19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पहाड र मेरा बा

कविता कृष्ण कट्टेल October 21, 2014, 8:18 am

असंख्य पहाडहरुको पत्रमा

उभ्भिएको एउटा पहाड

त्यहि पहाडले जन्माएको मेरा बा

आजसम्म उसकै छात्तिमा हुर्किएर

स्याहारिरहेछन् त्यहि पहाडलाइ ।

शिशिरमा उजाडिएको पहाडको खुसी

मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा

अनि लगाउछ हरियो लाली

देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।

त्यहि पहाड हो

मेरा बा को सबैथोक

अनि मेरो पनि इश्वर

त्यहिँ रोपिएको पसिना

मोती भइदिएर नै

रगत पसेको हो मेरो मुटुमा ।

कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो

पर्खाल लगाउछन् मेरा बा

अनि फोरेर चट्टान, माटो बनाउछन्

रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन

त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा

यो पहाडलाइ,यो देशलाई ।

सिटिजन एफएम, महाराजगंज काठमाण्डौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।