18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राज थापा August 14, 2014, 4:22 am

दैव पनि पछि लग्यो हाम्ले नाता गांसे पछि

किन टिपी लग्यो आज एक अर्काको भए पछि !

संगै नाच्यौ,गायौ, दर्सकको माया पाए पछि

हामी सधै खुसि हुन्थेउ सबको मन जिते पछि !

माया झनै बढ्यो सबको आशिर्बाद पाए पछि

दुवै मनको ढोका खुले गहिरो पिरतीमा डुबे पछि !

घाम छाया को जिन्दगीमा छाया मात्र पाए पछि

कति रुनु भाग्य रेखा मेटियो दैबले बाण हाने पछि !

मन केले पलाउछ रहरहरु सबै मेटी सके पछि

बाच्ने रहर कसको होला मुटु बिना एक्लो बने पछि !

दैब पनि पछि लग्यो हाम्ले नाता गांसे पछि

किन टिपी लग्यो आज एक अर्काको भए पछि !

लिम्रिक , आयरल्याण्ड !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।