मात्र देह अल्झ्याई राख्न चाहीने त नुन रैछ
खोक्रो भई सेवा गरे मात्र पाईने गुन रैछ
आफु बाँच्न दुख गरि अन्नपात फलाए पनि
सुख भोगाई मारी बाँच्ने त्यही दुष्ट घुन रैछ
गितकार भित्र पुगी गुबो छोई लेखेपनि
श्रोताको मन छुने त मात्र संगित धुन रैछ
राष्ट्रभक्त बनी देशलाई काधमाथी बोकेपनि
शहिद हुन मरेर नै बगाउने त खुन रैछ
चादी पित्तल विभूषण्मा जति धेरै कुदेपनि
नक्कली नै किन नहोस सबको चाह सुन रैछ
गगनमा लाखौं हजार ताराहरु चम्के पनि
धर्तीसम्म ज्योती किरण दिने एउटै जुन रैछ ।।