जति बाधा जीवनमा म गरुला सामना
तिमी खुशी हुनु प्रिया सधैं मेरो कामना
सुन्न पाउ प्रसंसा हरपल तिम्रै प्रसंगका
चुन्न पाउ सौगातहरु तिम्रै निम्ती उमंगका
तिम्रा समिप सफलता निरन्तर अाइरहुन
सारा जगत सर्बदा तिम्रै गुन गाइरहुन
जति बाधा जीवनमा म गरुला सामना
तिमी खुशी हुनु प्रिया सधैं मेरो कामना
बिरोधीले गाड्ने छैन सम्बन्धमा साधहरु
जुगौ सम्म टुट्ने छैन आत्मियताका बाधहरु
सदाबहर छाइरहनु बसन्तको मधुमास संगै
फुल झै मुस्कुराउनु तिमी मिठो सुबाश संगै
जति बाधा जीवनमा म गरुला सामना
तिमी खुशी हुनु प्रिया सधैं मेरो कामना
चाप्पानी -८ पाल्पा, हाल : दक्षिण कोरिया