19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा इच्छा

कविता कृष्ण कट्टेल August 22, 2014, 6:09 pm

तिमीले छोडेर गएपनि

लाग्छ, यी फूलहरु तिम्रै लागि फुलेका हुन्

यी झरना, खोला र नहरहरु

तिम्रै सुन्दरताको वर्णन गर्दै बगेका हुन्

हावाले पनि तिम्रै सुवास छरेजस्तो लाग्छ

घाम र जूनले पनि तिमीलाइ हेर्न

तछाडमछाड गरेजस्तो लाग्छ

म त एउटा पात्र

जो, संसार भन्दा तिमीलाइ ठूलो देख्ने

तिमीले छोडेर के भो त

तिम्रै तितो याद संगालेर भएपनि

हेर्दैछु भत्किएका सपनाका घरहरु ।

मैले दिन नसकेका खुसीहरु

यो संसारले दियोस तिमीलाइ

जसले बिस्र्याइदेओस तिमीभित्रको म

किनकी म त खुसी दिन नसक्ने मान्छे

पीँडा दिएर पाप गर्न चाहन्न ।

मेरा लागि तिम्रै याद काफी छ

यो दुनियाँ तिम्रै पक्षमा होस

यी सज्जनहरु तिम्रै लागी बनुन्

म त तिम्रो जीन्दगीको एकादेशको पात्र

मात्र अतित सम्झिन पाए पुग्छ ।।

ओखलढुङगा, कटुञ्जे,५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।