तिम्रो त्यो माया अनि साथ पाउने आशमा
तिमी छौ कि जस्तो लाग्छ मैले फेर्ने सासमा
के भयो-भयो देखेसी तिमीलाई अचेल
सबै थोक बिर्सिदिन्छु हुदा तिमी पासमा
नभेट्दा कस्तो-कस्तो, छट्पटी बढ्ने
तिमी बाहेक कोहि छैन यहाँ मेरो खासमा
तिम्रै महसुस पाउछु अचेल जता गएपनि
चौतारीमा चल्ने त्यो सितल बतासमा
मेरो यो मायालाई स्वीकार गरेउ भने
तिमी संगै उड्ने मन छ चरी बनी आकाशमा
ठेगाना: रोल्पा