19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लेखक

कविता मनु आभास September 4, 2014, 8:19 pm

मधुरो छायाँमा बसेर

शब्दहरुको सुर्य मार्फत

चेतनाका किरण,कुना कुना पु¥याउने

एउटा कलम,

कलम समाउने औँलाहरु,

औँला चलाउने मस्तिष्क

र,मस्तिष्कले चलाएको एउटा युग

हिजो साँझ

अनायास अस्ताएको छ ।

उसले कहिल्यै लेखेन

झण्डाहरुको कविता

लेख्दै लेखेन,

दस्ताबेजहरुको वृतान्त ।

बन्दुकको उचाईमा,

निरीह बनाईएका –विचार र आस्था

उसले मान्दै मानेन

कि

–यो विजय हो ।

रुपान्तरणको यहि सँघारमा उभिएर

निरन्तर लेखिरह्यो

पहाड जस्तै निधारहरुका कथा

फाँट जस्तै फराकिला हृदयहरुका आवेग

बजाईरह्यो –

सपना बोकेर बेशी झर्दै गरेका

उत्साह सँगाल्दै उकालो चढिरहेका

पाईतालाहरुको सँगित ।

जाँदा जाँदै

उसले लेखेर छोडेको थियो एउटा पत्र

जहाँ लेखिएको छ–

अब,

समयले बन्दुक बिसाउने छ

भmोलाको चेपमा शुरक्षित राखिएको पासपोर्टको रङ्ग जस्तै

हरीया हुने छन्

बाँझा खेत÷बारीका ग¥हाहरु

जहाँ,

उम्रनेछन्÷ फुल्नेछन् ÷ फल्नेछन्

पौरखका कण ।

धेरै अगाडि देखि

तिमीले उचालि रहेको

झण्डाको रङ्ग फेरीनेछ,

परीभाषा फेरीनेछ

फेरीनेछ तिम्रो पहिचान

समुन्द्रले मोती बनाए जस्तै

पसिनाले नै बनाउने हो

मोती जस्तै देश ।

साथी,

देश त पसीनाले बनाउँछ

झण्डाले होईन ।

नाङलेभारे, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।