19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाँस्न खोजिरहेको सपना

कविता कृष्ण कट्टेल September 11, 2014, 12:54 pm

सपना जस्तै हैन यो सपना

जून मेरो जीवनले समाएको सपना

मध्ये सुनसानको मध्ये निन्द्रामा

नचाइदिएजस्तो,हसाँइदिएजस्तो

चढाइदिएजस्तो,अनि लडाइदिएजस्तो ।

मेरो सपना त

मेरी आमाको दुःख

मेरा ुबाु को पट्पटि फुटेको पैताला

मैले देखेका कथित ठूलाहरु बिरुद्धको हो ।

आजसम्म कहिल्यै रमाउन नजानेको मेरो सपना

क्षणिक रमाउने रहरले

कदापी, सपनाजस्तै सपना बन्ने छैन ।

आजसम्मको भोगाइले

संगतले र संस्कारले

मलाइ उपहार दिएको सपनामा

कहिल्यै हाँस्ने लेखिएको छैन

कहिल्यै मज्जा लिने लेखिएको छैन

मेरो सपनाले पिठ्युमा नानी

र, टाउकोमा भारी बोकेकी आमा देखेको छ

रहरलाइ दायित्वसँग बन्धकी राखेर

सडकपेटीमा आल्चा बेच्दै गरेका बा देखेको छ ।

बाटो ढाक्ने गरेर कलिला नानीहरुले

भेडाच्याङ्ग्रा खेदेको देखेको छ

भोको पेट र बेसहारा जीवन लिएर

भुँइमा लम्पसार परेको दुँधे बालक देखेको छ

त्यसैले यी सब् देखेर हाँस्न सक्दैन मेरो सपना

जसरी हाँसिरहेका छन्

हाम्रा देशका कथित बाठाहरु ।

हो,एकदिन मेरो सपना हाँस्नेछ

जून दिन् मेरो सपनाभन्दा पहिले

सारा दुखहरु भुलेर

यी दीनदुखीहरु हाँस्नेछन्

त्यहि दिनको खोजीमा छ मेरो सपना ।

ओखलढुङ्गा कटुञ्जे ५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।