परिचय
‘नवलपरासीको साहित्यिक गतिविधि’ समालोचनाको कृतिबाट, नवलरिासीका साहित्यकार र साहित्यिक गतिविधिलाई प्रष्ट्याउँदै नेपाली साहित्य आकाशमा प्रकाशमय भएकी भगवति अर्याल ‘पाण्डे’ को साहित्यिक उपनाम ‘भगवती आशाा’ हो । पिता बोधराज अर्याल र माता कृष्णमाया अर्यालकी सुपत्रीको जन्म तनहूँ जिल्ला भिमाद गाविस, राडरुड चारघरे –९ भएता पनि हाल उहाँ भने नवलपरासी जिल्ला जहदा गा.वि.स.–६ तथा गुञ्जनगरमा बसोबास गर्दै आउनु भएको छ । पेशाले उहाँ न्यु भिजन एकेडेमी, चितवन र कुमारवर्ती बहुमुखी क्याम्पस, नवलपरासीमा आवद्ध हुनुहुन्छ ।
प्रकाशित कृतिहरू–
भगवतीजीका तीजको चटनी(२०५१), नवलपरासीको साहित्यिक गतिविधि (२०६३), गाउँ सहरका तीज (सम्पादन २०६७), साहित्यिक यात्रामा लीला (सम्पादन २०६७), र मञ्जरी (गजलसङ्ग्रह, २०७१) गरी सम्पादन र स्वरचित कृतिहरू हामीले अध्ययन गर्न पाएका छौं ।
पुरस्कार ÷सम्मान
भगवतीजी लालीगुराँस मासिक परासी(२०६४), भू. पू. सैनिक सङ्घ नवलपरासी (२०६७) जगन्नाथ उ.मा.वि. स्वर्ण महोत्सव–स्रष्टासम्मान (२०६८) नारी साहित्य समाज नवलपरासी र श्रेय साहित्य समाज चोरमारा नवलपरासी (२०६९) , लक्ष्मी स्मृति साहित्य समाज नवलपरासी (२०६९), हरिवोधिनी एकादशी साहित्य समिति पिठौली नवलपरासी (२०६९), मिलिजुली तथा सशक्तीकरणको संयुक्त आयोजना (२०७०), स्याङ्जा साहित्य प्रतिष्ठान (२०७०) को साथै २०५० देखि लगातार हालसम्म (तीजगीत, बाल लोकगीत, भजनजस्ता प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुँदै आउनु भएको छ ।
आबद्धता
भगवतीजीले, अध्यक्ष नारी तथा बाल विकास समाज चितवन, उपाध्यक्ष नारी साहित्य समाज नवलपरासी, सचिव चित्रवन साहित्य सङ्गम चितवन, अञ्चल सचिव विश्वनारी नेपाली साहित्य सम्मेलन समारोह समिति, लुम्बिनीमा आवद्ध भएर सकृय भूमिका निभाउँदै आउनु भएको छ भने संस्थापक सदस्य ÷ आजीवन सदस्य ÷ सदस्यको रूपमा पनि उहाँको आवद्धता करिब एकदर्जन भन्दा बढीमा देखिन्छ र यी संस्थाहरूमा साहित्यिक तथा समाजिक क्षेत्रमा उभिएर एक नारीहस्ताक्षरको साथै नारी समाज सेविकाको रूपमा आँपूmलाई समर्पित गर्दै आउनु भएको छ ।
भगवती एवम् ‘मञ्जरी’ प्रति गजलकार तथा साहित्यकारको धारणा
प्रकाशकीयमा विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समिति लुम्बिनी अञ्चल(नेपाल)की अध्यक्ष कृष्णिादेवी शर्मा श्रेष्ठले लेख्नुहुन्छ–
बचनमा मिठास छ हँसमुखा उस्तै,
रुखोसुखो पचाउने धरतीले जस्तै,
विचारकी धनी–मनी स्वच्छन्द भावना
लेखनीले आकाश चुमोस्छ शुभ–कामना
तुलसीराम पाण्डे लेख्नुहुन्छ – प्रस्तुत मञ्जरीभित्र रहेका गजलले उहाँको शैक्षिक, राजनैतिक तथा समसामयिक विषयवस्तुलाई समेटेका छन् । गजलहरू यथार्थका वीज एवम् प्राकृतिक सौन्दर्यका संयुक्तरूप हुन् ।
‘मञ्जरी’ मा प्रस्फुटित सौन्दर्य ः सामान्य अनुचिन्तन शीर्षकमा केशवराज आमोदीले यस कृतिको भूमिका लेखनमा लेख्नु हुन्छ –‘कवियित्री तथा गजलकारिका भगवती अर्याल ‘पाण्डे’ विशिष्ट प्रतिभा सम्पन्न नारी हस्ताक्षर हुन् ।’
नरेन्द्रराज प्रसाई लेख्नुहुन्छ –समकालिन पुस्ताम। भगवती अर्याल ‘पाण्डे’को आफ्नो् बेग्लै आयाम देखिन्छ । ......रचयिता भगवतीको लेखनीले नयाँ चेतनाको बिम्ब सम्प्रेषण गर्दै नयाँ क्षितिजमा बस्ती बसाउँदै नयाँ संसारको अस्तित्व स्थापना गर्दैछ ।’
मोहन दुवाल लेख्नुहुन्छ–‘समीक्षा लेखनमा, अनुसन्धान कार्यमा पनि क्रियाशील हुँदै आउनु भएकी भगवतीले कविताका साथै गजल लेखनमा पनि आँफूलाई देखाउन खोज्नु भएकोमा हार्दिकता व्यक्त गर्न चाकान्छु ।
कृतिको संरचना
विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिको प्रकाशन र सह–प्रकाशन न्युभिजन एकेडेमी रहेको यो कृतिको मूल्य २५१ रपियाँ रहेको छ । यसमा आवरण सहित (७४+१६)८० पृष्ठको छ । यसमा बिम्ब, प्रतीक, अलङ्कारले सजिएका ६१वटा गजलहरू बहरमुक्त छन् भने १०वटा गजल बहरबद्ध छन् । प्राय गजलहरू ५शेरका छन् भने एउटा गजल ७ शेरको छ ।
कृतिभित्र पस्दा
आजकल गजल लेखनमा तीब्रता आएको पाइन्छ । गजल लेखन शृङ्गारबाट माथि उठेर विविधताको मार्ग समाएको छ । विश्वमा आएको सामाजिक परिवर्तन, राजनीति चेतना, पवृत्तिगत फैलावट र यसले पारेको प्रभावलाई आत्मसाथ गरी गजल लेखनमा पनि विविधताले भरिएको छ आजको गजल लेखन । यसको उदाहरण मञ्जरीलाई लिन सकिन्छ । मञ्जरी शब्दले बोटबिरुवाको नयाँ मुन्टा, पल्लव, पालुवा आदि शब्दलाई अथ्र्याउने भएको हुँदा प्राकृतिक सौन्दर्यलाई टिपेर गजलकारले गजल कृतिलाई सौन्दर्यमय बनाउने प्रयासमा लागेको देखिन्छ । यस गजलसङ्ग्रहमा भगवतीले नेपालको नवनिमार्णको लागि पथ निर्माण तिर आपूmलाई अग्रसर बनाउन खोज्नु भएको छ । यसै पनि नेपाल प्राकृतिक सम्पदाले भरिएको देश हो । प्राकृतिक सम्पदालाई गजलमा उनेर सुन्दर मालाले शृङ्गार गर्दा सुनमा सुगन्ध थपिएको आभाष मिल्छ । प्रथम गजलमा नै भगवतीजीले नेपाली आमा र हिमालप्रति लक्षितगर्दै, प्रकृतिक बर्णनले गजललाई भर्दै, मानव जीवनलाई जिउने आधार भएको धारणा राख्दै आफ्नो गजलको यात्राको थालनी गर्नु भएको छ । भगवतीका गजलका शेरहरू कतै बीजाङ् कुरण भएका छन् त कतै मन जलेका छन्, अनि कतै चितामा जल्दा पनि प्रीतलाउने आतुरमा छन् । केही गजलका शेरलाई यहाँ पस्केर हेरौं–
सिर्जनाका बीजबाट टुसाएकी छु म
मलजल औषधि राखी गोड मलाई
गजल ५० पृष्ठ ५०
बीज अङ्कुरण हुँदैमा वृक्षले आकार लिन्छ भन्ने छैन । वृक्षले आकार लिनमा त पोष्कतत्त्वको आवश्यक्ता पर्दछ । माटो मल, जल, सिचाई, प्रविधि, संरक्षण आदिले साथ दिएमामात्र बिरुवाले आकार लिन्छ र उत्पादनशील हुन्छ । लगानी गरिन्छ भने अवश्य प्रतिफलको आशा हन्छ नै । विकासमा लम्कनको लागि एउटा मार्गदर्शन हो यो शेर ।
म भन्दै छु है मन जलेको कहानी
महङ्गी र धनले गलेको कहानी
आजको विश्व विविध समस्याले जकडिएको छ । यहाँ महङ्गी छ, अशान्ति छ, जन जनको मन जलेको छ । वाध्यतामा पिल्सिएर बाँच्न परेको छ । यस्तै जीवनका ओराली उकाली धाराण र भावाना, राष्ट्र, राष्ट्रियता प्राकृतिक सौन्दर्यता, पीडा, लोकतन्त्रको संरक्षण र सम्बर्धन, मानवता, नारीवादी चिन्तन, हक अधिकारका कुराले भरिएको यो गजल सङ्ग्रहले आजको गजलक्रान्तिको युगमा एउटा कोशेढुङ्गा थप्ने प्रयास गरेको छ ।
यस गजलका केही विशेषता सम्बन्धी धारणका केही उदाहरण यहाँ प्रस्तुत गर्दै छु–
नारी रत्नमाथि किन बन्धन मात्र देख्छु
चुनौतीका बीज खोजी अब रोप्नु पर्ला
गजल ७ , पृष्ठ ७
जिन्दगीको सगरमा उठ न तिमी नारी
समाजका कथा लेख्न जुटन तिमी नारी
माथीका दुबैजस्तै विविधखाले थुप्रै शेरहरू यस गजल सङ्ग्रहमा हामीले पढ्न पाउछौं । नारी जीवन बन्धनै बन्धनले भरिएको छ । बन्धनबाट मुक्तिको लागि चुनौतीका बीज रोप्न चाहान्छिन् भन्नु हुन्छ भगवतीजी । समाज कथाव्यथाले भरिएको छ । कथाव्यथाबाट माथी उठ्न पनि आजको आवश्यक्ता हो । त्यसको लागि उनको धारणा छ जिन्दगीको सगरमा नारी उठ्नु पर्छ जुट्नु पर्छ नारीबाट नारी हेपिनु हुँदैन, नारी सवल छन् सफल छन् भन्ने धारणा उनका गजलले सवलरूपमा उठाएको छ ।
मानव जन्मे पछि आफ्नो देशप्रतिको चिन्तन हुनुपर्दछ । भगवतीका गजलमा हामीले राष्ट्र, राष्ट्रियता तथा राष्ट्रियअखण्डताका धारणाहरू प्रचुरमात्रामा पाउन सक्छौं हेरौ केही धारणाहरू–
स्वर्णिम भावनाले सजिएको देशभित्र
लडार्इँ र विवादको माला गाँसिएको हो कि ?
गजल ९ पृष्ठ ९
अंशबण्डा मात्र गरी देश चल्दैन साथी
कुरीति र कुसंस्कार त्य सै ढल्दैन साथी
गजल चार पृष्ठ ४
देशमा राजनीतिले आकार लिन सकेको छैन । नत यहाँ पद्धतीले नै काम गरेको छ न त नेत्रृत्वले नै सवल रूपमा देशलाई हाँक्न सकेको छ । देशमा धुत्र्याइ, वेइमानी, दादागिरी, हत्या हिंसा लुटपाट, चोरी डकैती , आदिमा पनि गजलकारको दृष्टि पुगेको छ । अधिकारको खोजी गरिएको छ निधार छामेर पाइँदैन भनिएको छ, सिर्जनामा लाग्न आह्वान गरिएको छ, ।
सिङ्गार त गजलको मूख्य विषय बस्तुमा पर्दछ । भगवतीका गजलमा प्रेमप्रणयका भावना, धारणा र आराधना पनि सुव्यवस्थितरूपमा पस्किएका छन् । यहाँ सुमधुरता, अनुशासिता, गम्भिरता, भावपूर्णता, सौन्दर्यशीलत,ा प्रेममा आशा निराशा, प्रतिवद्धता, मिलन विछोड आदि विविधताले पस्किएका छन् प्रेमप्रणयका सूत्रधारहरू ।
समाजमा विविध खाले विभेद छन् । पुरुषप्रधान मान्यताले एउटै सामाजिक किरियाकर्ममा पनि विभेद छ । श्रीमान मर्दा श्रीमती कृयाबस्नु पर्छ तर श्रीमती मर्दा श्रीमानले क्रियाबस्नु पर्दैन । यस्ता सामाजिक विभेदहरू हाम्रा समाजमा थुप्रै छन् । यी विभेदहरूमा भगवतीजीले थुप्रै प्रश्न उठाउनु भएको छ । ती विभेदहरूमा एउटा सानो उदाहरण हेरौं –
किरिया बरखी उनले गर्ने उनी मर्दा के नि ?
यस्तो विभेद त्याग्नुपर्छ समाज मिलाउँदा ।
गजल ५६ पृष्ठ ५६
अत ः गजलसङ्ग्रह पहिलो हो, सानो पनि छ तर गजलका मूल्य र मान्यतामा तथा स्तरमा ध्यान दिएको पाइन्छ तर कुनै कमि छैन भन्न सकिन्न । हेर्नेको दृष्टिकोण फरक फरक हुन्छ । पूर्णता कहीं पनि हुन्न यहाँ पनि हामीले संरचनागत कमिकमजोरीहरू पाउन सकिन्छ । भगवती एउटी विदुषी हुन् ।उनमा समालोचना लगायत कविता तथा गजल तीजगीत आदि क्षेत्रमा उहाँको कलमले राम्रो स्थान ओगटेको छ । उनको लेखनमा दार्शनिक तथा भावनात्मक अभिव्यक्ति, वैचारिक स्पष्टता हामीले पाउन सक्छौं । ती मान्यताहरू यस गजलसङ्ग्रहमा पनि पाउन सकिन्छ भन्दै, मेरो सानो धारणा यही बिटमार्न चाहान्छु । भगवतीजीलाई सिर्जनामा लागि रहन हार्दिक अपिल गर्दै विदा चाहान्छु ।
शान्तिचोक कावासोती नगरपालिका वार्ड नं ७ नवलपरासी ।