19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सरकारसँग प्रश्न

कविता कृष्ण कट्टेल September 4, 2014, 7:28 pm

सरकार !

मेरा बा को पसिनाले

हुर्कायो,बढायो अनि पढायो

मेरी आमाको मायाले

संस्कार सिकायो,

हो सरकार

अब म भित्र जाँगर पसेको छ,

सपनाहरु सजाएको छु मुटुभित्र

अब प्रयोग गर मलाइ तिमीले

किनकी म यहि माटोमा

स्वर्गीय फूल फूलाउन चाहन्छु

भन सरकार,

किन मौन छौ ?

मलाइ कहाँ देखाउछौ चुनौती ?

म तिमीले दिएको चुनौती सामना गर्न तयार छु,

त्यसबेला बगेको मेरो पसिनाले

यो देशको दुःख बगाउन सकोस ।

खै किन बोल्दैनौ सरकार ?

कि म पनि राहदानी बनाउने लहरमा बसौँ ?

आँसु चुहाउदै मेरी आमालाइ छोडेर

अर्काको लागी म दुःखको समुन्द्र तर्न चाहन्न

म यहि हिमाल,पहाड र तराइको लागी बाँच्न चाहन्छु

यहि माटोमा तागत रोप्न चाहन्छु

खै कहाँ ? के देखाउछौ मेरालागी चुनौती?

जसलाइ म अबसर ठानेर आमाको सेवा गर्नेछु

जसरी एकमुटठी चारोले

हजारौ परेवाको पेट भर्न खोजेझै

सिमित धोक्रोभित्र असंख्य बिचारहरु

र असंख्य जवानहरु थुपार्न नखोज

त्यसैले देखाउ चुनौती यी जुर्मुराएका सन्तानहरुलाइ

जो खोजिरहेका छन् फूलाउन

लालीगुरासझै यो देशलाइ ।।

ओखलढुङगा, कटुञ्जे ५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।