यिनै खोपडीहरुले खन्छन्
मान्छेका बुझाईका हरेक बाटाहरु
नआत्तिनु नडराउनु रे
समस्या संग । - को समाधानले
अर्को समस्या निम्त्याउँछ
के समाधान भन्नु
कुरा उल्टै मात्र
पानी चािहं पो बग्छ त
खोलै खोला
माथीँनेर ढुंगा पल्टाउँदा
पखेरा खोई त लडेको
के बिश्वास गर्नु के नगर्नु
के पत्याउनु के नपत्याउनु
हरेक समस्याको समाधान हुन्छ - सर्वमान्य
खोला बग्छ - सर्वसत्य
पहिले पृथ्बी चेप्टो थियो - पत्याए
अहिले गोलो छ -हामी गुडाईरहेछौं
अब को आकार कस्तो
कि त
पृथ्बी - बिज्ञानमा पढेको अमिवा
अबको अर्को बिश्वयुद्धपछि मान्छेहरु
बचेभने - बाँचेकाहरुले
आफैंले फ्याँकेका बिकारका बस्तु शुद्धिकरण पश्चात
बेशी वा धेरै बुद्धिले 'गु' ख्वाउँछ - उक्तिको दिन भेट्ने छन्
वा ब्यवहारमा लागू ॥