19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मलाई छेपारो बनाइदेऊ प्रभु !

कविता डा. खलु September 27, 2014, 11:25 pm

म केही दिनदेखि सोच्दै छु

कसरी छेपारो बन्ने भनेर ?

बन्ने सोचेर मात्र के गर्नु

कसैले बनाइदिनु पनि त प¥यो नि !

ब्र≈माजीलाई भनु“ भने

खै कता गए कता ती पनि

उनीभन्दा ठूला दारीवाल र गाडीवाल आएकाले

ती कतै अलप भए होलान् ।

मलाई छेपारो जसले बनाइदिए पनि हुन्छ

उत्तर वा दक्षिण जताबाट भए नि हुन्छ

अलि परैबाट बनाइदिए पनि फरक पर्दैन

बरु बिराले आ“खा नै बनाइदेऊ

आ“खाले केही फरक पर्दैन

तर

छेपारो भने अवश्य बनाइदेऊ प्रभु ।

मलाई परिवेशले छेपारो बन्न बाध्य तुल्यायो

नत्र मलाई यस धर्तीमा

बा“च्न सारै कठिन भो ।

मेरो स्वाभिमान खोक्रिइसक्यो

मेरो निष्ठा बोक्रिइसक्यो

मेरो कर्तव्य झोक्रिइसक्यो

मेरो पहिचान टुक्रिइसक्यो ।

मलाई आÇनो स्वाभिमान, निष्ठा, कर्तव्य, पहिचान

कायम गर्ने विचार थियो

तर परिस्थिति बदलियो

हिजोका राजमानहरू धमाधम लोकमानको टिकट लिन थाले

अहिले कसैको टिकट लिन विकट भए पो

‘म’ लाई बन्धकी राखेपछि वा बेचेपछि नहुने कुरै छैन ।

स्वाभिमान कायम राखेर बा“च्न गारो भो

परिस्थितिले मलाई बा“च्न नसक्ने बनायो

म अनाहकमा मर्न चाहन्न

बरु छेपारो भएरै जिउ“छु,

त्यसैले प्रभु मलाई छेपारो बनाइदेऊ ।

म तिमीले भनेकै बैंकमा

भनेकै मुद्रा जम्मा गरिदिन तयार छु

तर मलाई छेपारो बनाउनै पर्छ

नत्र तिम्रो अस्तित्व पनि समाप्त पारिदिन्छु ।

मलाई कहिलेकाही“ शङ्का लाग्छ

रङ्ग फेर्ने तरिका

मान्छेले छेपारोबाट सिक्यो कि

छेपारोले मान्छेबाट सिक्यो ?

जसले जोबाट सिके पनि

एकपटक मलाई छेपारो नभई भा छैन

त्यसैले प्रभु मलाई जसरी भए पनि

एकपटक छेपारो बनाइदेऊ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।