18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लजाउँदिन मन्थली

कविता पेशल आचार्य December 1, 2014, 3:59 pm
पेशल आचार्य
पेशल आचार्य

पाङ्ग्रा आएपछि

गुड्न थालेकी छ

रम्दै क्रमशः आफ्नै रङ्गीन सपनामा

उड्न थालेकी छ

अलिक अघि

सलवार कुर्तामा

मन्दमन्द मुस्कान हाँस्थी

अब समयको घर्काइसँगै

अट्टहासमा हाँसेकी छ

कृत्रिमतामा बाँचेकी छ,

बैँस उखेलिए

धुले बाटाले यसका

बुढीकन्या भएकी छ

उमेर छोप्न

असह्यार लिपिस्टिक

लिप लाइनर, फा र आइस्याडो घसेकी छ

अब कुनै गाँठवाला साहूजी

फस्छ कि भनेर गमक्क बसेकी छ,

पाङ्ग्रा आएपछि

गुड्न थालेकी छ

रम्दै क्रमशः आफ्नै रङ्गीन सपनामा

उड्न थालेकी छ

उमेर नपुग्दा

बडो लजाउँथी

तर अचेल लजाउँदिन मन्थली ।

टीकाथली–४, ललितपुर

हालः मन्थली उमावि, मन्थली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।