17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत भीम ठटाल November 1, 2014, 4:19 am

यो आँखाले के पो देख्यो यो मनले के पो रोज्यो

जतासुकै छताछुल्ल जिन्दगीले के पो खोज्यो

साथहरु हातहरु गोरेटो चौतारी छैन

अँध्यारो सडकमा एक्लै उज्यालो बासै रैन|

तिम्रो देशको यात्रा गए’थें आफ्नै देशनिकाला भएँ

रंग-रसको भाग रोजेको फुको निरस मैदान भएँ|

एउटा जीवन कम हुँदो’छ अनेक गल्ति सुधार्नलाई

तिमीले कस्तो हत्तर लायौ मेरो घर उदार्नलाई|

मनलाई केहि सोख छैन तनलाई केहि भोक छैन

बाटै अर्को रोज्नेलाई मेरोबाट रोक छैन |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।