पोर्तुगल भित्र नेपाली साहित्य देश भित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु र राम्रो अबसरको खोजि गर्नेहरु अन्य बिकसित मुलुकहरु तिर परदेशिने बढ्दो क्रम संगै ९० को दशक पछि पोर्तुगल पनि नेपालीहरुको राम्रो गन्तब्य बनेको छ | बिस्तारै नेपालीहरु विभिन्न देश हुदै पोर्तुगल आउने क्रम बाक्लिदै गैरहेको छ र नेपाली राजनीतिक, सांस्कृतिक अनि सामाजिक गतिबिधिहरु पनि बढ्दै गैरहेको छ | तर नेपालीहरुको बाक्लै उपस्थिति भै सक्दा पनि पोर्तुगलमा नेपाली साहित्यको भने सक्रिय गतिविधिहरु हुन सकिरहेको छैन | हुन त केजिन राईहरुको पहलमा 2003 तिरै केजिन राई, परशु पाण्डे, लक्ष्मण देवकोटा, इन्दिरा चाम्लिङ्ग, लक्ष्मी प्रसाई र वीर परियार जस्ता व्यक्तित्वहरुलाई समेटेर अन्तराष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर पनि नखोलिएको होइन तै पनि आश लाग्दो सक्रिय गतिबिधिहरु हुन सकेन तर संस्था खोलेर साहित्यिक मनहरु एकै ठाउँ जम्मा हुने बातावरण बन्नु नै त्यो बेलाको ठुलो उपलब्धि हो | त्यस्तै कुमार श्रेष्ठको पहलमा नेपाली कला तथा साहित्य परिसद भन्ने संस्था पनि खोलियो तर संस्था गठन भएको निकै समय बिति सक्दा पनि सांस्कृतिक कार्यक्रम, संस्थाको अधिबेशन र अन्य राजनीतिक तथा सामाजिक गतिबिधि बाहेक साहित्य क्षेत्रमा केहि हुन सकेन न त विश्वभरी फैलिएको एन. आर. एन.को पोर्तुगल शाखाले नै नेपाली साहित्यमा केही गर्यो | यी त भए सुरुवाती कुरोको चुरोहरु ! पछिल्लो समयमा मोहोन आचार्य जलाद, भिम केसी कमल, सीता बराल, सुनिल सङ्गम, अनुराग कंडेल, कला कोयु, बिजी श्रेष्ठ योगेन्द्र मिलन छन्त्याल जस्ता साहित्य प्रति लगाव भएका व्यक्तिवहरुको उपस्थितिले पहिलो पटक भिम केसी कमल र सुनिल सङ्गमको पहलमा उत्साह जनक रुपमा 'बृहत नेपाली साहित्य सम्मेलन' भयो र पोर्तुगलमा रहेको सम्पूर्ण साहित्यानुरागीहरुको उत्साहजनक उपस्थिति भएको थियो भने पोर्तुगल नेपाली साहित्यमय बनेको थियो | केही दिन पछि नै एउटा नेपाली साहित्यको सक्रिय संस्था खोलेर सबैलाई समेट्दै गतिविधिहरु संचालन गर्ने उत्साहजनक उद्देश्यका साथ सम्मेलन त सम्पन्न भयो तर त्यस पछि न संस्था नै खोलियो न सम्मेलन नै| साहित्यमा पनि राजनीति हुदो रहेछ सायद ! त्यसपछिको समय फेरी एकपटक पोर्तुगलमा नेपाली साहित्य उठ्ला कि जस्तो भयो जब केजिन राइहरुले स्थापना गरे पश्चात पछिल्लो समय निस्क्रिय गुपचुप जस्तै रहेको संस्था सुनिल सङ्गमको पहलमा अनेसास च्याप्टर पुन: गठन त भयो तर एउटा लक्ष्मी जयन्ति मनाउने भन्दा अरु केही उपलब्धि हुन सकेन | लगभग ५००० नेपालीहरुको बसोबास भएको यूरोपियन युनियन भित्रको देश पोर्तुगलमा अहिले पनि लक्ष्मण देवकोटा, मोहोन आचार्य जलाद, भिम केसी कमल, सुनिल सङ्गम, अमृत परियार, अनुराग कंडेल, कला कोयु राई , सिता बराल , वाई. बि.गुरुङ, बिजी श्रेष्ठ, माधब दुलाल, भूपति गैरे,................. जस्ता साहित्यकारहरु छन् तर पनि साहित्यिक गतिबिधिहरु सुन्य छ | बरु राजनीतिक तथा जातिय संघ संस्थाहरुको गतिविधिहरु निकै उत्सर्गमा छ | पोर्तुगल भित्र नेपाली साहित्यमा आशा गरे अनुरुप र हुनु पर्ने जति केही भएकै छैन | जहाँ जता रहे पनि कला संस्कृति, भाषा साहित्य र आत्मीय भाइचारा अनि सामाजिक हातेमालो पक्कै हुनु पर्ने हो तर आशा गरौँ दिन अबस्य पर्किन्छ फर्किन्छ !