18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली भाषाका वर्ण र घट बढका कारण

विचार होम सुवेदी November 1, 2014, 4:23 am
होम सुवेदी
होम सुवेदी

भाषाका शब्दहरू वा वर्णहरू भनेका मानिसका अन्य भौतिक सम्पत्ति जस्तै भाषिक सम्पत्ति हुन्छन् । भौतिक सम्पत्तिको ढुकुटीमा घटीबढी हुँदै गएजस्तो भाषाको शब्द वा वर्णको ढुकुटीमा पनि घटीबढी हुन सक्छ । भन्डारको सम्पत्ति चलन गर्दै जाँदा थपिंदै वा घट्दै जानु स्वाभाविक पनि हो । नेपाली भाषा पनि यस अपवादबाट मुक्त छैन । यसमा पनि प्रयोग गर्दै जाँदा शब्दहरू वा वर्णहरू घटीबढी भएका छन् ।

वर्तमानमा लेखिएको केही कामचलाउ, केही तत्कालको लागि बिकाउ अनि केही चाहिं प्रसिद्ध व्याकरणका पुस्तकहरूमा नेपाली भाषामा रहेका स्वर, व्यञ्जन वर्णको परिचय र सङ्ख्या तोक्ने काम भए÷गरेको देखिन्छ । पाठ्यक्रमको प्रयोजनका लागि लेखिने सस्तामस्ता व्याकरणका पुस्तकहरूमा नेपाली वर्णहरूको परिचय पढाउनु पर्ने भए पनि सङ्ख्या तोक्नुबाहेक सङ्ख्यामा घटीबढी हुनुका पर्याप्त वा न्यूनतम कारणहरू समेत दिएको पाइन्न । सङ्ख्या तोक्ने क्रमका पछाडि तोकिनु पर्ने खास कारण उल्लेख नहुनाले प्रशस्त भ्रम फैलन सक्छ । तिनै समस्याहरूको साधारण खुलासा यो लेख हो ।

प्रयोगस्थलमा रहेको भाषामा प्रयोग गर्दै जाँदा शब्दहरूको सङ्ख्यामा घटी बढी हुँदै जान्छ, ध्वनिहरूमा फरक पर्न सक्छ, वर्णहरूमा पनि थपघट हुने प्रक्रिया रहन सक्छ । भाषाको उच्चारण हुने ध्वनिलाई लेख्य प्रतीकको रूपमा परिणत गर्ने कार्य वर्णका रूपमा (एजयलझभ) गरिन्छ । भाषामा कुनै एक समयमा बोलिने ध्वनिहरू कुनै अर्काे समयमा नबोलिन पनि सक्छन् । तिनै ध्वनिका लागि बनाइएका वर्णहरू ध्वनि बोलिन छाडेका खण्डमा निष्प्रयोजनीय मात्र हुन्छन् । कुनै समयको भाषाको उच्चारण–ध्वनिहरूलाई हेरेर बनाइएका वर्णहरू भन्दा बेग्लै खालका ध्वनिहरू पनि कालान्तरमा त्यसै भाषामा बोलिन थाल्लान् । त्यस अवस्थामा पहिलेदेखि नै तयारी गरिएका वर्णहरूले काम नचल्ने स्थिति पनि हुन सक्छ । भएका वर्णहरू घट्ने प्रक्रिया (एजयलझभयिकक) हो । नभएका वर्णहरू अस्तित्वमा आउन थाले भने त्यहाँ वर्णगम (ब्कगनmभलत) हुन थाल्छ । तर धेरैजसो भाषामा वर्णगम भन्दा वर्णलोपको प्रक्रिया बढी हुने गर्छ । नेपाली भाषामा पनि यिनै दुई प्रक्रियाका कारणले वर्णहरूमा घटीबढी भएको हो ।

नेपाली भाषाको आफ्नै मौलिक वर्ण ढुकुटी छैन । देवनागरी वर्णहरूलाई यस भाषाले पनि लेख्यप्रतीकको का रूपमा स्विकारेको छ । देवनागरी लिपिको इतिहास धेरै पुरानो छ । नेपाली भाषाको उत्पत्ति हुनु भन्दा धेरै पहिले नै देवनागरी लिपि प्रचलित भइसकेको थियो । आफू जन्मनु भन्दा धेरै अघि जन्मिई, हुर्किई विकसित भइसकेको लिपिलाई नेपाली भाषाले स्विकार्नु भनेको लगभग बाबुको कोट आफ्ना किशोर छोराले लगाउनु जस्तो मात्र हो । त्यसै कारण नेपाली भाषाले प्रयोग गरेको देवनागरी लिपिका वर्णहरू नेपालीमा काटिकुटी उच्चारण नहुन सक्छन् भन्ने यथार्थ भुल्नुहुन्न । यसका साथै एउटा वर्णको सूक्ष्म अवलोकन गरेका अवस्थामा त्यस वर्णको स्थान वा परिवेश पिच्छे उच्चारण भेद हुन सक्छ भन्ने यथार्थ पनि वर्णको अध्ययन गर्दा बिर्सनुहुन्न । नेपाली भाषाकै वर्णहरू पनि परिवेशअनुसार फरकफरक रूपमा उच्चारण हुन्छन् भन्ने तथ्य तलको वर्णविश्लेषणले देखाउँछ–

१. म ः यो वर्ण ओष्ठ्य नासिक्य व्यञ्जनात्मक वर्ण हो । साथै यो प्राणत्वका हिसाबले अल्पप्राण, प्रयत्नका हिसाबले स्पर्शी र घोषत्वका हिसाबले सघोष हो ।

नेपाली भाषामा यो व्यतिरेकी वर्ण हो । यस भाषाका शब्दहरूमा यो वर्णको उपस्थिति सर्वत्र उपलब्ध हुुन्छ । जस्तै ः–

क. शब्दहरूको आदिमा ः मह, माटो, मटर, मख, मन, मेच, माझ, मुख, मूल, मैलो, मेख, मैना, मौलो मौजा आदि ।

ख.शब्दहरूको मध्यमा ः कमल, सामना, सामान, कमाइ, जमरा, कमेरो, जमुना, घुर्मैलो, घमौरा, चमेरो आदि ।

ग. शब्दहरूको अन्त्यमाः कलम, गम, रिमरिम, कम, घाम, घुम आदि ।

घ. अन्य वर्णहरूसँग संयुक्त रूपमा ः म्याप, म्याद, म्वाइँ, क्वाम्म, ग्वाम्म, हाम्म, रम्भा, चम्पा इत्यादि ।

माथि उदाहरणका रूपमा टिपिएका केही शब्दहरूमा ‘म’ वर्ण शब्दको आदि, परिवेशमा, द्विस्वरमध्यको परिवेशमा, व्यञ्जन र स्वरको परिवेशमा र शब्दको अन्त्यका परिवेशमा अर्थात् सर्वत्र उच्चरित हुन्छ । तर त्यसको उच्चारण सबैतिर एकनासको छैन । राम्रो गरी उच्चारण गर्दा ‘म’ वर्णका तीन किसिमका उच्चारण स्थितिहरू देखिन्छन्–

१. (इखभच लबकब)ि– अतिनासिक्य

२. (ँगिि लबकब)ि– पूर्णनासिक्य

३. (ज्बाि लबकब)ि– अर्धनासिक्य ।

अतिनासिक्य स्थिति ः म+नासिक्य वर्ण= अतिनासिक्य ।

जस्तै ः माननीय, मानमनितो, मानुपाथी, मन, समन्वय (अपवाद=मौन) इ.। अतिनासिक्यवर्ण हुनमा कोमल तालुको स्पष्ट तटस्थता नै मुख्य कारण हुन्छ । अतिनासिक्य र पूर्णनासिक्यका लागि लगभग कोमल तालुले एकैनासको काम गरेको हुन्छ । यस्ता वर्णहरू कोमल तालुको तटस्थताको कारणबाट उत्पन्न हुने गर्छन् । तर पूर्णनासिक्य व्यञ्जन वा स्वर वर्णहरूको उच्चारणमा पछिल्तिर निरनुनासिक व्यञ्जन वा स्वरहरू रहने हुँदा पछिल्ला वर्णहरूको प्रभाव तत्काल अघिल्ला नासिक्य वर्णमा पनि पर्न सक्तछ र कोमल तालु (कयात उबबितभ)को अतिनासिक्य स्थितिमा केही सङ्कुचित आई अतिनासिक्यतामा केही कमी भएर चाहिने जति (ागिि पूर्ण) तटस्थ रहन्छ ।

पूर्णनासिक्य स्थिति ः

(क) म्+अ, आ, इ, उ+कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्गका निरनुनासिक व्यञ्जन वर्णहरू= पूर्णनासिक्य ।

जस्तैः मकल, मलमल, मगमग, मघा, मठ, मद इ., माघ, माच, टमाटर, मादी, माता, माफ इ., मिल, समिति, रमिता, समीप, अमिक इ., मुख, मुत, मुठो, मुछमाछ, मुफत, मुगी इ. । माथिका उदाहरणमा आएको ‘म’ को उच्चारण सहज एवम् आफ्नो स्वाभाविक प्रकृतिको देखिन्छ । यी शब्दहरूको ‘म’ अतिनासिक्य पनि छैन र कम नासिक्य पनि छैन ।

अद्र्धनासिक्य स्थिति ः

क) म्+ए, ऐ, ओ, औ=अद्र्धनासिक्य ।

ए, ऐ, ओ, औ जस्ता स्वरहरूसँग जोडिएको म् ध्वनि अद्र्धनासिक्य रूपमा उच्चरित हुन्छ । जस्तै ः मेघ, मेच, मेथी, मेथे, मेख, मेठ । मैला, मैदा, मैसुर, मैच्याङ, मैजारो, । मोरो, मोथे, मोची, मोजा, मोती, मोफसल । मौलो, मौरी, मौका, मौजा, थमौती, मौरो, घमौरा ।

ख) म्+र्=अद्र्धनासिक्य

स्वरयुक्त ÷म÷ पछि ÷र÷वर्ण आएमा त्यो ÷म÷ अद्र्धनासिक्य हुन्छ । जस्तैः मर्द, मर्नु, मरे, म¥यो, मरेस्, मर्चा, मरौला, मरिच्, मरासिनी, इत्यादि ।

ग) म्+य्= अद्र्धनासिक्य

स्वरयुक्त ÷म÷ पछि ÷य÷ आएको अवस्थामा ÷म÷ अद्र्धनासिक्य हुन्छ । जस्तै ः मयुर, मयल, मयूख, ज्ञानमय, प्रेममय, माया, मायुस इत्यादि ।

घ) म्+ल्=अद्र्धनासिक्य

स्वरयुक्त ÷म÷ पछि ÷ल÷ वर्ण आउँदा पनि ÷म÷ अद्र्धनासिक्य रूपमा नै उच्चरित हुन्छ । जस्तै ः मल, माल, मिल, मुल, मेल, मौलो, झलमल, अलमल, विमल, अमला, विमला, कमला आदि ।

ङ) म्+व्= अद्र्धनासिक्य

÷म÷ का पछि ÷व÷ वर्ण आउँदा पनि ÷म÷ अद्र्धनासिक्य रूपमा नै उच्चरित हुन्छ । जस्तै ः मावल, मावा, मेवा, मौवा आदि ।

च) म्+ह्+अ, इ,, उ, ए, ऐ, ओ, औ=अद्र्धनासिक्य ।

÷म÷ पछि ह, हा, हि, हु, हे, हो, हौ हरू कुनै शब्दमा आए भने त्यो अवस्थाको ÷म÷ वर्ण लगभग निरनुनासिक हुन खोज्छ ।

जस्तै ः म+ह=मह, महल, महत्व, महतो, महक, महरा ।

म+हि= महिला, महिष

म+हु= महुवा

म+हे= महेश, महेन्द्र, महेश्वर

म+हो= महोत्तरी, महोदय,

म+हौ= महौषधि

तर म्+ह्+आ यो स्थितिमा रहेको÷म्÷भने पूर्ण नासिक्य नै रहन्छ । जस्तै ः म+हा=देव, महादेवी, महापुरुष, महाविद्यालय, महावीर, महाशक्ति, महाभारत, महादान, महामानव, महालय इत्यादि ।

बाँकी स्थिति ः

क) शब्दान्त ÷म÷ ः केही स्थानमा बाहेक प्रायः हलन्त उच्चारण हुन्छ । त्यस परिवेशको ÷म्÷ पूर्ण नासिक्य हुन्छ । जस्तै ः कम, काम, राम, दाम, रोम, साम, खाम, नाम, निम, रिम, सिम, धुम, प्रेम इत्यादि ।

शब्दान्तको म अजन्त भए पनि पूर्ण नासिक्य नै उच्चारण हुन्छ । जस्तै ः भौम, म, सम, विषम, घुम, धुम आदि ।

ख) हलन्त वा अद्र्ध÷म्÷ः यस्तो अवस्थाको÷म्÷वर्ण सर्वत्र पूर्णनासिक्य हुन्छ । जस्तै ः चम्पा, सम्पत्ति, म्वाइँ, ग्वाम्म, रम्भा, खम्बा, चम्चा, चम्पा, पम्फा, अम्बा, गुम्बा, लारुम्बा, दोरुम्बा । (टिप्पणी ः अद्र्ध ÷म्÷ वर्ण अद्र्धनासिक्यको स्थितिमा पाइएको छैन ।)

व्यञ्जन वा स्वरका पछि आएको÷म्÷लाई अनुस्वारका रूपमा लेखिने परम्परा पनि छ । उक्त अद्र्ध÷म्÷पूर्व वर्णको पिठ्युँमा थोप्लो÷सिरबिन्दु÷(ं÷ का रूपमा लेखिन्छ । यसको नियम पाणिनिको व्याकरणमा बेग्लै छ । उहाँ नियम जे भए पनि त्यसको उच्चारण पूर्णनासिक्य द्वयोष्ठ्य नै हुनुपर्छ । जस्तै ः चंचा, खंबा, अंबा, रंभा, अहं, स्वयं, दंभ आदि ।

माथिको खोजबिन वास्तवमा पूर्ण छ भन्न सकिन्न । यो खालि नमुनाका रूपमा विशेष प्रयास गरीे प्रस्तुत गरिएको कच्चा तथ्याङ्क मात्र हो । विभिन्न किसिमको विशेषता बोकी उच्चारण हुने स्वरूपहरूको लेखन एकै वर्णमा जारी राखिन्छ भन्ने कुरा देखाउनु मात्र माथिको पातलो छानविन हो । तथापि यो निकै नै तथ्यपरक छ । यसभन्दा अझ गहिरो विश्लेषण र निचोडका लागि ता परीक्षण शालामै उपयोग गरिनु पर्छ । अब यति कुराबाट मात्र पनि के कुरा स्पष्ट भयो भने एउटा वर्णले आफूसँग मिल्दाजुल्दा वार्णिक विशेषतालाई लेखनमा प्रतिनिधित्व गरेको हुँदो रहेछ । प्रतिनिधित्व गरेको हुन्छ भन्दैमा त्यस वर्णले आफ्ना धर्म भन्दा बाहेकका जुनसुकै विशेषता भएका सबै किसिमका वर्णहरूको सामूहिक प्रतिनिधित्व भने गर्न मिल्दैन÷सक्तैन । ÷म्÷वर्णले धेरै वर्णको प्रतिनिधित्व गर्छ भन्दैमा ÷क्÷, ÷च्÷, ÷ल्÷, ÷ह्÷आदिहरूकै प्रतिनिधित्व गरिहाल्छ भन्न सकिन्न यसो हुन पनि सक्तैन । माथिको छानविनले ÷म्÷ अतिनासिक्य, कमनासिक्य, पूर्णनासिक्य, अल्पनासिक्य जस्ता ओष्ठमुखनासिक्य आदि बेग्लाबेग्लै विशेषताहरू भएको÷म्÷वर्णहरूको एक्लैले सामूहिक प्रतिनिधित्व गरेको छ । मुखोष्ठ्यनासिक्यता नै ÷म्÷को मूल लक्षण भएको हुनाले यस वर्णबाट मौखिक, अस्पर्शी आदि खालको वर्णको प्रतिनिधित्व हुन सक्तैन ।

अलग विशेषता भएका वर्णलाई अलग्गै लेख्यचिन्ह दिनु पर्ने वर्णविज्ञानको सिद्धान्त मुताबिक हो भने यहाँ÷म्÷का घटीमा दुई ओटा लेख्य चिन्ह लिपि दिनु पर्ने हुन्छ । तर अर्थभेदकताको भिन्न वर्ण पहिचान गर्ने मूल आदर्शलाई मानेका अवस्थामा यहाँ बाँकी ÷म्÷ अलग वर्ण नभई एकै ÷म्÷ वर्णकै संवर्ण मात्र ठहर्छन् ।

यो त भयो भएका लिपिहरूले सबै खाले ध्वनिलाई टिप्न सक्तैनन् भन्ने सानो बेहोरा । यस बेहोराको अझै राम्रो उदाहरण देवनागरी लिपिको ÷ड्÷ वर्ण हो । यस वर्णले ÷ड्÷ को, नासिक्य रहित ÷ण्÷को अनि ÷ढ्÷को समेत ठाउँठाउमा प्रतिनिधित्व गरेको हुन्छ । अर्थात् मूर्धन्य सघोष स्पर्श र अल्पप्राण ध्वनि ÷ड्÷ हो । डालो, डोको, डर, जस्ता पदादिका परिवेशमा यसका आफ्ना मौलिक विशिष्टता कायम हुन्छन् । तर पदमध्य र पदान्तका अवस्थमा यसको विशिष्टता ताडित बन्छ । यसको स्थिति यस्तो छ ः

÷ड्÷ पदादि=मूर्धन्य

स्वरमध्य र पदान्त=ताडित

यसरी एउटा वर्णको ठाउँपिच्छेका अलगअलग उच्चरणका रूप हुँदा रहेछन् भन्ने सिद्ध भएपछि अब हामीले लेखिरहेका केही वर्णहरू कुनै परिवेशमा लेखिन्छन् मात्रै र उच्चारण भने हँुदैनन् भन्ने कुराको पनि सानोतिनो छानबिन गरौं । यसका लागि ÷ह्÷ लाई लिऔं ।

२) ह ः परम्परागत रूपमा देवनागरी लिपिको तेत्तिसौं वर्णका रूपमा चिनिने वर्र्ण नै ÷ह÷ वर्ण हो । यो अतिकण्ठ्य, सघोष तथा महाप्राण उष्म वर्ण हो । नेपाली भाषाका प्राचीन सामग्रीदेखि वर्तमान अवस्थासम्म यसको लेखन हुँदै गरेको देखिएकोले यसको अस्तित्व उहिल्यैदेखि पाइन्छ ।

क. तमेरै जाति हे निरपाल भौल्या...... रिपुमल्लकी चाँचरी ।

ख..ताहै त नरपति चलमल कियो..... नरपति शाहीको चैत ।

ग. हाम्रा आली अटली अटल करी...१३१२ को ताघवाई गुम्बाको अभिलेख ।

वास्तवमा माथिका उदाहरणबाट÷ह्÷ वर्णको लेखन नेपाली भाषामा उहिल्यैदेखि रहेको प्रमाण जुट्छ । वर्तमान नेपाली वर्णमालामा ÷ह्÷ को लेखनबारे कुनै विवाद छैन । यहाँ खोजीको विषयचाहिं लेखिएको यो ÷ह्÷ वर्ण आफ्नो मूल विशेषता साथ जीवित छ वा अनेक रूपमा छ भन्ने मात्र विश्लेषण गर्नु हो । निर्णयका साथ ÷ह्÷ वर्णका अरु उपवर्णहरू छन् छैनन् वा यो सर्वत्र एकैनासले बोलिन्छ वा कतै कतै लोप हुने स्थितिमा पो छ कि त्यसको समेत परीक्षण गर्नु हो ।

÷ह्÷ वर्ण नेपाली भाषाका शब्दहरूमा निम्न परिवेशमा व्यतिरेकी ढङ्गबाट उच्चरित हुन्छ–

क. पदको आरम्भिक परिवेशमा

जस्तै ः

÷ह्÷+अ स्वरका साथ ः हकर, हगुवा, हचुवा, हट्, हथौडा, हपहप, हर, हल, हस्स, हरहर, हतेउरी इत्यादि ।

ह्+आ=हाकाहाकी, हाच्छिउँ, हाट, हात, हामी, हार इत्यादि ।

ह्+इ= हिक्क, हिजो, हिटी, हित, हिप, हिरा इत्यादि ।

ह+हु= हुक, हुज्जत, हुट, हुती, हुप, हुर्रा इत्यादि ।

ह्+ए= हेक्का, हेर, हेपाहा, हेज्जी, हेहेहे.....इत्यादि ।

ह्+ऐ=हैकम, हैजा, हैदराबाद, हैंसे, हैमल, हैहैहै......इत्यादि ।

ह्+ओ= होक्काँ, होचो, होनोलुलु, होरा, होस इत्यादि

ह्+औ=हौसला, हौवा, हौदा, हौसनु इत्यादि ।

उदाहरणमा टिपिएका शब्दहरूमा आएको÷ह्÷आफ्नो वार्णिक विशेषतालाई जीवित राख्तै उच्चारण हुने हुँदा नेपाली शब्दहरूमा सुरुको परिवेशमा÷ह्÷ को स्थिति सकारात्मक रहेको देखिन्छ । जुनसकै स्वर वा व्यञ्जनसँग गाँसिएको अवस्थामा पनि ÷ह्÷ को उच्चारणमा त्यति स्पष्ट भिन्नता देखिंदैन । उसको मूल विशेषतालाई शब्दहरूको सुरुमा आउँदा यथावत् अर्थात् अतिकण्ठ्य नै राखेको देखिन्छ ।

ख. पदमध्यको परिवेशमा

पदमध्यको परिवेशमा जुनसुकै स्वर वा व्यञ्जनवर्णको विचमा ÷ह्÷ लेखिने चलन नेपाली शब्दका उदाहरणहरूले देखाउँछन् जस्तै– कहर, कहालिनु, कहाली, कहिरन, कहिले, खहरे, पहरो, पाहा, हेपाहा, मोही, बेहुलो, बाहुलो, मोहोता, दुहुनु, कुँहेत्रो, काँहिलो, ठिहि¥याउनु, गहुँत, चहार्नु, चाहिंनु, चुहुनु, दोहोलो इत्यादि ।

यस्ता उदाहरणहरूले ÷ह्÷ कुनै वर्णहरूको मध्यमा आवश्यकता अनुसार लेखिने कुरा स्पष्ट भयो । तर उच्चारणको प्रसंगमा भने केही अस्पष्टताको झलक यी उदाहरणहरूको उच्चारणबाट मिल्छ ।

लेखन उच्चारण लेखन उच्चारण लेखन उच्चारण

काहिंलो श्र काइँलो कुहिरो श्र कुइरो गोहो श्र गो’

गहुँत श्र गउँत कुहिनेटो श्र कुइँनेटो चिन्ह श्र चिन्न

चह¥याउनु श्र च¥याउनु खहरे श्र खरे तह श्र त’

चहकिलो श्र चकिलो खिहि¥याउनु श्र खि¥याउनु सह श्र स’

कहाली श्र काली गहत श्र ग’त टहरो श्र ट’रो

कहिरन श्र कैरन चेहरा श्र चेरा डाहा श्र डा’ इत्यादि ।

यहाँ टिपिएका केही उदाहरणहरूले÷ह्÷वर्णको उच्चारण स्वरमध्य, स्वरव्यञ्जनमध्य, व्यञ्जनस्वरमध्यको परिवेशमा अत्यन्तै क्षीण भइसकेको देखिन्छ । साथै यी उदाहरणहरूले यस वर्णको उच्चारणक्रम निरन्तर रूपमा लोपोन्मुखतातिर गइरहेको कुरालाई सिद्ध गर्दछन् । यो वर्ण लोपै भइसकेको भने छैन । लोप हुने दिशामा छ । तर यसो भन्दैमा यो वर्ण जहाँ प्रयोग हुन्छ त्यहाँ त्यो सरक्क लोप भइदिन्छ भन्न चाहिं सकिन्न । लोपपछि प्रतिक्रियास्वरूप शब्दको बाँकी रूपमा केही अन्तर हुन सक्ने देखिन्छ ।

÷ह्÷को लोपपछिका शब्दहरूको रूपरचना ः

१. शब्दको मध्यमा (पेटमा) आएको ÷ह्÷ धेरै मात्रामा स्वरसहितै लोप हुन्छ । जस्तै ः बडहरश्रबडर, भदाहाश्रभदा, कटहरश्रकटर, हुल्याहाश्रहुल्या, तहल्काश्रतल्का, खहरेश्रखरे, चहकश्रच’क, ठहकश्रटक, गोहोरोश्रगोरो आदि । तर स्वरसहितको ÷ह्÷ पुरै लोप हुँदा बाँकी रहेका शब्दमा अर्थको समस्या खडा भएको अवस्थामा ता ÷ह्÷ व्यञ्जन मात्र लोप भई थोरै भए पनि बाँकी स्वर रहेकै देखिन्छ । जस्तै सहरश्रस’र, कहरश्रक’र, गहतश्रग’त आदि ।

२. तलका अवस्थामा ÷ह्÷ लोप हुन्छ र शब्दको रूपरचनामा विभिन्न सन्धिप्रत्रियाहरू सक्रिय हुन्छन्–

क) गुण सन्धि÷वृद्धिसन्धि ः कहिलेश्रकैले (अर्थात् क्+अ+इ+ले) ह्=०, अ+इ=ऐ । यस्तै जहिलेश्रजैले, तहिलेश्रतैले, अहिलेश्रऐले, पहिलेश्र पैले, दहीश्रदै, चाहिंश्रचैं आदि ।

ख) दीर्घसन्धि ः कहाँश्रकाँ, (क्+अ+ह्+आँ)=ह=० । (अ+आँ=आँ) यस्तै त्यहाँश्रत्याँ, उहाँश्रवाँ÷ह्वाँ, यहाँश्रयाँ÷ह्याँ, त्यहाँश्रत्याँ, जहाँश्रजाँ इत्यादि । केही स्थान विशेषमा उहाँ यहाँ शब्दहरू ह्वाँ, ह्याँ का रूपमा पनि उच्चारण हुन्छन् । यिनको संरचना यसरी भएको हुन सक्छ— जस्तै उहाँँश्रह्वाँ, (उ+ह्+आँ) यणसन्धिका आधारामा । उ=व्+ह्+आँ त्यसपछि विपर्यास=य्+अ+ह्+आँ=ह्याँ आदि ।

ग. यण् सन्धि– चिहानश्रच्यान, (च्+इ+ह्+आ+न्)=ह्=०, (च्+इ+आ+न्) इ+अ का विचमा यण् भई य् भएर च्यान बनेको हो । यस्तै बिहानश्रव्यान,मुहानश्रम्वान, मुहारश्रम्वार, गुहारश्रग्वार, जुहारश्रज्वार, तिहारश्रत्यार, बिहारश्रव्यार, बिहारीश्रव्यारी, बिहाश्रब्या इत्यादि ।

यसबाहेक पनि ÷ह्÷ का लोप अवस्थामा अन्य केही स्थितिहरू देखिन्छन् । केही निश्चित अल्पप्राण वर्णहरूलाई महाप्राण वर्णका रुमपा लेख्नु पर्दा पनि ÷ह्÷को प्रयोग हुने गरेको छ । ण, न, म, र, ल, आदि अल्पप्राण वर्णहरूलाई महाप्राण वर्णका रूपमा उच्चारण गरिएका रूपहरू नै हुन्—ह्ण, ह्न, म्ह, न्ह, ल्ह, ह्र हरू । नेपाली शब्दहरूमध्ये केही तत्सम र केही आगन्तुक शब्दहरूमा अझै पनि यिनको लेखन हुने गरेको पाइन्छ तापनि यिनको अब उच्चारण हुन छाडेको छ । लेखनमा ब्रह्मा लेखिए पनि उच्चारणमा ब्रम्मा मात्र हुने गरेको छ । यस्ता महाप्राण वर्णहरूको उच्चारण धेरै अघिदेखि नै हुन छाडेको हो । यस्ता वर्णहरूको उच्चारण हुन छाड्नु भन्नु यिनको महाप्राणत्वको कारक÷ह्÷को लोप हुनु हो । त्यसरी महाप्राणत्व लोप भइसकेपछि ती शब्दको संरचनामा केही भिन्न प्रक्रियाहरू सक्रिय हुन थाल्छन् र नयाँ शब्दको रचना हुन्छ–

घ. समीभवन ः चिन्हश्रचिन्न, (ह्=न्), यस्तै विह्न्यासश्रविन्न्यास, ब्रह्माश्रब्रम्मा, ब्राह्मणश्रब्राम्मण, बह्निश्रबन्नि, प्रह्लादश्रप्रल्लाद, जाह्नवीश्रजान्नवी, मह्लारश्रमल्लार, ल्हासाश्रलासा इत्यादि । ÷ह्÷ वर्ण ता सबैतिर अल्पप्राण मात्र हुन्छ । सोह्रश्रसोर, तेह्रश्रतेर, ह्रासश्ररास (रास शब्दमा अर्थको समस्या पर्न सक्ने हुँदा=हरास) ह्रस्वश्ररस्व आदि ।

यो प्रसङ्लाई समाप्तिमा पु¥याउनु पर्दा हामीले ध्यान दिनु पर्ने कुराहरू बुँदागत रूपमा यसरी टिप्नु सान्दर्भिक हुन सक्छ—

अ.जुनसुकै भाषामा वर्णहरू आफ्नै संख्यामा हुन्छन् ।

आ.वर्णहरू भनेका सामूहिकताका प्रतिनिधि मात्र हुन् ।

इ. एउटा वर्णमा एक भन्दा बढी वर्णका विशेषता समाहित हुन सक्छन् ।

उ. निर्धारित वर्णहरूको संङ्ख्या कालचत्रमा घटीबढी हुन सक्छ ।

ए.नेपाली वर्णहरूको सङ्ख्या यस भाषाको विशेषताका आधारमा घटीबढी भइसकेको छ ।

सन्दर्भ ः

१. आप्टे, वामन शिवराज, संस्कृत हिन्दी कोश, १९६५ ई. संस्करण ।

३.गौतम, डा. देवी र डा. खगेन्द्र्र लुइँटेल, ध्वनि विज्ञान र वर्ण विज्ञान, २०५३ ।

४.................., नेपाली भाषा परिचय, २०४९ संस्करण ।

५.तिवारी, भोलानाथ, भाषा वित्रान, १९७७ ई. संस्करण

५.ने.रा.प्र.प्र., बृहन् नेपाली शब्दकोश, २०५० पुनर्मुद्रित संस्करण ।

६. पण्डितज्यू, हेमराज, गोरखा व्याकराण् बोध चन्द्रिका, २०४२ साझा प्रकाशनको संस्करण ।

७. पौडेल, हेमनाथ, अनिवार्य नेपाली व्यारकण र रचना, २०५३ संस्करण ।

८.भट्टराई, घटराज, नेपाली व्याकरण रचना, २०५५ संस्करण ।

९ रिसाल, विष्णुगोपाल र शिवगोपाल रिसाल, नेपाली भाषा र व्याकरण, २०४७ संस्करण ।

१०. म्याक्स मुलर, भाषा विज्ञान, १९७२ ई. संस्करण ।

११. शर्मा मोहनराज, शब्दरचना र वर्णविन्यास, २०५६ संस्करण ।

१३. सुवेदी, होम, नेपाली भाषाबाट बिदा लिन लागेका वर्णहरू, युगज्ञान साप्ताहिक (झापा)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।