19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज अबिरल यात्री October 21, 2014, 8:48 am

यति सजिलै चल्दैन चलाउँछु भनेर ।

जिन्दगी हो गल्दैन गलाउँछु भनेर ।

ढुँगा माथि पिपलको संघर्ष हुन्छ

माटो बिनै पनि म पलाउँछु भनेर ।

गाँउमा कसैले झुटो खबर गर्देछ

परदेशमा पैसा फलाउँछु भनेर ।

उ सलाई बोकेर निस्केको थियो

तातो घामलाई जलाउँछु भनेर ।।

ईलाम, हाल मलेशिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।