17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हरिभक्त बुढाथोकी April 27, 2008, 3:50 pm

विदेशको ठाँउ कसरी रमाउँ के गरी चल्ने हो
स्वदेशमा जस्तो सन्तुष्टि सुख कसरी पाउने हो
 
खप्नु त छ नै विदेशको पीडा सैकडौं हजार
सम्झेर बस्छौं बाध्यता खपी स्वर्ग देश नेपाल
हिमाल नदी पहरा झर्ना क्या सुन्दर विशाल  
कसरी देखाउँ यस्तो छ हाम्रो भनेर नेपाल  
 
एउटाको चुलोमा पाकेको खाना बाँडेर खाइन्छ
कसैको घरमा लागेको बेथा सबैले सहिन्छ
यो मनका धनी छँदैछौं हामी  हृदय विशाल  
के गरी बुझाउँ यस्तो छ स्वर्ग भनेर नेपाल  
(शब्दाञ्जली  बर्ष १ अंक १ २०६५ बाट साभार)
 
 
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।