मस्तिष्कमा सेवाको लहर उठाई हेरौं
पौरखी हातहरूमा शक्ति जुटाई हेरौं ।
यो राष्ट्रको मुहार हॉंसे हामी यसै हॉंस्छौं
कर्मयोगी नेपाली भई युगौं–युगौं बॉंच्छौं
पहरामा विकासको मूल फुटाई हेरौं
पौरखी हातहरूमा शक्ति जुटाई हेरौं ।
पसिनाले भिजाऔं है यो धर्ती नै सारा
बन्छौं हामी आकासको सिङ्गो धु्रवतारा
आलस्य र दम्भहरू अब छुटाई हेरौं
पौरखी हातहरूमा शक्ति जुटाई हेरौं ।
००