18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत ऋषि बस्ताकोटी October 21, 2014, 4:51 pm

फाँटैभरी मार्सीधान र जेठोबुढो झुल्दा,

रुँदैहोलिन् बहिनी मेरी, सयपत्री फुल्दा ।

सयौ सपना बिर्सिएर यौटा सपना बुन्दै,

प्रवासमै बिते बर्ष बिरही गीत सुन्दै ।

देउसीभैलो तीज-तिहार दाजुभाइले भुल्दा,

रुँदैहोलिन् बहिनी मेरी, सयपत्री फुल्दा ।

फेवाताल, रूपा अनि गर्दै बेगनास ,

जिन्दगी यो सधैंभरि हुन्न एकैनास ।

कोट्बारीको कुनाबाट माछापुछ्रे खुल्दा

रुँदैहोलिन् बहिनी मेरी, सयपत्री फुल्दा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।