18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उज्ज्वल जी.सी. December 1, 2014, 3:55 pm

ऑखाको तीरले कसरी ढालेछ मलाई

पीडाको झिल्कोले जिउ‘ंदै बालेछ मलाई ।

रहेछ कस्तो यो वैंसको मौसम हजुर

कसैको स्पर्शले दिनमै गालेछ मलाई ।

कहिले भेटिने हो स्नेहको मुहान अब

घृणाको हुरीले नालीमा फालेछ मलाई ।

भाग्यको शिखर चढ्दै के थिए‘ं अचेल

शनिको दशाले दुःखमा हालेछ मलाई ।

न थिए मनमा स्वार्थका काला लिप्साहरू

एकाएक मित्रले कुदृष्टि चालेछ मलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।