पीडा बोकी मुटुभरि फोस्रो हाँसो हास्न सकिन
कहाँ खुसी कहाँ आशु मैले त खै जाँच्न सकिन ।
कति निष्ठुर दैव रै छ एकपल पनि खुसी छैन
खुसी तिम्रा उम्लिएछन् ती खुसीमा ना“च्न सकिन ।
समाज पनि बल्दो आगो मात्र ताप्दो रै छ
तगारो त्यो ठालुहरुको उखेलेर भाच्न सकिन ।
सानेैदेखि आ“सु पिए प्याला भरि भरि
एकपल मात्र खुसी थियो साच्न सकिन ।
जोड्ने रहर कति थियो धर्ति आकाश एक बनाई
मुटुभित्र काडा छ है पलपल भर्दै बाच्न सकिन ।
गाइघाट उदयपुर ५ नेपाल