिर्मय गर्छौ त्यसरी नै मेरो तमोमय मानसमध्ये आशाका नक्षत्र तिमी चम्किदेऊ र जसरी पुष्पको यौवनलाई भमराको प्यारले ढाक्छ, त्यसरी स्वर्गिय संसारलाई दर्शाउँदै जसरी सदा स्थायी रूपमा पुष्पको यौवनसँग अलिको प्यार हुन्छ त्यही रूपमा मलाई डाक भनिएको छ ।
चौथो कविता ‘निर्झर वा पहाडी खोलासित’मा निर्झरलाई कवयत्रीले अज्ञात स्थानबाट सुखदुखका गीत गाउँदै, कुनै दुखिको कोमल आँसु कसैको हृदयको मधुर सन्ताप अन्तःस्थलमा लुकाएर कहाँको गन्तव्य हो, कसले आकर्षणाको धागा हाले र आँसुको माला पहिनेर, कुन वीणाको तारदेखि निस्क्यो पीडाको राग, कसको पछि पछि दौडेर, हृदयपद्मको पराग पोख्छौ, पर्ख र मेरो पनि अश्रुकण लिएर जाउ र पुण्य चरणमा शान्तिसाथ मिलाइदेऊ भन्ने आग्रह गरिएको छ ।
पाँचौ कविता ‘धूलि’मा हाडछालाले बाँधिएको यो शरिर, माटोको विशाल प्रासाद, हृदय हृदयको लगन लालासा जीवनाको विषाद उन्माद, भन्दै एक कण माटोसँग सबैको इतिहास अङ्कित छ सबैको इतिहास र सबलाई मिलाउन सक्ने क्षमता छ भनिएको छ ।
छैटौं कविता ‘अभिसार’मा जीवनरूपी सिन्धुको लहरहरूको चपेटालाई सहेर युगयुगसम्म प्रतीक्षारत हुन कठीन भयो अव भने मिलनको सुभ घडी आयो सुनिदेऊ अभय पुकार भनिएको छ ।
सातौं कवितामा ‘प्रणयान्वेषण’मा प्रेमको अनुसन्धान गरिएको छ र भनिएको छ – प्रकृति पद्मिनीलाई प्रतिदिन सजिंदै, प्रणयको पदरजलाई लिदै, कुन अलसित अधरको सस्मित, भ्रमरहरूको गुञ्जन, सविश्वविपञ्चीको कूजन, कोयलीले कुन प्रियको सन्देश बोक्दै, पूmलहरूको सुगन्धको धरोहर लिदै, ब्रह्मा, विष्णु र महेशले कसको गतिलाई हेर्दै छन् भन्दै प्रकृति र प्राकृतिक बर्णनलाई सजाउँदै प्रेमिकाले प्रेृमीलाई कुन हो तिम्रो देश भन्दै प्रश्न गरिहेकी छन् ।
आठौं कविता ‘विकास’मा विकासको निकास कसरी रोकिन्छ भन्न खोजीएको छ , भनिएको छ कि, पर्वतमा ठक्कर खानाले वायुको वेग, बाटोमा अवरोध खडा भए खोला, चद्र सूर्यको वेग रथ पछारिनाले, शिशुता यौवन पथमा आएर यौवनता किन रोकिन्न भनि प्रश्न खडा गरिएको छ ।
नवौं कविता ‘सार्थकता’मा प्रभूको अवलोकन गर्दा गर्दा नयन ज्योतिविहीन, प्रियतमको गुण सुन्दा श्रवणशक्ति विलीन, नाम रट्दा कण्ठ रुद्ध हओस् आँसुधाराले शरीर शीतल बनाओस्, साञ्जली गर्दा हात शिथिल, पद गतिविहीन, प्रियतममा होस् प्राण विलिन, देह रुखमा परिणत भएर प्रियतम्लाई छाया दिन सकोस् र फलपूmल प्रदान गर्दै, जाडोको रातमा प्रियतमलाई आराम दिनको लागि बलोस मेरो सुख्खा गात र प्रियतमको लागि यो जीवन सार्थक बन्न सकोस् भन्ने धारणा राखिएको छ ।
दशौं कविता ‘वृक्ष’मा वृक्षलाई प्रतिक मानी भनिएको छ कि शठहरूले गरेका प्रहारलाई तिमीले सहेर क्षण क्षण सेवामा प्रतिक्षारत छौ र तिम्रो यो गहन भावलाई केवल अनिलले सम्झन सक्छ, तिमीले सेवामदबिरही दुःखी भएर पतझडलाई उछ्बासको रूपमा छाड्छौ, चिरमधुसङ्गम मुदित तिमी छौ र मलयानिलको श्वास लिन्छौ भनिएको छ ।
एघारौं कविता ‘लघुताको महिमा’मा एकै लयमा प्रकट होउँ भनि त्रिभूवनको गान उठ्छ, अधरयुगलमा मिल्न चाहान्छन् विश्वरूप दन्तमुस्कान, जुहीले नन्दनवन चाहनु, इलाले एक रजकणमा यौवन भर्न चाहानु, लघुताराहरूले नील गगनलाई ढाल्न चाहानु, लघुताको महिमा विस्तर विश्व रिक्त छ यो जीवन, कविको हृदय आँसुमा परिणत हुनु आदि भावले पूर्ण छ यो कविता ।
बाह्रौ कविता कवियत्रीले ‘आँसु ! तिमीलाई के भनु?मा, आँसुलाई करुणाका अवतार भन्ने कि, दुखिको आधार, प्रेम नदीकोृ धार भनूँ कि मधुर मिलन श्रृङ्गार, हृदयवीणाको तार भन्ने कि कविको हृदयोद्गार, मोतकिो हार भन्ने कि आँसुका दुई चार थोपा आँसु तिमीलाई के भनु भन्दै प्रश्नवाची धाराण पोखिएका छन् ।
तेह्रौ कविता ‘विधवापनको शूल’मा मानव जीजनमा शैशव, यौवन र बृद्धपन गरी तीन जगतवनलाइ हरियो पार्दै पूmल फुलेको मैले देखे, यी तीन पूmलमा शैशव अलिक फराकिलो, यौवनमा लाली चढेको अनि बृद्धपनको दृश्य हुनुपर्नेमा यी सबै खाली देखे । उपवन हरिया, भरिला, पल्लव सुरभित पूmल हुँदा हुँदे पनि विधवामा शूल छ तर त्यो कहाँ लुकेको छ भन्ने प्रश्न गरिएको छ ।
चौधौं ‘चमेली’ कवितामा चमेलीलाई चारु, नवेली, वैभवभरी अकेली, मधुर पहेंली, चन्द्रकला झै उज्जल तर विश्वसत्य झै सुचितर सुन्दर देखिएको वर्णन गरेको पाइन्छ ।
पन्ध्रौ ‘आधार’ कवितामा प्राकृतिक बस्तुलाई बिम्ब मानी म पुष्प र तिमी मकरन्द भन्दै निकटतम सम्बन्ध दर्शाउँदै, उनको भिन्नताले उनलाई असाहाय बनाई छाडेकाले प्रेमिकाको संसार शून्य भएको हुँदा कसको आधार लिने भनिएको छ ।
सोह्रौ कविता ‘तृप्ति’मा प्रियलाई नडराए है भन्दै प्रियको प्रेमले गर्दा हृदय शीतल भएको दुर्लभ रत्न पाएको र कुनै कामना बाँकी नरहेकोले शान्ति र निश्चल भएर बस्ने आग्रह गरिएको छ ।
सत्रौ कविता ‘दैव ! ह¥यौ किन ?’मा शुद्ध बालकपन शुद्ध सलिल जीवन दुग्धफेन जस्तो मन, तृष्णा, डरको भार थिएन, स्नेह सखासँगको नन्दनकानन क्रिडास्थलन पावन थियो, त्यो आज लीन गरायौ, अधरहरूको स्वप्नसंसृति, हिमको क्रीडित स्वर्णरश्मि जस्तो स्वार्थ रहित बालकपनलाई किन ह¥यौ भनेर दैवसँग आग्रह गरिएको छ ।
अठारौं कविता ‘शिशु’मा शशीसँग कामलता, तारासित लघुरूप, दामिनीसित अनुपम आभा लिएर गुलावसँग मनमोहकता, कुन्दकलीसँग मधुमय हास, शिरीषसित सुकुमारता, पारिजातसँग लिई उल्लास, पंक्षीहरूसँग लिई कलगान, पीङहरूसँग चञ्चलता, मृगशावकसँग भोलापन, राजहंससँग चाल, शिखीसित नृत्य, इन्द्रधनुषसँग रङ्गलिएर विधिले शिशुमा उमङ्ग भर्दै, तिम्रो मधुर स्वरूप रचना गरिएको र यो नलिई विधतासँग पनि तिमीलाई रच्ने सामान थिएन, कुँदेर तिम्रो मूर्ति बनाएर विधिको व्यपार सफल भएको हुँदा तिम्रो गुनगान अमर रहोस् भन्ने कामना गरिएको छ ।
उन्नाइसौ कविता ‘प्रेमै जीवनको आधार’मा प्रेमै जीवनको आधार, प्रेमबाटै पाइने आनन्द, प्रेम जीवनको सार, सत्य विचार, मतवाला संसार, परिताप हुँदा हुँदै पनि चिर आनन्द प्रेमबाटै पाइने, पे्रम बाटै स्वार्थ जलेर भष्म हुने, नष्ट हुने सारा द्वन्द्व, प्रेममै सुखी हुने सारा संसार त्यसोहुँदा प्रेमले दुःख दिन्छ भन्नु नै अज्ञान हो र त्याग भन्नु नै सच्चा आनन्द हो । प्रेमले यो ज्ञान दिन्छ भन्ने धारणा यहाँ पाइन्छ ।
बीसौं ‘तिम्रो याद हेमन्त’ कवितामा शीतकालमा तुहिन बृष्टिले गर्दा पद्मिनी मलिन हुन्छिन्, वियोगिनी भएर हतप्रभ नै बन्छिन्, धेरै जसो उनले बस्त्रधारण गरेर अगर धूपले गरी उपचार, दीप द्युतिले आलोकित गर्छन् जब शयनगार, नरले जीवनको स्वाद लिन थाल्दछन् त्यस वेला मेरो हृदय शून्य हुन जान्छ र तिम्रो याद आउँछ भनिएको छ ।
एक्काइसौं ‘तिम्रो याद ग्रीष्म’मा प्रौढको परिवर्तनसरि प्राकृतिक परिवर्तन हुन्छ । मन्दमारुतको सट्टा झञ्झाको नर्तन हुन्छ । सुख सामाग्रकिा साथ रसिक युवाहरू शीत प्रधान प्रदेशमा जान्छन् र पंखालिएर तापलाई हरण गरेर मस्त हुन्छन् । त्यति वेला मेरो हृदय शून्य हुन्छ र तिम्रो याद आउँछ भनिएको छ ।
बाईसौं कविता ‘तिम्रो याद वर्षा’ कवितामा वर्षामा मधुर गर्जन धुनले रिमझिम बूँद बर्षाएर पावन मास सुहावनले मन आनन्दित पार्दछ, बटुवाको धैर्य हराउँछ नृत्यनिरत गरी मयूरको हृदय मोदरसले भराउँछ । चपलायुक्त घन कामकेतु झै जब नभमा साह्लाद उड्छन् त्यतिवेला मेरो हृदय शून्य भएर तिम्रो याद आउँछ । यसै कवितामा यो कविता सङ्ग्रहको नामाकरण गरिएको छ ।
तेईसौं कविता ‘तिम्रो यादमा शरद’ यस ऋतुमा नवदुर्गाको पूजा गर्न चराहरूले कुञ्जन भर्दछन् । नरनारीले शारदीय पूजा गर्छन् । सौरभयुक्त मनयानिल बग्दै अनेक थरी पुष्प फुल्छन् । जलमा, थलमा, पृथ्वीभरिमा चन्द्र चाँदनी शोभित हुन्छिन्, मालश्रीका नाद सुनेर पत्थर पनि मृदुकारी हुन्छन्, त्यतिवेला मेरो हृदय शून्य भएर तिम्रो याद आउँछ ।
चौवीसौ कविता ‘भेट’मा कवयत्रीले हृदयमा प्रेमप्रबाल थपेर गाँसेको माला तिम्रो पादपद्ममा हालेर म अत्यन्तै निहाल (प्रशन्न) भएकी छु । सवरीको वयर तथा सुदामाका कनिका ठानी स्वीकार गर्नुहोस् भगवान भन्दै आराधना गरिएको छ । ं
पचीसौं कविता ‘मेरो घर’मा यो कोलहालपूर्ण जगतमा असंख्य नरबानरहरू छन् । जहाँ नश्वरपामरहरू छन् जहाँ नियतिले क्रीडा गर्छिन्, अनाचार, तुच्छ मोहको फसाइ, शैतानचक्रको शासन गराइ, वासनाले नरछातीमा गर्ने नर्तन, आदिको मनन् बाट, यो हाडमासुबाट निर्मित देहमा कुशुम रोपेर धेरै कष्ट सहेर मलाई ज्ञात भयो कि तिमी मेरो घर रहेछौ भनिएको छ ।
छब्बीसौं कविता ‘अज्ञान’मा अज्ञान अपार किन गर्ने, वितेका जानेहुन् जाउन तिनको लागि किन पुकार, कालचक्रले हाँसी हाँसी भन्छ सबै यी सार नभएका बस्तुहुन्, किनकी तन नश्वर छ, सबै नश्वर छन्, यहाँ केवल दुईचार दिनको बास हो र शरीरको लागि आँसु बर्षाउनु व्यर्थ छ र यसको उपचार अन्त्येष्टिमा हुन्छ भनिएको छ ।
सत्ताईसौं कविता ‘स्वार्थ वा प्रेम’मा अलि( भमरा)ेलाई भनिएको छ कि कमलको पूmल फुल्न थाले पछि प्रेमको गीत गाउनु रसको लागि प्रेम देखाउनु, निर्मल –विशद रविराग पाएर फुलेकी कलीमा रसदानको लागि कमलपदमा गीत पुष्पाञ्जलि राखी कतिबार कल्पेऊ, रोएऊ, प्रेमपाशबद्ध पङ्कजसँग कतिवार ्भयौ, भन यो तिम्रो स्वार्थ वा प्रेम के हो भनि प्रश्न राखिएको छ ।
अठ्ठाईसौं कविता ‘कैले ?’मा कली जब रसले भरी थिइन् त्यतिवेला आफ्नो अकिञ्चन जलजल दर्शाइ मालामाल भयौ । जव कली रसविहीन भइन्, ओइलयाइन्, पहिला जसको अवलोकन सम्मुमा हाँसी हाँसी हुन्थ्यो आज दुःख विसाउन खोज्दा भाग्दै बाटो छोडेर हिड्न थाल्यौ भनिएको छ ।
उनन्तीसौ कविता नीड या गुँड चराको सानो रचना चुचोले घाँसपात खरबाट महलमनोहर उडनखटौला निर्माण गर्दछ । यस्तै मनोहर सबैको प्यारो हवेलीमा शान्तिकोबास हुन्छ । दुनिया एक निराली, यस घरको प्रकृति वाहेक कसैले गर्दैन रखवाली, करुणा पातको दोनामा बसेकी छन् । प्रेमको भेस बदलेर प्रकृतिकी मतवाली बनेकी छन् । माथी निलो आकाश छ भने तल हरियालीले भरेकी पृथ्वी छन् । यिनै बीच सुखसँग बसेका छन् वैभवशाली चिडीयाहरू । यिनीहरूले आफै घर निर्माण गर्दछन् यसैमा मीठो सपना देख्दछन् ममा यस्तो खुबी भए मैले पनि त्यस्तै महल बनाएर विना पंखकी चिडीया भएर उड्थें । मेरो कर्म फुटेको हुनाले मेरो त माटोकै घर माटोकै छानु माटोकै विस्तर माटोको पुतली माटोमै छ मिल्नु त्यसो हुँदा यस्तो घर मिल्ला भनेर किन आशा गर्ने भनिएको छ ।
तीसौं कविता ‘प्रेममा छैन निस्तार’ कवितामा प्रेम गर्नु छ पापाचार, हे दुइदिनका अतिथि हो– प्रेम गर्नु छ पाप विचार, सारा संसार दुखित छन्, यहाँ स’ख भन्नु केवल अज्ञान, मधु भनेर मदिरा पिइन्छ, मदिराको अन्तिम परिणाम कस्तो छ, निशाले शशीसँग प्यार गर्छिन् तर उनको प्यार ओसबिन्दुमा विलिन हुन्छ, प्रेममा लुकेको वासनाको भिषण ज्वारमा सबै जलिरहेका छन् भन्दै प्रेमको महिमाको बर्णन गर्दै, प्रेममै छ इच्छाको जीत, यसैमा छ जीवनको भीषण हार, नगर्नु प्रेम, गर्नु प्रेम, प्रेममा छैन निस्तार भनिएको छ ।
एकतीसौं कविता ‘भिक्षा’मा सागर, मरुप्रदेश, भूमि, सजिलै सहदै विवशताको र, अन्तःस्थलको चोट लुकाएर, भूतको इतिहास, निर्मल शान्ति भुल्दै हे नाथ मतिम्रो अघि खडा छु र तिम्रो मनोहर कान्ति हेरी रहेकी छु । तिमीले मलाई सेवामा ठाउँ, मनको सम्मान, काखमा बास, प्रेमको वरदान नदेऊ तर अलिकति तिम्रो पाउको धूलो हृदयमाथी लगाएर यो जीवनको शूल विसर्न सक्ने, बनाउनको लागि सानो कृपा गर हे देव भनिएको छ ।
बत्तीसौं कविता ‘पारिजात पुष्प’मा हे कामना गर्न लायक कुसुम तिम्रो दशा किन बडो दयनीय छ र हिलोमा कसरी प¥यौ । कोमल शान्त कलेवर पायौ र पनि पूर्ण विकसा हुन सकेनऊ, सुर असुरको चित्त ललचायौ तर पनि विधिको सौम्यता तिमीमा भएन, । रहित मोह मञ्जुल ममता, सबै जीवमा अद्भुत समता र सर्ब हितमा राख्ने क्षमता हुँदा हुँदै पनि शूल सहनु प¥यो । तिम्रो भव्य भावको अनुपम चेहेरा, सरल शरल सुशीलचारु चित्त हुँदा हुँदै पनि प्रकृति प्रतिकुल भयो, कपटकौशलले घेरो, तिम्रो दुर्भाग्य आदिले हुँदा हुँदै पनि तिम्रो स्वतन्त्र चिराग बालेर बेदाग भएर तीनै लोकमा तिम्रो अमर रहोस् जीवन भनि कामना गरिएको छ ।
तेत्तीसौं कविता ‘रमणी’ मा जसको तरल नयनमा स्वर्गिक नित्यै आभा झल्कन्छ, सुधामय सुन्दर छविले, हृदयताल हल्का गर्नु, कोमल करुणाकरबाट पीडितले विश्राम पाउनु, पर्णकुटी नन्दनवन बन्नु, सत्ता शून्य सदनमा प्यारो धाम पाउनु, दुःखसन्तप्त सदनमा नरकले कष्टकर क्रदन गर्नु, भीरुमा वीरोचित भाव भरिदिनु, प्रणयविजय गर्न ऋषिमुनिले चाख राख्नु, मातृभावले बसुधामा स्नेहभाव बर्षाउनु, रम्य रूपमा प्रेमभाव फैलाउनु, पुण्यमयी सत्तामा ऋषिमुनिहरूले सञ्चित तपलाई उपहार दिनु, दर्शनले हृदय प्रफुल्लित हुनु, स्वभाविक चञ्चलताले त्रिविध तापको हरण हुनु, छल नहुनु, मोहनीमाया व्यप्त हुनु, कालीदास कविरत्न बन्नु, तुलसी, सूर, कविले प्रभूको दर्शन, मृदु मुस्कानले हृदय विजय गर्न सक्नु, सरल दृष्टिबाट क्षणमै पापको क्षय गर्नु, मधुर नयनले स्वर्गको रसमय तान बुन्नु, दर्शनले आशाको नव उत्थान हुनु, शारद कौमुदीस्नात कुमुद भैm विमल स्वच्छ हृदय हुनु, गायत्री झै पवित्र, सतीत्वको प्रताप खुल्नु, प्रकृतिप्रदत्त वैभवको निधि, सुन्दरताको प्रियप्रतिमा, स्वर्गको सजीव छवि, विश्वविदित महिमा, सुखमा सरल, दुःखमा देवी, वैभवमा मदहीन, जसको छविले बन्दै जान्छ अखिल विश्व शोभाको धाम, पुण्यमयी, अनि स्नेहमूर्तिको पदमा मेरो विनम्र प्रणाम भनिएको छ ।
चौतीसौं कविता ‘पूजावाले’मा पूजा गर्दा तन मन, सबै शुद्ध हुनुपर्छ, यदि सबै शुद्ध छैन भने आडम्बरले के हुन्छ ? सबै किसिमका पात्रहरू जसरी सफा बनाएका छौ, त्यसरी के मन माभ्mन पनि समय लगाएका छौ ? काम, क्रोध, लोभ मोहले भरिएर तिम्रो शरीर नै दुर्गन्धयुक्त भएको छ, चन्दन लेपन लगाएर शुद्ध देवतालाई पनि अशुद्ध बनाएका छौ, झर्नाको निर्मल जललाई छोएर अशुद्ध गर्ने, सुन्दर पूmलहरू निर्दयतामा तोडेको, निर्दयताका मूर्ति कुटिल हे पाखण्डी पूजावाले सिर्जनालाई नै तोडेर के उनको पूजा होला ? जसका दीपक चन्द्र र सूर्य छन् उनलाई कृतिम आरति किन ? आदि प्रश्न राख्दै कवियत्रीले भन्नु हुन्छ –पूजा सामाग्री सबै हटाएर ज्ञानदीप बाल हृदयमा र नादानी पन हटाएर हृदयलाई नै उज्ज्वल पार भनि सुझाव दिएको छ ।
पैतीसौं कविता ‘किन नगर्नु सबतिर प्यार ?’मा परम पिताले यो सुद्ध(विशद) संसार रचे, यस विशद संसारमा मेरो तेरो भनेर, स्वार्थ, राग द्वेष बोकेर, अज्ञानी भएर, मुक्तिमार्गबाट विचलित भएर किन कष्टलाई सहेका छौं ? परमपिताले हामिले गरेका थरीथरीका चित्रलाई अभिनय गर्दै हेरिरहेका छन्, हामीले यो बुझी बुझी अज्ञानीभै निर्वल प्राणीहरूमा अत्याचार र निकृष्ट कपट व्यवहार किन गरिरहेका छौं प्रश्न गरिएको छ ।
छत्तीसौ कविता ‘खोलन प्रियतम ! खोल द्वार’ मा बादलले घेरिरहेको कालो रातमा बिजुली चम्किरहेको, महाभयानक झन्झावात सहेर, झोका सहेर, सबै मस्त नीदमा छन् म तिमीलाई सम्झेर आएँ प्रियतम खोल द्वार भनि द्वार खोल्न आग्रह गरिएको छ ।
सैतीसौं कविता ‘करुणे ! ’मा जन्मदेखि विपत्ति, प्राणघात बाधाहरूमा, तिमी नै आधार हौ । तिमीले दयामाय गर्नु भयो, निष्ठुरताबाट जोगायौ, पय खुबाएर हामीलाई बचायौ तर तिमी आज किन दुखी छौ भन्दै तिम्रो विस्तृत रूपसरोवरमा कमल मनोहर हुनपाउँ रहो सधै नैं तिम्रो प्यार भिन आग्रह गरिएको छ ।
अठतीसौं कविता ‘संशय’मा मनबाट सन्देह विज्ञ हो, संशय हट्न विश्वास चाहिन्छ, भय रहित नै सिद्धिको केन्द्र हो, मुसा, हरिण रहन्छन् भन्दैमा खेती गरिदैन र ? हानी र लाभको भाव जहाँ पनि छ, शिकारी बन्दुक लिएर हिड्छ भन्दैमा के बाघ सिंहहरू घुम्दैनन् र संशय लिनेको क्षय हुन्छ, सधैं सत्य बोल्नु किनकी जहाँ सत्व छ उहीं विजयको प्राप्ति छ । सत्य उहीं छ जहाँ सत्यको व्याप्ति छ, संशय रहन्छ त्यही जहाँ भ्रान्ति छ, भ्रान्ति रहदैन त्यहाँ जहा शान्ति छ निर्भयता छ जहाँ त्यहीं उत्थान छ अनि अन्ध अज्ञान भएको ठाउँमान दासता छ भनिएको छ ।
उनन्चालीसौ कविता ‘संशय जसको नजिक रहनै सक्दैन’ विश्वास स्थिर रहको ठाउँमा अष्टसिद्धि छ, त्रासै त्रासमा दिन दिनै ह्रास छ, कष्ट भएको ठाउँमा सुभग सुखगेह हुन्छ, सन्देहमा सुयस रहदैन, भ्रान्तिका भूतले जसलाई नचाउँछ त्यहाँ शौर्य भाग्छ । प्रह्लादको कीर्ति कहिल्र्यै मेटिदैन, खम्बा फोरी भगवद् प्रकट भए यही नै संशयीको लागि यो प्रष्ट दृष्टान्त रह्यो भनिएको छ ।
चालिसौं कविता ‘आम्रतरु’मा लेखिएको छ एक आँपको सुन्दर रुखको नहरियो डाली नै थियो न नयाँ पातहरू बाटै शौभाग्यशाली थियो । तर पनि म यसैमा पवनको झोकासँग हल्लदै पंक्षीहरूसँग मिलेर पुल्कीत हुन्थें । नयाँ नयाँ बसन्तमा आम्रपञ्जरी मेरा श्रृङ्गँर हुन्थे । कोकिलको मृदु स्वर–सङ्गीत्मा म वेहोस् हुन्थे । आफ्नो वैभवमा खुब मग्न रहन्थें । तर के गर्ने अर्कैको भाग्यको विधान भएकोले सबै सुख–स्वप्न भङ्ग भए । कुठराघातको कारणले देह छिन्नभिन्न भयो । सूर्य किरणले सुकाउन थाल्यो र यतिले मात्र शान्त नभएर प्रभूले पनि कठिन परीक्षामा हाल्यो । मेरो कर्तव्य महान भएकोले मलिन मुख नगरी महावलिदान गरें । मेरो शुष्क कलेवर घोर अग्निमा जलिरहेछ किन्तु दीर्घ निश्वास बराबर निस्किरहेछ । अवत निःशेष भै सकेकोले अव कुनै क्लेश छैन, स्वयम् अग्निमा परिणत भएर मेरो वेश बदलिइ सक्यो, त्यसो हुँदा अब कहिल्यै पनि हा हा कारको ज्वाला र धूवाँ निस्कने वाला छैन । यो सत्यस्वरूले बनेको छ शान्तिको वास हुन पुगेको छ , मलाई डगाउन जुट्नेहरू ममा नै मिलिहाल्छन् । प्रलोभनका जलका छिटाहरू भष्म हुन्छन् । मेरो कुनै कामना छैन र यस्तो कामनाको कालो थुप्रो बन्न नपुगोस्, यो जलेर भष्मकणहरू उडुन् । कामनाको थुप्रो जलेर नै परहीत र मुक्तिको बन्दद्वार खुल्छ भनिएको छ ।
एकचालीसौ कविता ‘जन्ममरण’मा जीवनज्योति जगमग जगाई कुनै गुमराही आए यी कुनै पथका राही रहे । कहाँ बाट आए अनि गए कता कुन नगरीमा तर यस्तो आते जाते हुन्छ बराबर त्यो विदेश को पत्ता कुन हो भनि जीवन मरणको कुरालाई यहाँ दर्शाउन खोजीएको छ ।
बयालीसौं कविता ‘जल’मा जलले सबैलाई तृप्त पार्ने तर आपूm भने तृप्त या सन्तप्त के हुन्छौ त्यो भने धर्मासक्तले नै जानुन् । तिमी सुन्दर आँखामा, चट्टानमा, कोमल पातमा मोतीको रूपमा, कसैलाई जीवन दान दिन्छौ, कसैको ज्यान लिन्छौ, तिमी कस्ता छौ जान्न सकिन र के बखान गरुँ भनि जलको महिमा गरिएको छ ।
त्रिचालीसौं कविता ‘मोहिनी माला’मा अवनीवालाले थरिथरिका सुगन्धित पूmलका माला किन पहिरी रहसन्छन् ? कसको आवाहनमा वन वैभव थाकेका छन? शीतल मन्द समीर पठाएर को हुन् उनी सुताएका ?, निशागगनमा निरास भएर गए, श्यामाञ्चलमा लुकेर निशासुन्दरी कुन प्रियतमको लागि दीपकमाला बालिन् ? सिन्धु तरङ्गले कसलाई बोलाउँछन्, मेघले मृदङ्ग बजाएर कसलाई डाक्छन्, शरद उज्यालो, ग्रीष्म के को लागि तातो, शिशिर र बर्षा किन आकुल जस्ता प्रश्न खडागर्दै यो विश्व प्रतिक्षा कस्को लागि कालले किन फेरा लगाउँछ भन्ने प्रश्नहरू राखिएका छन् ।
चौवालीसौं कविता ‘जननायक’मा नायक हुनको लागि सागरझै गम्भीर, गिरिसमान उच्च, धुवजस्तो अटल, सूर्य जस्तै नियमित, प्रवृति वृत्ति अचल, प्रगतिशील होस् हरेक पल, आँखामा स्वदेशको उज्ज्वल भविष्यहोस् इच्छयामा कल्याण, चिन्तामा गौरव भएको नायक कुनै देशमा हुन्छ भने सकल सुख सकुल किन नहोला भनि विश्ववन्द्य आनन्दविधायक सँग प्रश्न राखिएको छ ।
पैंचालीसौं कविता ‘बसन्तस्वागत’मा पनि प्रश्नहरू राखिएका छन् । छवि देखाउने को हो ? मलयनिल किन महकिरहेको छ ? आँपमञ्जरीका भाव र भाषा किन मूक छन् ? असल फुलेका पूmलहरूका भमरा किन मेहमान हुन्छन् ? बसिंरहेका सुधा बसुधामा कुन माधवको मधुमय गान हुन्छ ? नवनाएर पनि बन्छ वन त्यो वन बनाउने तिमी को हौ ? पातहरूको र समय स्वरमा वीन बजाउने त्यो को हो ? मदमत्त मधुकर को महिमा फैलिरहेछ त्यो को हो ? उपवनको विभव बढाउने, वाग बागबगैचामा पूmल चढाउने, मानिसमा माया फैलाउने, लुकीलुकी मेरा आगनहरूमा हाँसिरहने र लाग्छ शिशिरको अन्त्य भएर के विश्वविनोदित बसन्तले राज्य गर्न थालेको हो भनि प्रश्नहरू राखिएकाछन् ।
छयालीसौं कविता ‘अभीष्ठ’मा आफ्नो भेस र देशलाई नभूलौं, प्राणदाता, त्राणदाता, तपाइँको पदमा शीश मेरो लागोस् , हे कृष्ण, वेणुम् बजाऊ, समरविजय गर्न भक्तलाई सिकाऊ खलमद्हरण गरेर दुष्टलाई देखाऊ, हे रासका विहारी, म पापम परेकी वेसहारा लडेकीलाई दृष्टि दिएमा पुन मेरो जन्म हुँदैन, त्यसो हुँदा म बाट नजर नहटाऊ भनि कृष्णमा पुकार गरिएको छ । हे रघुवर कसरी खोजूँ, मन्दिरमा, कन्दरामा, तिमी जहाँ छौ त्यहीं छु म भन्दै गङ्गालाई, दुर्गालाई, पुकार गर्दै, दम्भदेखि बचाउन र मैले लगाउने बस्त्र देशकै होस् र बलविमलविधानको लागि शस्त्र सत्यको होस् भनि पुकार गरिएको छ ।
सतचालीसौ कविता ‘कहाँ?’मा नाविकलाई यो नाउलाई कुन पार लान्छौ र यस यात्राको के छ सार भन्दै कर्णधारलाई ‘गयो सबै उन्माद अव चिरी सिन्धुको ज्वार । अहो ! कहाँ लै
जान्छो नाविक ! यो नाउ कुन पार भनि प्रश्न राखिएको छ ।
अठचालीसौं कविता ‘रूप’मा अमृत या विष के हौ भन्दै तिमी कहीं अमृत छ्यौ कतै हलाहल पनि, तिम्रो मोहकताले विश्वबिजेताले शीश झुकाउँछन् तर तत्त्वज्ञान विज्ञान आदिले तिमीलाई परै राख्छन्, नास्तिक तिमीदेखि विचलित हुन्छन् भन्दै अन्त्यमा– ‘
निष्ठुरताको खेल खेल्ने
जब तिम्रो रूप हुन्छ ।
तब उत्सर्गभाव दुनियाको
भयले काप्न थाल्दछ । भनिएको छ ।
उनन्चासौं कविता ‘प्रकृतिप्रेम’मा प्रेम मिलनमा प्रकृति देवीको विशाल मन्दिरमा खाली छैन भन्दै मन्द पवनले चुमिरहेका, पंक्षीहरूले प्रणयको गीत गाएका, तरुपल्लव रमाएका, तृणदल प्रेम देखाएका, लहराहरु लपक्क वर अङ्गमा टाँसिएका, कोइलीले प्रियकन कूककूक गरी डाकेकी, मधुकरले पूmलमा रमाएका, नभ पनि अवनीप्रियासँग क्षितिजमा मिल्न आएका, सिन्धु सलिललाई पवन कूपित भएर उडाएर गिरिमा लगेर बर्साएका, विकल थोपाहरूले नदिको रूप लिएका, आदि प्रेमका यथार्थता पस्किदै प्रकृतिको प्रेमप्रवाह रोकिदैन र बन्धन पनि सबै फुस्कन पुग्छन् भनिएको छ –
रोकिन सक्छ ऊर्मी हृदयमा
प्रियको प्रेमप्रवाह कहाँ ?
बन्धन जति सब फुस्कन पुग्छन्
मधुर मिलनको छ चाह जहाँ ।
पचासौं कविता ‘को’मा सखिलाई सम्बोधन गर्दै भनिएको छ कि मञ्जु प्रभातको लालीमा चढेर आउँदा पूmलहरु फुल्ने, को हो भनेर को गर्दछ उरमा आघात, मध्याह्न रश्मिले प्रखर प्रहार छर्छ र नजाने पूर्ण प्रभागरी बनाइदिन्छ, अवोध अज्ञान, सन्ध्याकाल आउँदा नवदिनेशले क्लान्त मनलाई पार्छन् शान्त भनिएको छ । स्तब्ध विश्वकन अलसित गर्दै चन्द्र आए र निशा सुन्दरीलाई पुलकित पार्दै नजाने अश्रु गिराएर कसले जगाउँछ स्मृति उही अतितको भनिएको छ ।
एकाउन्नौं कविता ‘दुई चित्र’मा पहिलो भागमा उनी आउँछु भन्दा प्रशन्न पनि भए झसङ्ग पनि किनकी पुतलीलाई आकाश समान भएजस्तै असीम पनि मेरो लागि आकाश समान नै हुन् र उनको मेरो घरमा कसरी वास होला भनिएको छ ।
दोस्रोमा भागमा भनिएको छ तिमी आउने भन्दा तिम्रो स्वागत कसरी गर्ने भन्दै म उदास भएँ तर हृदयले ललकारो र भन्यो, उनको चरण धुनलाई नयनमा पानी पनि छैन ?
बाउन्नौं कविता ‘तुलसीदासप्रति’मा तुलसीदासको गुणगान गरिएको छ । उनलाई रामराज्यका चित्रकार, अनश्वरताका पूmल, भूछवि, सौरभ, सगुणउपासक, विश्वबोधकर, शिक्षका साउनघन, योगीका चिरहर्ष कान्ति, ज्यातिर्मय आदि उपनामले सिङ्गार्दै हे करूणाकर मलाई मृदुराग अपार गाउनलाई सिकाऊ भन्दै आग्रह गरिएको छ ।
त्रिपन्नौ कविता ‘स्मृति’मा आफ्नो बाल्यकालको बालसंसारको यादगारको स्मृतिको प्रस्तुति गरिएको छ ।
चौवन्नौ कविता ‘याद’मा अधरमा अरुण मुस्कान लिंदै, कोपिलामा उल्लास भर्दै, प्रतिदिन विहानी पंक्षीहरूको लघु श्वास जगाउँदै आउँछिन् । सौरभयुक्त बतास, पश्चिमी क्षितिजको रङ्गिन द्वारमा दिनको अवसान जव हाँस्छ, रविको उज्यालो श्रृङ्गार लुक्छ, हावामा थाकेका पंक्षीहरू गीत गाउँदै उड्छन्, कसैको यादले काँडा बनेर घोच्न थाल्छ । रात्रिको आँखाबाट ओसरूपी आँसु बग्न थाल्छ, सपनाको काखमा सबै भुली जब विश्वको उन्माद सुत्छ ‘पग्लन थाल्छ तब चुपचाप नयनबाट कसैको अमर प्यार’ भनिएको छ ।
पचपन्नौं कविता ‘हे झरने’मा झर्नासँग के स्वाद लिने, कलरवसँग के सम्वाद गर्ने, शैलशिखरदेखि पतित भएर प्रेम मिलनको आशामा या हृदयोद्गार खोलेर चित्कार गर्छौ, अतितको कथा÷ भविष्यसन्देश ÷ फलाभिलाषा त्यागी कर्म गर÷ सत्यम् शिवम् सुन्दरम् ध्वनि, शिशु झै अनमोल किलकारी किन गछ्र्यौ ? प्रकृति प्रियाको अभिनयको के गर्छौ तिमी शुचिगान ? हृत्तन्त्रीको कुन तलतहमा उठ्छ यो मृदु तान आदि प्रश्नको साथमा भनिएको छ–
हे प्रियतम् ! तिमी सधैं सुनाऊ
त्यही स्वर्गसङ्गीत ।
विश्वत्रान्तिको होस् लय सब तिमीमै
पैmलोस् प्रेम पुनित ।
छपन्नौ कविता ‘निःस्पृह’मा जीवनका मधुमय घडीहरूमा मैले कहिल्यै मधुमास देखिन, हास्यमयी उषा मसँग सधै उदास रहिन्, जुनेली रातसँग कस्तो क्रिडा हुन्छ मैले जान्न सकिन, श्रावणको मीठो बर्षाले शीतल गरेन मेरो अङ्ग, सुखस्वप्नको चाह पनि न्यैराश्यको प्रतिरूप बन्न पुग्यो सुख दुःख मेरो निम्ति जस्तो छाया उस्तै धूप सरह बराबर भयो भनिएको छ ।
सन्तानौ कविता ‘प्रदान’मा अम्बरदेखि अवनीसम्मको अनन्त इच्छ्याहरू मेरो छातीभित्र भरिए तर मैले दान दिन सकिन भनिएको छ ।
अन्ठान्नौं कविता ‘प्यासो मन’मा, हे प्यासो मन पहिला बर्साती खोला बनेर उल्र्यौं बाटोको अवरोध पनले लक्ष हरायौ वा साधन ? कडा छ तिम्रो सम्मुख बन्धन तर अटल छ तिम्रो चिन्तन भनिएको छ । मानव मनमा गुम्सेर रहेको अभिलाषाको मूल प्रवाह भएको देखिन्छ ।
उन्साठौं कविता ‘प्रियतमसित’मा प्रियतम् को बक्षस्थलमा मस्तक झुकाउन नसकेको, जिह्वाले सांझसबेर प्रियतम भनेर भजिरहेको तर प्रियतम्को मुख भने बज्न नसकेको, प्रियतमको अमृत वाणाी कर्णले माग्दा पनि सुन्न नपाएको, आफ्नै मनले किन चिन्तित पा¥यो भनेर आफैलाई प्रश्न गरेको, प्रियतम्लाई चिनाएर यो जीवन दिनलाई बाटो रोक्यो, प्रियतमलाई नै आधार बनाएर सर्बस्व लुटियो र हाम्रो समीप्य छुटायो, तिम्रो मादक मदिराले स्मृतिले याद दिलायो तर प्रियतम मैले बुभ्mन सकिनँ यो कसको ठट्टा हो भनि प्रश्न राखिएको छ ।
साठीयौं कविता ‘एकरात’मा नीलाम्बरले विचित्र ताराहरुको झिलीमिली गहना पहिरेर कस्को स्वागतमा लागेको हो, त्यो रूप देखेर मेरो मन पागल बन्दछ । वेदागयुक्त हजार जुहारका कण जडेर निलाम्बरको गलामा विचित्रतादेखि विचित्रतै बनेको देखेर दुई नेत्रहरू नै खुली रहन्छन् । अति दिव्य झलझल देखेर जुनकिरिहरूले ‘सिँगारि दिन्छौ धरणी प्रियाकन भन्दै प्रश्न राख्दै उडिरहेका छन् । मनका गुफामा गुम्सिएका उच्च भावानाहरु कविता बनेर वगिरहेका छन् । असान्तले भरिएको चित्तले पनि सुशान्त प्रकृतिकी परीलाई देखेर प्रसन्नताले मनलाई पूर्ण पार्दछ र सुखाश्रुले लोचन टम्म भर्दछ भनिएको छ ।
एकसठ्ठीऔं कविता ‘को हो को हो’मा कवियत्रीले बसन्तको कुनै एक दिन मोहनीरूपी एक साँझमा मस्तसँग पूmलबारीमा बसेको वेला, अस्ति धूलो उड्ने बारीमा आज एकनासले तोरीका कल्कि निस्केका, जाडोमा झुत्रे बूढो रुख पालुवा आइ हरियो भै तरुनो भएको, सृष्टिमा श्रेष्ठहरु यौवन पनि यिनकै सरी यसै गरी फर्कन्छ भनी बिचारधारामा बग्दै बग्दै जाँदा कोइलीको मीठो को हो को हो गला शब्द सुने र प्रकृतिको कुनै प्रेमी म हूँ भने, सोध्यौ मलाइ नै बरु जसले रचना गर्छ त्यसको गुण किर्तन गाउ, सन्ध्यमा सूर्यको गति कस्तो छ डाँडातिर फर्केर हेर, लोकमा हाम्रो जीवनको स्थिति पनि यस्तै छ, उषा र सन्धाको घुमाइसरि उकाली र ओराली सरि । को हो को हो गरी म पनि सँगी खोज्दैछु । यो नाट्यशालाको नाशको कोही पनि पालना गर्दैन भनिएको छ ।
बयसठ्ठीऔं कविता ‘दुई पान्थ’मा एकै पथका दुई पान्थमा प्रेम र काम पर्दछन् । यो प्रेमलाई विश्वत्यागिको रुपमा लिइन्छ भने कामलाई विश्वविजेताको रूपमा । त्याग रागका यी दुई पन्थीले नित्य आफ्नो अनुमान लिएर विजयलक्षमा दुई शक्ति महान भएर हिडि रहेका छन् भनिएको छ ।
त्रिसठ्ठीऔं किवता ‘किन’मा सकिै सम्मुख पर्दा आँखाले भनिदेला जिब्रोको सब भाषा तर किन थाके यी दुर्ई आँखा भनी प्रश्न गरिएको छ ।
चौसठ्ठीऔं कविता ‘आँसुका दुई थोपा’मा आँसुका थोपामा हुन्छ शीतल दिलको ज्वाला तर भित्री आँसुले भने पोल्छ मुटुको भित्री छाला भन्दै कवियत्रीले हाँसोमा करुणामा दुईमै र जीवनको सारा मूल्यमा, सुखले सीमा नाग्दा, छातीमा सागर उम्लदा, दुखले कोमल मुटु कोरिदा आदिमा प्राण धारीका तिमी अद्भुत साथी हौ र तिमी जस्तो सुखदुःखकासार बनेको को छर आँसुका दुई थोपा भन्दै प्रश्न गरिएको छ ।
पैंसठ्ठीऔं कविता ‘निवेदन’मा विश्वबगैंचाका मालिकसँग सुन्दर उद्यान रचेर धेरै चिज पायौ । म पनि तिम्रै बाली भएर पनि तिमीलाई तृप्त गर्न सकिन । मसँग ज्ञान छैन । सबैकी हाँस्यकी पात्र भएकी छु । म बेकम्मा भए पनि यो हृदय गुणको गर्वले दागी पनि छैन, फलको अभिलाषा पनि त्यागेकी छु र तिम्रा तीता गाली सहन सकूँ भन्दै यो जीवन अर्पण गरेकी छु मेरा प्रिंयतमको लागि साथै मेरो सेवा भने भक्तिकलेवरमा छ खाली भन्दै आँपूmलाई समर्पण गरिएको छ ।
छयसठ्ठीऔं कविता ‘प्रश्न’मा कवयत्रीले सँगिनीसँग प्रश्न गर्दै भनेकी छन् –कसले अनजानैमा आकर्षणका द्वार खोलेका हुन्् ? कुन पीडाको वीणामा करुणा पुकार बजि रहेछन् ? झङ्कार निक्लि रहेछन् , भावुक हृदय द्रवित भएर बगेको छ, आँखाभरि मौन वेदना, जीवनभरि डर बोकेर एक्लै बितेको संसारमा मनमन्दिरको भित्री कुनामा जुन कल्पित तस्विर टाँसेकी छु, भाषा मौन छ, ‘बुझ्ला ‘त्यो’ आँखामा पीर ?’ भनिएको छ ।
सतसठ्ठीऔं कविता ‘प्रेममहिमा’ यस कवितामा प्रेम नै सर्बेसर्बा हो, यो इश्वरीय वरदान हो, ‘प्रेम चिन्दछ प्रेम ज्ञानी, प्रेमै दिन्छ जसमा ज्ञान’ भनिएको छ ।
अठसठ्ठीऔं कविता ‘कुन हो जीत र कुन हो हार ?’ यसमा जीवन दोधारमा छ । हास्नु र रुनुको, जीवन र मृत्युको, प्यास तृप्तिको, जीत र हारको सार खोजिएको छ ।
उनान्सत्तरीओैं कविता ‘प्रेम’मा भोगको भोको नहुनु, गुणले किन्न नसक्नु, रूपमा विक्री नहुनु, धनको चाह नगर्नु, यशमा लुब्ध नहुनु, लिनेमा लोभी, दिनेमा सुरो, मुक्तिका कुरा, विश्वमा रोगी र रोगको उपचार हुनु, तर यहाँ लागेको रोगको कुनै औषधी नै मिल्छ न रोगीले उपचार नै खोज्छ, यसमा भएको भोकले त्याग तृप्ति खोजेको छ, उसको चाह अजर अमर छ, सबैमा तिमी छौ, संसार तिमी हौ, सूर्यको ताप पनि सानो छातामा रोकिन्छ, हावा पनि सानो पर्दाले रोक्छ, सबै चिज रोकिए तिमी कुनै बन्धनमा रोकिदैनौ तर पनि अन्धोले तिमीलाई दैख्छ, बहिरोले कान सुन्छ स्पर्शहीन भएर पनि प्रष्टै छौ ‘विश्वविकलता शक्ति महान्’ भनि श्वरीयशक्ति र ईश्वरीय प्रेमा महत्व दिइएको छ ।
सत्तरीऔं कविता ‘प्रेमपुजारी’मा विश्ववागको एक कुनामा फक्रिएकी कली, मतवाला अलिको आगमन, कलिले स्वागतमा आँखा खोल्नु, मधुरस प्राण गलेर चुहिनु, आधा सपना आधा विपनामा अल्मलिनु, एक गुञ्जनमा नै पग्लिनु, मधुकर दलका मधु पुजारीहरू भिखारी भएर गीत गाउँदै निवेदन गर्दै अघि सर्दथे, रागरङ्गमा लयस्वर मिलेर मगमग गम्कन्थ्यो फुलबारी तर आज एउटा अनौठो, योटै गुञ्जन सुनेर कम्पित भई कली किनकि मिसियो मुटुको कुन कुनामा स्वरमा स्वर मिसियो, कुन मृदु शूल उरअन्तर बिझो, कुन जन्मको व्यथा पग्लो, कुन युगको मधुस्मृति निकालेर क्षणमा नै परिवर्तन भएर विश्वबागको एक कुनामा फुली एक एकान्त कलि भनेर प्रश्न राखिएको छ ।
एकहत्तरौं कविता ‘सब खाली’मा कवियत्री आली(सखी) सँग भन्दछिन् –बिउँझदा हृदय खाली भएको र प्रकाश पुञ्जले कुना कुना सबै भरिएका सँगाली चुप थिएँ, आफ्नै सपना सुन्थे, गुन्थे,ं क्यै स्पष्ट, क्यै अस्पष्टमा नै थिएँ, कुन कुनाबाट पीडित पुलक ( रोमाञ्चित) भरिन गयो, आँखा चकित थिए, निष्फल थिए, थाहा थियो अलिको नै छल थियो, उत्सुकता थियो, तर थाहा छैन के हेरेर आज व्याकुलता छ, पपीहाको स्वरले भित्रीमन रमायो तर पनि व्याकुलता नै गायो, गाना बाट मतवाली भएकी थिएँ तर वेदनाले अन्तरप्याली भरिन गयो, उषा रोइकी थिइन् मेरो सपनाबाट मेरा आँखा खुले म हाँस्न थाले, कोही सुन्दर शीत सुकाउने भ्रमरहरूले पुष्पपुञ्ज चुमिरहेका थिए, कोही चुमेर अधरमा आगो बाले तर बिउँझो हृदय अँध्यारो आली भनिएको छ ।
बहत्तरौ. कविता ‘बिर्सू कसरी’मा अविष्मरणीय क्षणलाई कसरी बिर्सने भन्न खोजिएको छ । कवयत्री भन्छिन् – जीवन सानो, नियम पुरानो, लघुमहानका प्रतिनिधि मानेर पाउनको लागि पुग्न सकिएन अनि छाड्न पनि सकिएन, छुनमा पनि जब कोही आएन तर सपनाले आँचल फैलायो करुणाले छर्केका मोती प्राप्त भए किन नसँगालूँ या फालूँ कसरी भन्दै–
मुटुभित्र दबेको विरह करायो !
अतिशय टाढा मिलन चिच्यायो !
दृग्दुकुलका आद्र प्रतीक्षा !
प्रियतम ! भनन सुकाउँ कसरी ?
बिर्सू, तर भन ! बिर्सू कसरी ?
त्रिहत्तरौं कविता ‘वादक तिमी को’ ? यस जगतमा बज्ने वादन परिणाम, तान, मधुरता आदि हुन् र स्वर भ¥यौ । उच्छबास उम्ल्यो, व्यथा व्याकुलता वग्न थाले, तर लिएर तिम्रो स्पर्शमा सिर्जना हुन गयो प्रफुल्लित, नेत्रमा इन्द्रधनुषका मनोहरताको प्रतिच्छविको आकर्षण उदाउन गएको लय गान तर तिमी को ? मै सबै भन्दै गान तिम्रो, भाव मेरो, तान तिम्रो ध्यान मेरो, तिम्रो एक स्पर्शमात्र त्यसमा करुणा, कोमल चाह मेरो, क्षीण नीरव सास तिम्रो तर ऊर्जस्वल आह मेरो, पाँचतत्त्व छ¥यौ तिमीले बन्यो देहको यो यान बादक, एक पूmल दियौ तिमीले बन्यो यहाँ मेरो प्राण वादक भन्दै बादकलाई परिणाम मुखी बनाइएको छ ।
चोहत्तरौं कविता ‘आँफैसित’मा कवियत्रीले मनलाई प्रेम र अश्रुलाई विर्सने सान्त्वनाको साथै आफैलाई नारी, नरनिर्मात्री, सर्जनको एकमात्र तै पत्नी, सीमाहीन हृदय भएकी, जगद्विधायक, आशीवक्ता धवल प्रणय भएकी तैले काँचको मृदुल पात्र बन्न छोड्न पर्ने, मदरूप छाड्नु पर्ने र हीरा झै धपधप, दीप्तमयी, शक्तिपुञ्ज विद्युतेझै बन्नुपर्ने, तेरो प्रकाश शौर्य र शुचिता लता सदृश्य फैलीयोस्, जयनाद गरी नारीकै निम्ति, नरको शासन चुडाली, प्रेम व्यपारको दुनिया छाडी, नवचेतनाको उन्मुक्त धारा बगाएर आज नयाँ कर्तव्य, नयाँ नवयुग, रुढीवादीलाई बन्द गर्दै आह्वान गर्दा, दिशाहरू, रश्मि नवोदित रवि, शशी र ताराहरू हाँसने छन् । त्यसो हुँदा प्रेम प्यारको दुनिया र अश्रुनिवेदन छाडेर नयाँ ध्येय, नवप्रेम, नूतन अभिनव धारा बगा भन्ने धारणा पोखिएको छ ।
पचहत्तरौं कविता ‘पुनरावृत्ति’मा पुनरावृत्ति नचाहेर पनि उसैभित्र बस्न परेकोछ भन्दै उदाहरणमा विरुवा फुल्छ, फल्छ,अनि ढल्छ र वीज नयाँ अङ्कुरित भएर उम्रन्छ र पृथ्वीकै छाती चुसेर घाम हावा खाएर हुर्कन्छ वृक्ष बन्छ र पुन अंकुरै बन्दछ भन्दै प्रश्न राखिएको छ–
‘के झर्नु ,उम्रनु मात्रै अन्तिम सत्य र शाश्वतता हो त’ ?
छहत्तरौं कविता ‘एउटै पूर्णान्त’ यस कवितामा संयोगवियोगको घटना नै दुई सीमाको पूर्णान्त हो त भन्दै प्रश्न यसरी राखिएको छ–
के यही हो दुई सीमाको
एउटै पूर्णन्त ?
हाँसो र आँसु,
सुख र दुःख
पाप र पुण्य
देवत्व र राक्षसत्व !
चिन्ता र निश्चिन्तता !
हो के एउटै पूर्णान्त ?
सतहत्तरौं कविता ‘बाच्नु र मर्नुको इमान्दारी’बाँच्न त आफ्नै नाउँले पनि बाँचेकी छु, आफ्नै निम्ति बाँच्नु के बाँच्नुको सार हो त ? भनि प्रश्न राखिएको छ । सार्थक बाँच्नको लागि आग्रह गरिएको छ ।
अठहत्तरौं कविता ‘राम्रो नेपाल’मा नेपालको गौरव गाथाको वर्णन पाइन्छ । नेपाल हिमालको काखमा बसेको, हिउँको टल्कन हीरामोती जस्तै टल्केको देश, पहाडै पहाडको राजाजस्तो देश, जहाँको वनले मनै हरियो, जहाँको लालीगुराँसले लालित्यमा डुबाउँछ, पहराको छहरामा चाँदी पगालेर खुलुलु बग्दा निस्केको स्वर मीठो गीत गाउँदै रमाइलो भराइले गर्दा भरिलो छ, राम्रो छ हाम्रो नेपाल भनिएको छ । हेरौं केही श्लोकहरू–
जुनेलीको जुहारी र रोपाइँको गीत,
जात्राहरू बर्षदिन,े हाँस्ने खेल्ने रीत,
रसिलो र हँसिलो छ –हाम्रो नेपाल । राम्रो नेपाल ।
दुनियामा ‘बहादुर’ हामी गनिएका
इमान्दार, मेहनती हामी भनिएका
हाम्रोदेश, हाम्रो भेस, राम्रो नेपाल ।
हाम्रो नेपाल ।
हिमालको काखमाथि बसेको छ, हाम्रो नेपाल ।
भाषा–
कवितामा लेखन सलल बगेको छ तापनि उनले प्रयोग गरेको भाषा अति ल्किष्ट(बुझ्न गाह्रो) छ । सर्ब साधारणले उनका कवितालाई बुझ्न गाह्रो पर्दछ । कतैं हिन्दी र कतै संस्कृतका शब्दको प्रयोग पनि भएको पाइन्छ ।
परिवेश
यी कविता काठमाण्डौ र कानपुर भारतको परिवेशमा लेखिएका छन् । जहाँँको परिवेशमा लेखिए पनि उनका कवितामा प्रेमले नै व्यापकता पाएको छ ।
अन्त्यमा
प्रेमराजेश्वरी थापाका कवितामा प्रेमले भरिएका विषम परिस्थितिले घेरिएको वातावरणलाई समाउँदै, मायारूपी अमृतका वुँद वुँदलाई पान गर्दै, मानवीय जीवनले भोगेका तमाम सुख दुःखलाई अङ्कमाल गर्दै, जगतको परिभाषालाई पहिचान गर्दै, रसिलो स्वादिलो, कोमलात, हर्दिकता, भावपूृर्णता, अनुरागताले भरिएका शब्द कुशुमलाई शीरोधार्य गरेका छन् । उनका कवितामा प्रेममा अगाध श्रद्धा छ । ईश्वरीय प्रेमले गहिरो स्थान ओगटेको छ । नारीवादी चिन्तनमा उनी प्रष्ट छिन् । प्रकृति प्रेममा पनि उनी त्यत्तिकै गहिरिएकी छन् । राष्ट्र र राट्रियतामा उनको कलमले दह्रो किलो गाडेको छ । हुनत मैले माथि नै यिनका कविताको संक्षेपीकरण गरेको छु । त्यसबाट उनका कविताको मर्म सजिलेरी बुझ्न सकिन्छ तापनि प्रेमलाई उनले कसरी लिएकी छन् त उनकै उनकै शब्दमा हेरौं –
प्रेमधन छ अनमोल बस्तु
प्रेम हो प्रभूको वरदान
प्रेममन्त्र पढे पछि कस्तै
बन्न जान्छ महान् ।
बास्तवमा प्रेम भनेको ईश्वरको वरदान हो । प्रेमरूपी वरदान भगवानबाट मानिसले प्राप्त गर्न सक्छ भने ऊ महान बन्न पुग्छ । एकजना हिन्दी कविले भनेका छन् कि प्रेम त सबैले भन्दछन् तर प्रेम के हो कसैले जान्दै नन् यदि सही प्रेमलाई कसैले जान्दछ भने उसलाई कहिल्यै रोयर मर्न पर्दैन । उनले आफ्ना प्रियतमको लागि सारा जीवन अर्पपण गर्ने धारणा राखेकी छन् –
सहूँ सहूँ सब सहन सकूँ म
तीता तिम्रा सब गाली
जीवन अर्पंण गर्दछु सहजै
मेरा प्रियतम्का लागि ।
बास्तवमा उनका कवितामा प्रेमको व्यथा छ, उनी प्रियतमसँग भेट गर्न चाहान्छिन् उनैसँग रुन चाहान्छिन्, मिलन र बार्तालापको चाहना राख्छिन्, उनले प्रियतम्लाई कहिल्यै बिर्षन चाहान्नन् ,उनी मौनभाषामा समेत प्रेमीकै चिन्तामा व्यग्र छन्, उनले दिनमा पनि आफ्ना आँखा चिम्लेर प्रियतम्लाई नयनभित्र सजायर राख्न चाहन्छिन् ।
नरेन्द्रराज पसाई र हृदयचन्द्रसिंह प्रधानले यिनलाई छायावादी कवियत्रीको रूपमा बर्णन गरेका छन् । छायावादको प्रेमप्रवाह ल्याइन् भनेका छन् । बास्तवमा यी कवितामा हामीले उत्सुकताले भरिएको पाउँछौं । यहाँ अभिलाषा, पीर, विरहवेदना, कुण्ठा र सान्त्वनाले सबैको मन छुन्छ । कहिले झर्नामा, कहिले प्राकृतिक सौन्दर्यमा, कहिले हिमालमा कहिले समुद्रको ज्वारभाटामा प्रेमले भरिएका वेदनाका गीत गाउँदै प्रेमीलाई खोज्दै बगिरहेको प्रेमलहरीले हामी सबैलाई प्रेममा नै लिन हुनको लागि आह्वान गरिरहेका छन् ।
प्रेम राजेश्वरीको जन्म संवत् १९७२,फागुन १७ गते सोमबार काठमाण्डौको हात्तीसारमा भएको थियो र २०५८ साल असार ३१ गते आर्यनगर कानपुरमा स्वर्गीय भएकी थिइन् । जन्म मितिको हिसाबले आज उनको उमेर १०० बर्षको हाराहारीमा चल्दैछ । उनले पे्रम साहित्यमा दिएको योगदान आज अमूल्य रत्नको रूपमा हामीले अध्ययन गर्दै छौं । यिनलाई हामीले कहिल्यै बिर्सनु हुँदैन र यिनको पनि शतबार्षिकी मनाउन पर्दछ भन्दै मेरो लेखनीलाई यहीं नै बिट मार्दछु ।
शान्तिचोक, कासोती नगर पालीका वार्ड नं ७, नवलपरासी ।